प्रदेश

नेपालगञ्जमा दादुरा संक्रमितको संख्या ७६ पुग्यो, एक बालकको मृत्यु

नेपालगञ्जमा दादुरा संक्रमितको संख्या ७६ पुग्यो, एक बालकको मृत्यु

बाँकेको नेपालगन्जमा फैलिएको दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या ७६ पुगेको छ । गत पुस १२ गतेबाट देखिएको दादुरा संक्रमणबाट नेपालगञ्ज उप महानगरपालिकाका वडा नम्बर १, २, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी ७६ जनामा संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दादुराबाट ५ नम्बर वडाका ३१ महिने एक बालकको मृत्यु भएको छ । हाल संक्रमित बालबालिकालाई होम आइसोलेसनमा राखेर उपचार भइरहेको छ । बढी संक्रमित तीनवटा वडामा दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ । संक्रमित हुनेमा अधिकांश पूर्ण खोप नलगाएका बालबालिका रहेकाले संक्रमण फैलिएका सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिने बताइएको…
Read More
विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा विद्यार्थीको गयो ज्यान, राजमार्ग बन्द

विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा विद्यार्थीको गयो ज्यान, राजमार्ग बन्द

सिरहाको एक विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा एक जना छात्राको ज्यान गएको छ । सिरहाको मिर्चैया नगरपालिका–६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको हिजो शनिवार साँझ कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महराले अस्ति शुक्रवार पेट दुखेपछि औषधि खान पानी मागेपछि शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको मृत्युपछि स्थानीयवासीले आन्दोलन गरेका छन् । शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै आज बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् । स्थानीयवासीले इलाका प्रहरी कार्यालय मिर्चैयामा ढुङ्गामुढा गरेका छन्…
Read More
माघे सङ्क्रान्ति मेलाका लागि नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोमा पनि खुल्ने

माघे सङ्क्रान्ति मेलाका लागि नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोमा पनि खुल्ने

देवघाटधाममा लाग्ने माघे संक्र्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोको समयमा पनि खुल्ने भएको छ । तीर्थालुको चाप बढी हुने भएकाले अब आउँदो शनिवार ३० गते र माघ १ गते दुई दिनको लागि दिउँसोको समयमा सडक खुला गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । यो दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने बताइएको छ । अहिले यो सडक खण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन पुग्ने गर्दछन् । देवघाटमा पाँच लाखभन्दा बढी भक्तजन…
Read More
चितवनमा सवारी लाइसेन्स ः यातायात कार्यालयविरुद्ध सद्गुरुले हाल्यो सर्वाेच्चमा रिट

चितवनमा सवारी लाइसेन्स ः यातायात कार्यालयविरुद्ध सद्गुरुले हाल्यो सर्वाेच्चमा रिट

यातायात व्यवस्था कार्यालय चितवन विरुद्ध सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वोच्च अदालतमा रिट हालेको छ । चितवनमा नै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा लिनको लागि कार्यालयले महालक्ष्मी ट्रायल सेन्टर छनौट गरेपछि सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वाेच्चमा रिट हालेको हो । यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्यांकनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वाेच्चमा रिट हालेको थियो । सर्वोच्चले चितवन ड्राइभिङ सेन्टरको रिट खारेज गर्दै बाँकी प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । त्यसपछि महालक्ष्मी र सद्गुरुको आर्थिक प्रस्ताव मूल्यांकन गरिएको हो । आर्थिक प्रस्तावको मूल्यांकनप्रति असन्तुष्टि जनाउँदै सद्गुरु सर्वाेच्च गएको हो । आर्थिक प्रस्तावमा…
Read More
नेपालगन्जमा दादुराले महामारीको रूप लिएपछि खोप अभियान तीव्र

नेपालगन्जमा दादुराले महामारीको रूप लिएपछि खोप अभियान तीव्र

नेपालगन्ज उपमहानगरपालिकामा एक सातायता दादुरा महामारी फैलिएपछि आजदेखि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । महामारीको जोखिम देखिएका वडाहरूका छ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार नौसय ९६ बालबालिकार्लाइ खोप लगाइँदै छ । दादुरा रुबेलाका लक्षण देखियमा नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गरी बालबालिकालाई खोप लगाउन सबैलाई अनुरोध गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनुभएको छ । एक साताअघि चार जनामा सत्रंमण देखिएको थियो । हालसम्म नेपालगन्जका ३१ जनामा दादुरा देखिएको छ । दादुराकै कारण बुधबार नेपालगन्जका एक बालकको मृत्युसमेत भइसकेको छ । एक सातायता तीव्र गतीमा फैलिरहेको दादुरा महामारीको अझैसम्म नियन्त्रणमा आउन सकेका…
Read More
भरतपुरमा बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप लगाइँदै

भरतपुरमा बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप लगाइँदै

भरतपुर महानगरपालिकामा पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप लगाइदैछ । महानगरको स्वास्थ्य शाखाका अनुसार कोभिडविरुद्ध हालसम्म कुनै खोप नलगाएका र पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । उक्त खोप अभियान आज शुक्रवार र पर्सि २४ गते आईतबार गरी दुई दिनसम्म चल्नेछ । उक्त उमेरसमुहका बालबालिकालाई महानगरको सबै वडाका स्वास्थ्य संस्थाहरुबाट खोप लगाइने महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
Read More
चितवनमा साउन यता डेंगु संक्रमणबाट छ जनाको मृत्यु

चितवनमा साउन यता डेंगु संक्रमणबाट छ जनाको मृत्यु

चितवनमा यस आर्थिक वर्ष २०७९÷८० को हालसम्म डेंगु संक्रमणबाट छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन यता छ जनाको मृत्यु भएको हो । त्यस्तै, यस आवको हालसम्म १३ हजार चारसय ९८ जनामा डेंगु परीक्षण हुँदा तीन हजार दुईसय ९२ जनामा डेंगु पुष्टि भएको छ । तीमध्ये चितवनका मात्रै दुई हजार दुईसय८३ जना हुन् भने जिल्ला बाहिरका छसय ८६ जना र ठेगाना नखुलेका तीनसय २३ जना रहेका छन् ।
Read More
युवतीलाई बलात्कृत हुनबाट जोगाउने साहसिक भूपू सैनिकलाई रत्ननगरमा सम्मान

युवतीलाई बलात्कृत हुनबाट जोगाउने साहसिक भूपू सैनिकलाई रत्ननगरमा सम्मान

भारतीय सेनाबाट सेवानिवृत्त भई स्वदेश फर्किने क्रममा रेलमा ४० जनाको डाँका समूहसँग प्रतिकारगरी एउटी युवतीलाई बलात्कार हुनबाट जोगाउने भारतीय सेनाका भूपू सैनिक पोखरा–६ लेखनाथका विष्णुप्रसाद श्रेष्ठलाई रत्ननगर नगरपालिकाले हिजो बुधबार सम्मान गरेको छ । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले श्रेष्ठलाई सम्मान गर्दै वीर गोर्खालीको इतिहास रच्न सफल भएकोमा बधाई तथा सुखद् भविष्यको कामना गर्नुभयो । सोही अवसरमा श्रेष्ठका श्रीमती सीता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भूपू सैनिक कल्याणकारी क्लब रत्ननगरले पनि भूपू सुवेदार श्रेष्ठलाई सम्मान गरेको थियो । क्लबका अमृत मल्लले संकटको समयमा श्रेष्ठले देखाएको बहादुरी इतिहासको पानामा रहिरहने बताउनुभयो । सम्मानित…
Read More
मगर संस्कृति जोगाउन चितवनमा कौराहा प्रतियोगिता हुँदै

मगर संस्कृति जोगाउन चितवनमा कौराहा प्रतियोगिता हुँदै

नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले आज विहिबार पत्रकार सम्मेलन गरेर यहि पुस २३ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । उक्त प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म छवटा समूहले भाग लिइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुन चाहने समूहको लागि दर्ता शुल्क दुई हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्धितीय…
Read More
आन्तरिक पर्यटकको रोजाइमा चितवनको जलदेवी पार्क

आन्तरिक पर्यटकको रोजाइमा चितवनको जलदेवी पार्क

चितवनको भरतपुर महानगरपालिका–२ आँपटारीमा मा रहेको जलदेवीपार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पार्कभित्र विभिन्न आकर्षक भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् । मुग्लिनतर्फबाट भरतपुर आउँदा नारायणगणढको प्रवेशद्वारको रुपमा रहेको आँपटारीमा अवस्थित रमणीय यस पार्क जलदेवी सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक पर्यटकलाई आकर्षित गर्न बनाएको हो । पर्यटन विकासका लागि जलदेवी पार्कको निर्माण गरिएको वन समूहका अध्यक्ष माधव देवकोटाले बताउनुभयो । आन्तरिक पर्यटक वृद्धिका लागि पिकनिक स्पोट, जिपलाइन, पोखरी, नयाँ पुस्ताले नदेखेका रोटे पिङ, ढिकी, रुखमा जनावरहरुको चित्र, पृथ्वीमाथि बसेको चिल, फाइबरबाट बनेको जोडी बाघ, पार्कका विभिन्न ठाउँमा बस्नका लागि कुर्सीलगायतका संरचना रहेका छन्…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.