प्रदेश

रत्ननगरमा खुकुरी प्रहार

रत्ननगरमा खुकुरी प्रहार

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुईजना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन्। घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडीले बताएको छ । आक्रमणमा संलग्न आरोपीहरू भागेका छन्। घाइतेहरूलाई उपचारका एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीले अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट प्रहरीले ब्रेजा कार बरामद गरेको छ ।
Read More
मिलिजुली सामुदायिक वनको  साधारण सभा सम्पन्न

मिलिजुली सामुदायिक वनको साधारण सभा सम्पन्न

चितवन । मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १२औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वनका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षता एवं वागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि खनालले सबै राजनीतिक दल र समुदायले आफ्नो स्वार्थभन्दा माथि उठेर पर्यटक भित्र्याउन र वन संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले वनका सकारात्मक गतिविधिमा सके जति सहयोग गरिने प्रतिबद्धतासमेत जनाउनुभएको छ, कार्यक्रममा बोल्दै सभासद खनालले वाग्मती प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि कन्कृट वाल निर्माणको लागि बजेट विनियोजन गर्न तयार रहेको बताउदै वनका उपभोक्ताहरुको जीवन स्तर…
Read More
प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै  सिँगारिदै सौराहा

प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै सिँगारिदै सौराहा

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म साैराहाकाे मुख्य बजार नजिक फेस्टिबल हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उनले बताए । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं । सौराहा सहित चितवनको पर्यटन…
Read More
झुवानीका स्वास्थ्य शिविर : १५७ जनाकाे स्वास्थ्य परीक्षण

झुवानीका स्वास्थ्य शिविर : १५७ जनाकाे स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा नं ५ झुवानीमा शुक्रबार आयाेजना गरिएकाे नि:शुल्क शिविरमा १५७ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे छ । झुवानी सामुदायिक पुस्तकालय र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाकाे सयुक्त आयाेजनामा गरिएकाे शिवरमा १३० जना महिला सहित १५७ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे हाे । शिविरमा ९५ जनाकाे पाठेघरकाे मुखकाे क्यान्सर परीक्षण, १७ जनाकाे ईसीज सहित दीर्घ तथा अन्य राेगहरुकाे परीक्षण गरि नि:शुल्क अाैषधि वितरण गरिएकाे थियाे । शिविरमा डा. गाैरीराम महताे र डा.निर्मलालक्ष्मी श्रेष्ठ नेतृत्वकाे स्वास्थ्यकर्मीकाे टाेलीले विरामीकाे उपचार गरेकाे हाे । शिविरकाे प्राविधिक सहयाेग नेशनल सिटी हस्पिटल तथा वडा नं ५ वडा कार्यालयकाे सहयाेग…
Read More
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ मैनाहा खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताए । समृद्धिको पूर्वाधार, पर्यटनको आधार' भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र…
Read More
एशियन किड्स मन्टेश्वरीद्धारा आफनै सुबिधा सम्पन्न भवन बाट शैक्षिक सेवा सुभारम्भ

एशियन किड्स मन्टेश्वरीद्धारा आफनै सुबिधा सम्पन्न भवन बाट शैक्षिक सेवा सुभारम्भ

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको एशियन किड्र्स मन्टेश्वरी हाउसले विहीबारदेखि आफ्नै भवनबाट शैक्षिक सेवा सुभारम्भ गरेको छ । रत्ननगरमा १४ बर्ष अघि स्थापना भएर बालवालिकालाई सुरुवातीचरणको शिक्षा प्रदान गर्दै आएको सो संस्थाले शैक्षिक गुणस्तर बृद्धिसंगै रत्ननगर वडा नं २ हाइस्कुल रोडमा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुभारम्भ गरेको हो । नेपाल सरकारले तोकेको मन्टेश्वरी सञ्चालन सम्बन्धी मापदण्ड पुरा गरी बालवालिकालाई शिक्षण सेवा प्रदान गर्दैै आएको सो संस्थाले सुरक्षित शिक्षण सिकाइलाई आगाडि बढाउदै आएको छ । हिजो (बिहिबार) आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले गृहप्रवेशसंगै नयाँ भवनबाट सुवा सुभारम्भको उद्घाटन गरेका थिए । सो…
Read More
सौराहा जेसिजको पद हस्तान्तरण, प्रमुख अतिथी थारु पहिरनमा देखिए

सौराहा जेसिजको पद हस्तान्तरण, प्रमुख अतिथी थारु पहिरनमा देखिए

सौराहा जेसीजको शाखा अधिवेशनबाट बर्ष २०२४ का लागी निर्बिरोध निर्वाचित अध्यक्ष जेसी रन्जन भण्डारी लाई बर्ष २०२३ का अध्यक्ष जेसी शुरेष शर्मा भुषालले हर्षोउल्लासका साथ भब्य समारोहमा पदहस्तान्तरण गर्नु भएकोछ। उक्त पदस्थापन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष युवाहरुका ढुकढुकी जेसी सिनेटर रबिन पोख्रेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोछ।उक्त कार्यक्रमा बर्ष २०२४ का अध्यक्ष रन्जन भण्डारीले यस बर्ष युवाहरुको नेतृत्व र व्यक्तीत्व विकास का कार्यक्रमहरु संगसंगै स्थानिय निकायहरु संग संवन्वय गरी युवाहरुलाई उध्यमशिलता संग जोड्ने कार्यक्रमहरु गरी युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न मद्दतगर्ने योजना रहेको बताउनु भयो। पर्यटन प्रबर्दन गर्न लिडरसिप, कन्जरभेसन एण्ड & इम्प्याक्ट भन्ने प्रकरणमा रही बातावरण संरक्षणका कार्यहरुमा…
Read More
अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन

अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन

रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा माेहदत्त पाैडेल(सुरज) सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न १४ औ बार्षिक साधारण सभा तथा छैठाै अधिवेशनले पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा रामकुमार बजगाई, सचिवमा महेश पाण्डे,काेषाध्यक्षमा टुकानाथ आचार्य र सदस्यहरुमा ध्रुवराज लामिछाने, तुलसीदेवी सुवेदी, सावित्री पाैडेल, भगवती देवकाेटा, चन्द्रनारायण श्रेष्ठ, धनञ्जय शर्मा, गाेविन्द पाैडेल चयन भएका छन् । अधिवेशनले लेखा समिति संयाेजकमा किशार चालिसे र सदस्यहरुमा कृष्णप्रसाद आचार्य,डिलकुमारी गिरीलाई चयन गरेकाे छ । राष्ट्रिय सहकारी बाेर्डका सहअध्यक्ष मित्रराज दवाडी प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा निवर्तमान अध्यक्ष मेघनाथ पाैडेलले भावि कार्ययाेजना, सचिव किशाेर चालिसेले प्रगति…
Read More
भोलीदेखी  खैरहनीमा नवौं संस्करणको  खिचरा महोत्सव सुरु हुँदै

भोलीदेखी खैरहनीमा नवौं संस्करणको खिचरा महोत्सव सुरु हुँदै

पूर्वी चितवनकाे खैरहनीमा शनिबार देखि नवाैं खिचरा महाेत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले आयाेजना गरेकाे साे महाेत्सव बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने छन् । खैरहनी-५, गौचरनमा पुस २८ देखि माघ १० गते सम्म सञ्चालन हुने महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ । सञ्चालन हुने छ । माघी पर्वकाे अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा-साहित्य, कला-संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरिएकाे हाे । प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदै…
Read More
तेक्वान्दो संघ चितवनका सचिव श्रेष्ठ सम्मानित

तेक्वान्दो संघ चितवनका सचिव श्रेष्ठ सम्मानित

जिल्ला खेलकुद बिकास समिति द्वारा चितवन जिल्ला तेक्वान्दो संघका सचिव शैलेस श्रेष्ठ सम्मानित भएका छन । समितिले आज (शुक्रबार) बाट सुरु भएको १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा श्रेष्ठ सङ्गै खेल पत्रकार र खेलाडीहरुलाई सम्मान गरेको हो । समितिले तेक्वान्दो खेलको माध्यमबाट चितवनको खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको हो । विगत दुई दशक देखि खेलाडी, प्रशिक्षक हुँदै तेक्वान्दो संघको सचीवको रुपमा श्रेष्ठ कृयासिल रहेका छन। उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ईश्वर सापकोटा ‘सुमन’, खेलकुद बिकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङलगायतले सम्मान गरेका हुन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.