चितवनमा किरियापुत्रीद्वारा मतदान
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आज आइतबार भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १२ को मोहन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट विष्णु पौडेल छिमेकीले मतदान गरेका हुन् । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी इश्वर आचार्यले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य उत्साहपूर्वक सञ्चालन भइराखेको जानकारी दिनुभयो । जिल्लाका सबै मतदान स्थलमा बिहानदेखिनै मतदान कार्य भइराखेको छ । मतदान गर्न किरियापुत्री, अपाङ्ग अशक्त, वृद्ध अबस्थाका व्यक्तिहरुको पनि सहभागिता रहेको छ । ४३ स्थलका एकसय ३८ केन्द्रमा मतदान जारी रहेको यो क्षेत्रमा साढे १२ बजेसम्म ४१ प्रतिशत मत खसेको छ । यहाँ एक लाख २४…