पिठुवा खानेपानीको निर्वाचन बिरुद्द नेपाल कम्युनिष्ट पार्टीको बिरोध
पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हुने भनिएको निर्वाचन प्रक्रिया बिरुद्द नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको छ । रत्ननगर नगर कमिटिका सेक्रेटरी अर्जुन सी र इन्चार्ज सारदा सी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा हाम्रो जनप्रिय पार्टी ने.क.पा. हालसम्म भएको विभिन्न राष्ट्रघात, जनघात, भ्रष्टचार, कालो बजारी लगायत विभिन्न बेथितिको विरुद्ध सघर्ष गर्दै आइरहेको पार्टी हो । यस्तै सन्दर्भ मा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हुने भनिएको निर्वाचनमा स्थानिय उपभोक्ता र ने.क.पा. लाई बिना जानकारी केही संसदिय पार्टी (दल) हरुले निर्वाचन मिति तोक्दै, रत्ननगर भित्र रहेको अन्य सामाजिक संघ संस्थाहरुमा समेत आफ्नो मनोमानि तरिकाले…