सहायक हवल्दार निशान लामिछाने जिल्लाकै उत्कृष्ट प्रहरी घोषित
जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार निशान लामिछाने पुस महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उहाँको कामको कदर गर्दै बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको हो । लामिछानेले विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । साथै अपराधिक क्रियाकलापहरुको नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत…