हेडलाईन

गृहमन्त्री रवि लामिछाने आज चितवनमा

गृहमन्त्री रवि लामिछाने आज चितवनमा

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आउनुभएको छ । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित हुनुभएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो । गृहमन्त्री लामिछानेले आज खिचरा महोत्सवको उद्घाटन गर्नुहुनेछ । महोत्सवको उद्घाटन सकेर गृहमन्त्री भरतपुर जानुहुनेछ । साढे २ बजे चितवन उद्योग संघमा औद्योगिक क्षेत्रको विषयमा छलफल हुने छ । त्यसपछि मात्रै उहाँले मेन इन नेपाल एक्स्पोको अवलोकन गर्नुहुनेछ । अवलोकनपछि उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसँग छलफल हुने छ । साँझ ५ बजे फुड फेस्टिबलको अवलोकन र ६ः१५ बजे सौराहामा सौराहाका पर्यटनका विषयमा स्थानीयसँग गृहमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ…
Read More
खैरहनीमा भोलिदेखि खिचरा महोत्सव हुने

खैरहनीमा भोलिदेखि खिचरा महोत्सव हुने

पूर्वी चितवनको खैरहनीमा भोलि बिहीबारदेखि खिचरा महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो । यही पुस २८ देखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुने छ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारू जातिको रहनसहन र वेशभूषाका साथै खानाका परिकारलाई प्राथमिकता दिइने छ । बसोबास रहेका २५ जिल्लाका थारूको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको बताइएको छ । महोत्सवका लागि प्रवेशद्वार, मञ्च तथा कक्ष निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।महोत्सवबाट यो जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको…
Read More
नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

चितवन । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् ।यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले जानकारी दिनुभयो । यसपालिको पक्षी गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिएका हुन् । गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको राज सुड सुडिया नामको पक्षी पनि अहिले भेटिएको जनाइएको छ । गएको वर्ष नदेखिएका विभिन्न प्रजातिका चरा यस वर्षको गणनामा देखा परेका छन् । यसवर्ष जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे…
Read More
१६ लाख रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय नागरिक पक्राउ

१६ लाख रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय नागरिक पक्राउ

हुण्डी रकमसहित एक जना भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेशकुमार साह रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साहलाई स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार यो रकम हुण्डी कारोबारमा प्रयोग भएको खुलेको छ । साहमाथि शंका लागेर जाँच गर्दा स्कुटरको डिक्कीभित्र लुकाइ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बेला धनुषाको विदेह नगरपालिका–२ दुहवीबाट पक्राउ गरिएको हो । कालो प्लाष्टिकको झोलामा एक हजारको नोट ७ सय ४८ थान, पाँच सयको नोट एक हजार छ सय ४४ थान, एक सयको दुई सय…
Read More
नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनीले जित्यो, विराटनगर २४ रनले पराजित

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनीले जित्यो, विराटनगर २४ रनले पराजित

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय नौ रनमात्रै बनाउन सक्यो । विराटनगरका अर्जुन साउदले ३४ र पृथु बाँस्कोटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई÷दुई विकेट लिन सफल भएको छ । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा एक सय ३३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१…
Read More
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त हुनुभएको छ । एमाले माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित आजै प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गर्नुभएको थियो । गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमाले संसदीय दलका नेतासमेत रहनुभएका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्नुभएको थियो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज रहनुभएका गिरीलाई मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसांसदले समर्थन गर्नुभएको छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमाले नेतृत्वको सत्ता…
Read More
नारायणगढ–मुग्लिन सडक खण्डको काम सकिएन अझै, निर्माण कम्पनीले माग्यो थप एक वर्षको समय

नारायणगढ–मुग्लिन सडक खण्डको काम सकिएन अझै, निर्माण कम्पनीले माग्यो थप एक वर्षको समय

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ । यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । अन्य दुई वटाको काम नसकिएपछि ठेकेदार कम्पनीले थप २१ दिनको समय माग गरेको छ । यसअघि भएको निर्णयअनुसार माघ ४ गते ३० दिन…
Read More
प्रधानमन्त्री प्रचण्डद्धारा गोरखा महोत्सवको उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्धारा गोरखा महोत्सवको उद्घाटन

प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज गोरखा महोत्सवको उद्घाटन गर्नुभएको छ । गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव आजदेखि सुरु भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा भएको गोरखा महोत्सव उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायतको सहभागीता छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक गोरखा पुग्नुभएको हो । गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।
Read More
जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा नयाँ सब–भेरिएन्ट बीएफ–७ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताउँदै आएको छ ।
Read More
राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको शालिकमा उहाँले पुष्पहार एवं माल्यार्पण गर्नुभएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतको सहभागिता छ । विश्व हिन्दू महासङ्घ, विश्व हिन्दू परिषद्लगायत संस्थाका प्रतिनिधिको पनि भीड लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यस अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म र्याली निकालेको छ । र्यालीसहित राप्रपाले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको छ । जयन्तीका अवसरमा बाजागाजा, शङ्ख, घण्ट ध्वनिले पश्चिम मूलढोकाअघिको क्षेत्र गुञ्जायमान भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.