खेलकुद समाचार

तेक्वान्दो खेलाडी दिपक र आयसा अमेरिकामा सम्मानित

तेक्वान्दो खेलाडी दिपक र आयसा अमेरिकामा सम्मानित

एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले ओलम्पियन खेलाडी दिपक बिष्ट र साग मेडलिस्ट आयशा शाक्य लाई सम्मान गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त नेपाली तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दिपक बिष्ट, आयशा शाक्य तथा उहाँका परिवारलाई तेक्वान्दोमा पुर्याएको योगदानको कदर गर्दै बाल्टिमोर मेरिल्याण्डमा एभरेष्ट वर्ल्ड क्लास तेकवान्दोले सम्मान गरेको हो। एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका प्रेसिडेन्ट कुमार कार्की र कल्पना कार्कीको संयोजकत्वमा नेपालका राष्ट्रिय खेलाडीहरुलाई भब्य रुपमा स्वागत तथा सम्मान गरिएको हो। प्रसिद्ध तेक्वान्दो प्रशिक्षक कार्की ले दिपक र आयशाले देशको नाम बिश्वमाझ चिनाउन सफल भएको र चर्चित खेल जोडी हुनुको साथै इतिहास रच्न सफल जोडि भएकोले उहाहरुलाई सम्मान गर्न पाउँदा आफ्नो…
Read More
रत्ननगरमा जिल्ला स्तरीय फुटबल हुने

रत्ननगरमा जिल्ला स्तरीय फुटबल हुने

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जेठ एक गतेदेखि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीले संगठनको ३४औं स्थापना दिबसको अबसरमा प्रथम रत्ननगर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता गर्न लागेको हो । टिकौली चौरमा हुने सो प्रतियोगिताको पुरस्कार रासी २ लाख २२ हजार २२२ रहेको राष्ट्रिय युवा संघ नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुने टिमलाई १ लाख ११ हजार १११ पुरस्कार प्रदान गरिने छ । राष्ट्रिय युवा संघको स्थापना दिबसको अबसर पारेर पूर्वी चितवनमै पहिलो पटक सबैभन्दा ठुलो पुरस्कार राशीको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पन्तले…
Read More
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा उक्त मुद्दाको सुनुवाई हुन लागेको हो । हिजो आईतबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको थियो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको छ । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।
Read More
सन्दीप बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एकसय विकेट लिने खेलाडी

सन्दीप बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एकसय विकेट लिने खेलाडी

नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले आज शुक्रबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एकसय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । लामिछानेले ४२ खेलमा एकसय विकेट लिएर किर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा आदिल सफिकलाई एलबिडब्लूको धरापमा पार्दै लामिछानेले यो कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले ४४ खेलमा एकसय विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा एकसय विकेट लिएका थिए ।
Read More
बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा आफ्ना विद्यार्थी नसमेटिएको भन्दै गवै मा.बि को आपत्ती

बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा आफ्ना विद्यार्थी नसमेटिएको भन्दै गवै मा.बि को आपत्ती

खैरहनी नगरपालिका १३–मा रहेको गवै माध्यमिक विद्यालयले बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आफ्ना विद्यार्थी नसमेटिएको भन्दै आपत्ती जनाएको छ । जिल्ला स्तरीय प्रतियोगीतामा प्रथम हुने विद्यालयलाई उक्त रनिङ शिल्ड प्रतियोगीताबारे जानकारी नै नगराई अन्य विद्यालयका छात्राहरुलाई मात्र सहभागी गराएको भन्दै गवै मा.वि.ले आपत्ती जनाएको हो । जिल्ला स्तरीय प्रतियोगीतामा प्रथम हुने गवै मा.विका एक जना छात्रा पनि सहभागी नहुनुको मुख्य कारण के हो र उक्त खेलकुदको अन्य छनोटको प्रक्रिया कसरी गरिएको हो भन्ने बारेमा विद्यालयको जिज्ञासा रहेकाले सम्बन्धीत निकायले यसबारे चासो देखाउनुपर्ने सहायक प्रधानध्यापक केदार शिवाकोटीले बताउनुभएको छ । विद्यालयले आफ्नो जिज्ञासाको उत्तर दिन सम्बन्धीत खेलको कोच एवम्…
Read More
मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश निःशुल्क

मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश निःशुल्क

अब आउँदो वैशाख पहिलो सातादेखि नेपालमा हुने एसीसी प्रिमियर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने नेपालको खेल हेर्न दर्शकले निःशुल्क प्रवेश पाउने भएका छन् वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा हुने तय भएको छ । जसअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने खेलहरूमध्ये नेपालको खेलमा दर्शकहरूलाई खेल हेर्नका लागि कुनै शुल्क नलिइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । “कागेश्वरी–मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले मूलपानीमा हुने नेपालको खेल निःशुल्क गर्न आग्रह गर्नुभएपछि क्यानले उक्त आग्रह स्वीकार गरेर मूलपानीमा हुने नेपालको खेल हेर्नका लागि दर्शकलाई टिकट शुल्क नलिई निःशुल्क प्रवेश दिने निर्णय गरेको हो ।…
Read More
कप्तान रोहितको अर्धशतकमा नेपालले यूएईलाई दियो दुई ४९ रनको लक्ष्य

कप्तान रोहितको अर्धशतकमा नेपालले यूएईलाई दियो दुई ४९ रनको लक्ष्य

कप्तान रोहित पौडेलको अर्धशतक अनि गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई दुईसय४९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिविको त्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुईसय ४८ रन बनाएको हो । खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै ओभर ब्याटिङ गर्न सकेन । नेपालका लागि कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे । ओपनर…
Read More
साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

बंगलादेशमा मार्च २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि यू–१७ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले आज मंगलबार टोली घोषणा गर्नुभएको हो । घोषणा भएका उक्त नेपाली टोलीमा गोलकिपरतर्फ सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी रहनुभएको छ भने डिफेन्डरतर्फ अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेनु लिम्बु चबेगु हुनुहुन्छ । त्यस्तै मिडफिल्डरमा माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ र फरवार्डतर्फ दीपा रोकाया, वर्षा ओली, सेनु परियार रहनुभएको छ । रानाको नेतृत्वमा यू–१५ राष्ट्रिय…
Read More
एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली युवा टिमको बिदाइ

एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली युवा टिमको बिदाइ

एएफसीयू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ । प्यालेस्टाइनमा हुने छनोटका लागि आज आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच नेपाली टिमको बिदाइ गरिएको हो । नेपाल छनोटको समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । नेपालले यहि फागनु २४ मा घरेलु टिम प्यालेस्टाइनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । त्यस्तै, फागनु २६ नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ । र, फागनु २८ मा नेपालले पहिलो चरण छनोटको अन्तिममा यूएईविरुद्ध खेल्नेछ । समूहको शीर्ष स्थानमा…
Read More
यू–१९ विश्व कप छनोटमा नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित

यू–१९ विश्व कप छनोटमा नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित

यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । आज मङ्गलवार यूएईमा भएको खेलमा मलेसियालाई १० विकेटले हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो । मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.