बागमती

चितवन–२ उपनिर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

चितवन–२ उपनिर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि मतदाता नामावली अद्यावधिक गराउन समय निर्धारण गरेको थियो । कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान…
Read More
ट्रायलमा ७० प्रतिशत लागु हुँदा पास हुनेको संख्या २० प्रतिशतले बढ्यो

ट्रायलमा ७० प्रतिशत लागु हुँदा पास हुनेको संख्या २० प्रतिशतले बढ्यो

चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागु भएसँगै चालक अनुमतिपत्र पास हुनेको संख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । वाग्मती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागु गराएका हुन् । नियम लागु भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ । कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताउनुभयो । सुरुमा चाप बढी भए पनि पुनःट्रायल दिने…
Read More
प्रधानमन्त्री प्रचण्ड आउँदो  शुक्रवार कतार जाँदै

प्रधानमन्त्री प्रचण्ड आउँदो शुक्रवार कतार जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन अब आउँदो शुक्रवार कतार जानु हुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड कतार जान लाग्नुभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । कतारमा प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नु हुने कार्यक्रम तय गरिएको छ । नेपाली दूतावास र त्यहाँ रहेको नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्कनु हुनेछ ।…
Read More

भरतपुरकी एक महिला फागुन २ गतेदेखि सम्पर्कविहिन

भरतपुरबाट एक जना महिला सम्पर्क विहिन भएकी छन् । गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका वडा न. १३ उज्ज्वलनगर बस्ने २० वर्षकी सरु माया गुरुङ सम्पर्क बिहिन हुनुभएको हो । आमा सन्तमा गुरुङले फागुन २ गते देखि छोरी हराएको भन्दै प्रहरीमा निवेदन दिनुभएको छ । उहाँका छोरा प्रविणले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन आग्रह गर्नुभएको छ ।
Read More
चितवनमा चारजना युवाको संयुक्त लगानीमा ड्राईभिङ्ग स्कुल सञ्चालनमा, कमजोर शारिरीक क्षमता भएकालाई निःशुल्क प्रशिक्षण, अन्यलाई ५० प्रतिशत छुट

चितवनमा चारजना युवाको संयुक्त लगानीमा ड्राईभिङ्ग स्कुल सञ्चालनमा, कमजोर शारिरीक क्षमता भएकालाई निःशुल्क प्रशिक्षण, अन्यलाई ५० प्रतिशत छुट

चितवनमा चारजना युवाको संयुक्त लगानीमा अत्याधुनिक ड्राईभिङ्ग स्कुल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा चितवन ड्राईभिङ्ग स्कुल सञ्चालनमा ल्याईएको हो । औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एकसाताको लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध गरिएको सञ्चालक माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो । चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निःशुल्क सवारी चालक प्रशिक्षण दिन पनि शुरु गरिएको उहाँको भनाई छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमजोर शारिरीक क्षमता भएका व्यक्तीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन शुरु गरिएको अधिकारीले बताउनुभयो । यस भन्दा अघि पांँचजनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहेको बताइएको छ । दक्ष सवारी चालक बनाउन र दुर्घटना…
Read More
चितवनको रत्ननगरमा कर संकलन अभियान सुरु

चितवनको रत्ननगरमा कर संकलन अभियान सुरु

चितवनको रत्ननगर नगरपालिकामा उपमेयर यादव प्रसाद पाठकको नेतृत्वमा कर संकलन अभियान सुरु गरिएको छ । चालु आर्थिक बर्षमा पनि लक्ष्य अनुसार कर संकलन नहुने देखिएपछि घरलैदो अभियान सुरु गरिएको हो । नगरपालिकाले सुरु गरेको कर संकलन अभियानलाई रत्ननगर उद्योग बाणिज्य संघले समेत साथ दिएको छ । संघबाट बरिष्ठ उपाध्यक्ष शंकर गिरीको नेतृत्वमा टोली बजारमा खटिएको छ । व्यवसायीलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता र नविकरणलाई प्राथमिकता दिइएको छ । घरदैलोकै क्रममा अनलाईन प्रणाली मार्फत कर तिर्न सक्ने सुविधा सहित जनप्रतिनिधि,कर्मचारी र संघका प्रतिनिधिहरु व्यवसायीको घरदैलोमा पुगेका छन् । अनलाईन प्रणाली मार्फत घरदैलोमै व्यवसाय दर्ता,नविकरण र कर तिर्न सक्ने सुविधा सहित…
Read More
भरतपुरमा थप एकसय अठार किमीमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने, २७ करोडको ठेक्का आह्वान

भरतपुरमा थप एकसय अठार किमीमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने, २७ करोडको ठेक्का आह्वान

भरतपुर महानगरपालिकामा थप एकसय १८ किमी सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने भएको छ । विद्युत प्राधिकरण र भरतपुर महानगरपालिकाको साझेदारीमा करिब एकसय १८ किमी सडकमा सडकबत्ती, ६० वटा मिनी मास्ट लाईट र आठवटा हाई मास्ट लाईट जडान हुने भएको हो । दोस्रो चरणमा २७ करोड रुपैयाँ लागतमा ‘स्मार्ट’ सडक बत्ती जडानको लागि नेपाल विद्युत प्राधिकरणले ठेक्का आह्वान गरेको छ । यसअघि पहिलो चरणमा ७८ किमीमा स्ट्रिट लाइट जडानको काम भइरहेको छ । भरतपुरमा ठूला सडकहरु विस्तारका क्रममा छन् । महानगरले आगामी वर्ष मनाउन लागेको ‘भरतपुर भ्रमण वर्ष’को लागि विस्तारिक सडक र स्मार्ट स्ट्रिट लाइटले ठूलो योगदान दिने महानगर प्रमुख…
Read More
दुई हप्तादेखि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

दुई हप्तादेखि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि आठ हजार मेट्रिक टन कोइला आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छसय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ । आपूर्ति भएको एक हजार छसय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चापदार्थ पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । बाँकी कोइला आउने क्रममा रहेको छ । भारत, भुटान, इन्डोनेसिया र पाकिस्तानबाट कोइलाको आपूर्ति भइरहेको जनाइएको छ ।
Read More
रत्ननगरका ५६विद्यालयका बालिकाहरुलाई एचपिभी खोप लगाउने तयारी

रत्ननगरका ५६विद्यालयका बालिकाहरुलाई एचपिभी खोप लगाउने तयारी

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सहयोगमा एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ११ वर्षदेखि १३ वर्षसम्मका बालिकाहरुलाई दिइने एचपिभी खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकको अध्यक्षता एवं नगरशिक्षा अधिकारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यक्रम संयोजक डा. कृष्णप्रसाद सुवेदीले महिलाको पाठेघरको क्यान्सर नहोस् भन्ने उद्देश्यले क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयसँग पहल…
Read More
चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र,निर्माण कम्पनी सम्पर्कविहीन

चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र,निर्माण कम्पनी सम्पर्कविहीन

चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र परेको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी चार वर्षअगाडि ठेक्का लिएको मिलेनियम सिडगढी जेभीले काम गर्न छाडेर सम्पर्कविहीन भएपछि शवदाह निर्माण अलपत्र परेको हो । तीन पटकसम्म म्याद थपेर ठेक्का अवधि बढाए पनि काम भने पूरा हुन सकेको छैन । २०७५ माघ ३ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०७७ माघ २ गते सम्पन्न गर्नुपर्नेमा समयमा काम नसकेपछि पटक–पटक गरी म्याद थप्दै गत साउन १ गते काम सम्पन्न गर्नका लागि पछिल्लो मिति तोकिएको थियो । सो समयावधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीलाई जरिवाना लगाएको सहरी विकास तथा भवन निर्माण कार्यालय चितवनले जनाएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.