प्रदेश

अपरेशन गरेर निकालेको छावालाई हात्तीको माउले वास्तै नगर्दा…….

अपरेशन गरेर निकालेको छावालाई हात्तीको माउले वास्तै नगर्दा…….

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ । गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वस्थ्य अवस्था राम्रो छ । प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्राकृतिक तथा संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन् । छावालाई माउले दूध खान नदिएपछि आफैँले हात्तीको दूध दोएर खुवाएको केन्द्रका नायबसुब्बा मनपुरन चौधरीले…
Read More
कार्यपालिका निर्णय नियमित सार्वजनिक गर्दैनन् चितवनका स्थानीय तह

कार्यपालिका निर्णय नियमित सार्वजनिक गर्दैनन् चितवनका स्थानीय तह

स्थानीय तहले आफुले बनाएका नीति–निर्णय आफ्नो वेबसाइटमार्फत नागरिकलाई जानकारी गराउनुपर्छ । नागरिकप्रतिको जवाफदेहिता र पारदर्शीताको लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको वेबसाइट पनि बनाइदिएको छ । तर, चितवनमा रहेका सात स्थानीय तहमध्ये सबैभन्दा सानो तह इच्छाकामना गाउँपालिकाले बाहेक अन्य छ वटाले कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गरेका छैनन् । स्थानीय तहले हरेक महिना कार्यपालिका बैठक बसेर निर्णय सार्वजनिक गर्नुपर्छ । इच्छाकामनामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक महिना नियमित रुपमा कार्यपालिका निर्णय सार्वजनिक हुँदै आएको छ । सूचना तथा निर्णय सार्वजनिक गर्ने कार्यमा इच्छाकामना उदाहरणीय बनेको छ । तर, जिल्लाका अन्य स्थानीय तहले सबैभन्दा…
Read More
वनमा हुने डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता

वनमा हुने डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता

गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वनका वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, अग्नि नियन्त्रण सामग्रीसहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनाका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।उहाँका अनुसार निकुञ्ज क्षेत्रलाई ५०भन्दा बढी भागमा विभाजन गरी अग्निरेखा कोरिएको छ । अनियन्त्रितरूपले डढेलो लागेमा नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारीलाई अग्नि नियन्त्रण सामग्रीसहित…
Read More
निर्वाचनको लागि चितवन–२ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना, लामिछानेले थाले चुनावी प्रचार

निर्वाचनको लागि चितवन–२ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना, लामिछानेले थाले चुनावी प्रचार

सर्वाेच्च अदालतले नागरिकता सम्बन्धि फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार थालेको छ । चितवन–२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । क्षेत्र नं २ मा पर्ने भरतपुर महानगरपालिका–१ रामनगरमा रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको हो । उपनिर्वाचनमा चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने पुनः निर्वाचन लड्दै हुनुहुन्छ । नागरिकता सम्बन्धि मुद्धामा सर्वाेच्चले उहाँको सांसद पद नै खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो । उहाँको राहदानी सम्बन्धि मुद्धामा पनि अनुसन्धान जारी छ । लामिछानेले…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा भाले गैंडा मृत भेटिएको हो । गैंडा बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले मृत अवस्थामा फेला पारेकोे निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार अन्दाजी २० बर्षको गैडाको खाग र खुर सुरक्षित रहेको छ । एक अपासमा जुधेर गैडाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यो संगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा मृत्यु हुने गैंडाको संख्या १३ पुगेको छ ।
Read More
नेपालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा शल्यक्रिया गरेर जन्माइयो हात्तीको छावा

नेपालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा शल्यक्रिया गरेर जन्माइयो हात्तीको छावा

नेपालमा पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीले सामान्य तवरले बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरेर छावाको जन्म गराइएको हो । शल्यक्रियाबाट भाले छावा निकालिएको हो । वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठ नेतृत्वको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको समेत सहभागिता रहेको बताइएको छ । क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आएको समयमा ढोईले बच्चा जन्माउन नसकेपछि उहाँको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा अन्य चिकित्सकमा डा. विकल्प कार्की र डा. अमिर…
Read More
रत्ननगरकोे सौराहामा चेतना मुलुक र्याली  तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न

रत्ननगरकोे सौराहामा चेतना मुलुक र्याली तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न

रत्ननगर नगरपालिका– ६ सौराहामा आज चेतना मुलुक र्याली तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न भएको छ । एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रेवान महिला सौराहा, सौराहा लेडिज जेसीजले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम सभाध्यक्ष सौराहा लेडिज जेसिजकी अध्यक्ष मन्जु चौधरी र रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । थारु कल्चर हाउसमा भएको उक्त कार्यक्रममा आदर्श गृहका सञ्चालिका मिना खरेल, रेवान सौराहाका महासचिव सुर्य बहादुर रिमाल, क्षेत्रीय होटल संघका उपाध्यक्ष योगेन्द्रनाथ अधिकारी, रेवान महिला समुहको अध्यक्ष लक्ष्मी विडारी बछौली नारी चेतना…
Read More
रौतहटका२६ वर्षीय मन्सुरीको पेटबाट रक्सीको बोत्तल निकालियो, चितवनमै सफल उपचार भएपछि मन्सुरी होसमा फर्किए !

रौतहटका२६ वर्षीय मन्सुरीको पेटबाट रक्सीको बोत्तल निकालियो, चितवनमै सफल उपचार भएपछि मन्सुरी होसमा फर्किए !

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा अस्ति सोमबार उपचारका लागि आएका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा सिसाको बोतल भेटिएको हो । उहाँ पेट फुलेको अवस्थामा अस्पताल आउनुभएको थियो । अस्पतालका चिकित्सकले शल्यक्रिया गरी मन्सुरीको पेटबाट बोत्तल निकालिदिएका छन् । मन्सुरीको उपचारमा संलग्न पुरानो मेडिकल कलेजका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा नारायणप्रसाद बेलवासेले एक्सरे पश्चात अपरेशन कोठामा लगेर पेट चिरेर हेर्दा ठूलो आन्द्रा फुटेर बोत्तल बाहिर निस्केको अवस्थामा भेटिएको बताउनुभयो । बोत्तल निकालेर पेटलाई सफा गर्नुका साथै फुटेको भागलाई सिलाइ दिएको उहाँको भनाई छ । मन्सुरीको होस आइसकेको…
Read More
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा शुक्रबारदेखि नौ दिन बन्द हुने

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा शुक्रबारदेखि नौ दिन बन्द हुने

केन्द्रीय स्तरको भरतपुर अस्पतालको सिटी स्क्यान सेवा नौ दिनसम्म बन्द हुने भएको छ । यहि फागुन २६ गते (शुक्रबार)देखि चैत ४ गतेसम्म सिटी स्क्यान सेवा बन्द हुन लागेको अस्पतालले एक सूचना जारी गरी जानकारी गराएको हो । पुरानो भवनमा रहेको सिटी स्क्यान मेशिन नयाँ भवनमा सार्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभएको छ ।
Read More
चितवनका पाँचहजार चारसय जना किशोरीलाई क्यान्सरविरुद्धको खोप

चितवनका पाँचहजार चारसय जना किशोरीलाई क्यान्सरविरुद्धको खोप

चितवनका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपीभी) लगाइएको छ । अस्पतालले विद्यालयमा अध्ययनरत ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरी अहिले पाँच हजार चार सय जनालाई खोप लगाइसकिएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग निवारण शाखाका डा. अस्मिता राणाल जानकारी दिनुभयो । यो वर्ष छ हजार किशोरीलाई लगाउने लक्ष्य छ । अहिलेसम्म छ सय जनालाई खोप लगाइएको छ । अस्पतालले माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाइसकेको छ । रत्ननगर नगरपालिकाका दुई हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका सामुदायिक २९ र संस्थागत २७ विद्यालयका प्रधानाध्यापक, प्राचार्य र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.