प्रदेश

बछौली नारी चेतना बचत तथा ऋण  सहकारीको साधारण सभा सम्पन्न

बछौली नारी चेतना बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

रत्ननगर । बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारण सभा शुक्रवार गरिएको छ । वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष बविता चौधरीले बार्षिक प्रतिवेदन,सचिव माला दाहालले प्रगति प्रतिवेदन,कोषाध्यक्ष देवकी कुमारी अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक शान्ता अधिकारी पराजुलीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने २० जना विद्यार्थी,उत्कृष्ट बाल बचतकर्ता ५ जना,शेयर बृद्धि गर्ने ६ जना, ज्येष्ठ शेयर सदस्य र जनजाती शेयर सदस्य एक एक जना, बृद्ध शेयर सदस्य ३ जना, एकल सदस्य ३ जना, असल बचत र असल…
Read More
रत्ननगरमा निशुल्क आँखा सिविर सम्पन्न

रत्ननगरमा निशुल्क आँखा सिविर सम्पन्न

रत्ननगर नगरपालिका वडा नं १० पर्सौनीमा सञ्चालित एकदिने आँखा शिविरबाट करिव दुई सय भन्दा बढी लाभान्वित भएका छन्। लियो क्लब अफ नारायणगढ चित्रवन र एम डि मोटर्सको संयुक्त आयोजनामा सञ्चालित शिविरमा मङ्गलबार निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो। चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा रत्ननगरका आँखाका विभिन्न समस्याबाट ग्रसित बिरामीहरु र सवारी चालक र सहचालकले सेवा लिएका थिए। अस्पतालको दुरी टाढा र विविध कारणले अस्पताल पुग्न नसकी आँखामा समस्या भएकाहरूले सेवा लिएका हुन। कार्यक्रममा रत्ननगर १० का वडा अध्यक्ष कलाधर पौडेल, निवर्तमान वडा अध्यक्ष केशव अाचार्य, जिल्ला ट्राफिक कार्यालयका कृष्ण ठकुरी , एम डि मोटर्सका प्रमुख दानस…
Read More
सौराहा लेडी जेसिजको आयोजनामा भाषणकला तालीम सम्पन्न

सौराहा लेडी जेसिजको आयोजनामा भाषणकला तालीम सम्पन्न

सौराहा लेडी जेसिजको पाचौं बार्षिकोत्सवको अवसरमा प्रभावकारी भाषणकला तालीम सम्पन्न भएको छ। सौराहा लेडि जेसिजकी संस्थापक अध्यक्ष जेसि सुजता बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल जेसिका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसि शिव प्रसाद भुसालले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रमको अतिथीहरुमा मातृशाखा सौराहा जेसिजका अध्यक्ष जेसि बिकास श्रेष्ठ जेसिजका पुर्व अध्यक्ष सगै रत्ननगर नगरपालिका वडा नम्बर ६ र ७ का वडा सदस्यहरु रहनुभएको थियो। सौराहा लेडि जेसिजकी कार्यकारिणी उपाध्यक्ष बुधनी चौधरीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष जेसि लक्ष्मी विडारी, मातृशाखाका पुर्व अध्यक्ष जेसि सुर्य तमाङ्ग लगायतले सुभकामना प्रदान गर्नु भएको थियो। महिलाहरुमा नेतृत्व क्षमता अभिवृद्धि गराउन र सामाजिक…
Read More
एड्वान को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन,अध्यक्षमा बिन्दु परियार थापा

एड्वान को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन,अध्यक्षमा बिन्दु परियार थापा

नेपाल दलित महिला उत्थान संघ (एड्वान) को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन आज चितवन सौराहामा सम्पन्न भएको छ । अधिवेशनले बिन्दु परियार थापा को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन भएका छन् l २३औँ साधारण सभाले परियारको अधक्ष्यतामा तिर्थ विक उपाध्यक्षमा,पम्फा थापा परियार महासचिव,पम्फा नेपाली सचिव तथा कोषाध्यक्षमा सपना सुनार लाई सर्वसहमत चयन गरेको हो । यस्तै सदस्यहरुमा राममाया विक र सपना परियार रहेका छन् । संघका अध्यक्ष पम्फा परियारज्यूको अध्यक्षतामा एवं नीति अनुगमन समितिको सभापति तथा एकिकृत समाजवादी पोलिटब्युरो सदस्य तथा एड्वान सल्लाहकार निरु जैरुज्यूको प्रमुख आतिथ्यता र सस्थापक अध्यक्ष तथा सरक्षक डा.विष्णु माया परियारज्यूको विशिष्ट आतिथ्यतामा उक्त साधारण…
Read More
खैरहनीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न १८६ जना लाभान्वित

खैरहनीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न १८६ जना लाभान्वित

खैरहनीमा सञ्चालित एकदिने शिविरबाट एक सय ८६ जना लाभान्वित भएका छन्। खैरहनी नगरपालिका र उधोग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा सञ्चालित शिविरमा शनिबार निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो। चौधरी पोलिक्लिनिक, चितवन डेन्टल केयर, भरतपुर आँखा अस्पताल, केयर पोलिक्लिनिक र सामुदायिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा खैरहनी १२ का विभिन्न रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरूले सेवा लिएका थिए। आर्थिक अभावले उपचार गराउन नपाएका वा अस्पतालको दुरी टाढा हुँदा समस्या भएकाहरूले सेवा लिएका थिए। बृहत निशुल्क स्वास्थ्य सिविरका कार्यक्रम संयोजक किरण बुर्लाकोटीका अनुसार शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा, छाला रोग,…
Read More
रेडियो अर्पणले बृहत तिज गित कार्यक्रम गर्ने

रेडियो अर्पणले बृहत तिज गित कार्यक्रम गर्ने

रेडियो अर्पणले तीज उत्सव कार्यक्रम गर्ने चितवन, भदौ ११ । पूर्वी चितवनको रत्ननगर– १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेघाहर्जले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा यसवर्ष पनि वृहत तीज उत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियो अर्पणको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्थाको सह आयोजनामा रत्ननगर– १ सौराहाचोकमा “सुकुल गार्डेन मार्ट अर्पण तीज उत्सव २०७९” कार्यक्रम हुने भएकोछ । श्रोताको चाहना र भावना अनुसार अगाडी बढ्दै आएको रेडियो अर्पणले यही भदौ १४ गते मंगलवार पर्न गएको हरितालिका तीजको अवसरमा तीज उत्सव कार्यक्रम आयोजना गर्न लागेको हो । सुचना, संचार र मनोरञ्जनको क्षेत्रमा सधैं अग्रस्थानमा रहन…
Read More
एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ भव्य रुपमा सम्पन्न

एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ भव्य रुपमा सम्पन्न

चितवनमा ‘एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२’ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार भरतपुर–१० स्थित, होटल रोयर सेन्चुरी पछाडी रहेको आफ्नै भवनमा भव्य रुपमा फेयर सम्पन्न भएको हो । विहान ११ देखि सुरु भएको फेयर अपरान्ह ५ बजेसम्म संचालन भएको थियो । फेयरमा चितवनलगायत छिमेकी जिल्लाबाट समेत विद्यार्थी तथा अभिभावकहरु परामर्श लिन फेयरमा आइपुगेका थिए । कार्यक्रममा करिव एक हजार ५ सय विद्यार्थी तथा अभिभावकले सहभागिता जनाएको एक्सपर्ट एजुकेशन चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘फेयर भव्यताका साथ सम्पन्न भएको छ, विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रह्यो’ निर्देशक अधिकारीले भने ‘वैदेशिक उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीका लागि यस्तो…
Read More
बिपि कोईराला युवा मंच चितवनको अध्यक्षमा लामिछाने

बिपि कोईराला युवा मंच चितवनको अध्यक्षमा लामिछाने

इतिहासको कालखण्डमा विपि कोइरालावाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणाहरु आजको समयमा पनि हाम्रो लागि प्रेरक छन, सामायिक छन र राष्ट्र निर्माणका लागि मार्ग निर्देशन गरिरहेका छन। उहाँका विचारलाई आजको जीवन सापेक्षतामा गतिशील ढंगले बुझ्ने, विश्लेषण गर्ने र भावी पिढिको सपना संग एकाकार गर्ने गुरुत्तर दायित्व आजको युवा पंक्तिले निर्वाह गर्नुछ। त्यसैले लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमानै सम्मुन्नत समाजको सपना देख्ने युवाहरूको नेतृत्व एंब ब्यक्तित्व विकास गर्दै जननायक बिश्वेस्वरप्रसाद कोइरालाका विचारहरुलाइ समाजको हरेक तह र तप्कामा पुर्याउने उदेश्यका साथ गठन भएको विपि कोइराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्यसमिति चितवनको साधरण सभा / अधिवेशनले युवा ब्यक्तित्व श्री…
Read More
देवघाट घोषणापत्र जारी गर्दै नेपाल ढकाल समाजको राष्ट्रिय सम्मेलन  सकियो ,

देवघाट घोषणापत्र जारी गर्दै नेपाल ढकाल समाजको राष्ट्रिय सम्मेलन सकियो ,

देवघाटधाम , ६ बुँदे देवघाट घोषणा पत्र जारी गर्दै नेपाल ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय सम्मेलन सकिएको छ । राष्ट्रिय भेलामा ६४ जिल्ला बाट ३७६ सहभागीहरु भएका थिए । उपमन्यु ऋषि, ढकाल थर, कुल पूजाबिधि तिथि मितिका विषयमा छलफल भएको भेलाले “देवघाट घोषणापत्र २०७९“ घोषणा गरेको हो । ढकाल समाजका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले सम्मेलन सफल भएको दावी गर्नु भयो । ‘ सबै उपमन्यू गोत्रिय ढकालहरु खोज्ने काम भएको छ , ’ उहाँले भन्नुभयो , ‘ सबैलाई एकै थलोमा ल्याउन सम्मेलन सफल भएको छ । ’ सम्मेलनले उपमन्यु गोत्रीय ढकालहरुको वंश खोजी गरी लिपीबध्द गर्न नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला…
Read More
चितवनमा अचानो प्रहार गरी श्रीमानको हत्या

चितवनमा अचानो प्रहार गरी श्रीमानको हत्या

✍️अनुप पौडेल भरतपुर,मंगलबार बेलुकी ४ः२० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं २१ पार्वतीपुरका ५६ वर्षीय टीकाराम विक आफ्ने घरभित्र मृत अवस्थामा फेला परेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहान १० बजेको समयमा श्रीमानश्रीमतीबीच झगडा हुँदा ५४ वर्षीया श्रीमती बिनमाया विकले घरमै रहेको अचानोले टाउकोमा श्रीमानको हान्दा उक्त चोट लागेको बुझिन आएको बताएको छ । आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गीतानगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ढोकाको चुकुल फुटाई हेर्दा मृतक टीकाराम खुट्टाले भुईंमा टेकी टाउको र जिउको भाग खाटमा घोप्टो अवस्थामा रहेको र निजको तालुको भागमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.