खेलकुद समाचार

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० मा लुम्बिनीलाई पराजित गर्दै मधेश प्रदेश सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० मा लुम्बिनीलाई पराजित गर्दै मधेश प्रदेश सेमिफाइनलमा

सुनसीको इटहरीमा जारी रहेको प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आज बुधवार भएको पहिलो खेलमा मधेशले लुम्बिनीलाइ १६ रनले हराउदै सेमिफाइनलमा स्थान बनाएको हो । समूह ए बाट सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्रमसः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बीबाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दुबै सेमिफाइनल खेल शुक्रबार हुनेछ । इटहरीको जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको मधेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर एकसय सात रनको योगफल खडा गरेको थियो । उसका लागि साना प्रभिनले…
Read More
बीस लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

बीस लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उहाँ छुट्नुभएको हो । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न हिजो बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । लामिछानेलाई धरौटीमा छाड्न अदालतले पीडितसँग सम्पर्क गर्न नपाउने, विदेश जान नपाउने, काठमाडौं उपत्यका पनि छाड्न नपाउने र यदि छाड्नै पर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने लगायतका पाँचवटा शर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा…
Read More
नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनीले जित्यो, विराटनगर २४ रनले पराजित

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनीले जित्यो, विराटनगर २४ रनले पराजित

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय नौ रनमात्रै बनाउन सक्यो । विराटनगरका अर्जुन साउदले ३४ र पृथु बाँस्कोटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई÷दुई विकेट लिन सफल भएको छ । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा एक सय ३३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१…
Read More
काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा

काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा

विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज सोमवार भएको खेलमा काठमाडौंै नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर क्वालिफायरमा पुगेको हो । विराटनगरले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १२ ओभर ४ बलमा ८३ रन बनाउँदा अलआउट भयो । काठमाण्डौका लागि अविनाश बोहराले सर्वाधिक १६ रन बनाए । विराटनगरका सूर्य तामाङले चार तथा शहाब आलम र किओन जोसेफले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ र विवेक यादवले १८ बलमा ४६ रन बनाए । काठमाण्डौका अनिल खरेल र कमलसिंह ऐरीले दुई– दुई तथा अभिनाश…
Read More
जनकपुरलाई हराउँदै लुम्बिनी नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा

जनकपुरलाई हराउँदै लुम्बिनी नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा

लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रनमात्रै बनायो । जनकपुरका लागि समिउल्लाह शिनवारीले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई÷दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए…
Read More
नेपाल टि ट्वान्टी लिगमा जनकपुरले पोखरालाई छ विकेटले हरायो

नेपाल टि ट्वान्टी लिगमा जनकपुरले पोखरालाई छ विकेटले हरायो

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । नौ खेलमध्ये छ मा जित तथा तीन खेलमा हार बेहोरेको जनकपुरले १२ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो । प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । समान नौ खेल नै खेलको लुम्बिनीले आठ खेलमा जित र एक खेलमा हार बेहोरे पनि १६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको…
Read More
वागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद आउँदो चैतमा

वागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद आउँदो चैतमा

वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद अब आउँदो चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ । हिजो विहीबार बसेको परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको हो । पहिलो संस्करणको तुलनामा समावेश खेल संख्या पनि बढाइएको बताइएको छ । दोस्रो संस्करणका लागि उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी छन् । पौडीको जिल्लागत प्रतिस्पर्धा नगराइ सिधै प्रतियोगितामा खुला प्रतिस्पर्धा गराइने भएको छ । अघिल्लो वर्ष फागुन २८ गतेदेखि १० दिनसम्म चलेको प्रतियोगितामा आठ खेल समावेश भएका थिए । त्यतिबेला खेलाइएको तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन र भलिबललाई यसपटक पनि निरन्तरता…
Read More
अर्जेन्टिनाको जितको खुसीमा चार विद्यालयलाई खेल सामग्री सहयोग गर्ने डा. अधिकारीको घोषणा

अर्जेन्टिनाको जितको खुसीमा चार विद्यालयलाई खेल सामग्री सहयोग गर्ने डा. अधिकारीको घोषणा

अर्जेन्टिनाले विश्वकप फुटबल जितेको खुसियालीमा अर्जेन्टिना फ्यान क्लब चितवनले दीप प्रज्ज्वलन गरेको छ । चितवनमा रहेका अर्जेन्टिनाका समर्थकहरुले हिजो सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन र केक काटेर खुसियाली मनाएका हुन् । उक्त दीप प्रज्ज्वलन कार्यक्रममा क्लबका सल्लाहकार एवं वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चितवनका चारवटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले सम्पूर्ण अर्जेन्टिनी समर्थकको प्रतिनिधित्व हुने भरतपुर महानरपालिका र माडी नगरपालिकाबाट दुई–दुई विद्यालय छानेर कुल चारवटा सामुदायिक विद्यालयलाई वर्षभरिलाई पुग्ने खेलसामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो । फुटबलमा केही सम्भावना बोकेका विद्यालयको छनोट गरी भरतपुर र माडीका दुई–दुई विद्यालयलाई फुटबल खेलसँग सम्बन्धित खेल सामग्री…
Read More
पुस १५ बाट चितवनमा दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता  हुँदै

पुस १५ बाट चितवनमा दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुँदै

चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने बुद्धिचाल प्रतियोगिता हुने भएको छ । इच्छाकामना युथ स्पोर्ट क्लबको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरी क्लबले प्रतियोगिताबारे दिएको जानकारी अनुसार प्रतियोगीताको प्रवेश शुल्क एक हजार रहेको छ । प्रतियोगिता अब आउँदो पुस १५ गते सुरु भई १६ गते सम्पन्न हुने जनाइएको छ । तर, इच्छाकामनाका प्रतियोगीको लागि पाँचसय रुपैयाँ, विद्यार्थीको लागि चारसय र महिलाको लागि तीनसय रुपैयाँ प्रवेश शुल्क रहेको जनाइएको छ । प्रवेश शुल्क इसेवा नम्बर ९८४१६९७६७१ बाट पनि बुझाउन सकिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा भाग लिन चाहनेले पुस १५…
Read More
फिफा विश्वकप ःउपाधि अर्जेन्टिनाको पोल्टामा

फिफा विश्वकप ःउपाधि अर्जेन्टिनाको पोल्टामा

फिफा विश्वकप–२०२२ को सनसनीपूर्ण फाइनल प्रतियोगितामा अर्जेन्टिना विजयी भएको छ । हिजो आइतबार राति कतारको लुसेल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले ट्राइबेकरमा ४–२ गोल गर्दै विजयी भएको हो । अर्जेन्टिनाको लियोनेल मेसीले खेलको २२ औं थप समयको एकसय सात मिनेटमा साथै डि मारियाले ३५ औं मिनेटमा गोल गरे । फ्रान्सका तर्फबाट एमबाप्पेले ७९, ८०, एकसय १७ मिनेटमा ह्याट्रिक गर्दै खेलमा बराबरी ल्याए । प्रतियोगितामा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनाले शानका साथ तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको हो । खेल अवधिभर आठ गोल गर्दै फ्रान्सका एमबाप्पेले गोल्डेन बुट जित्न सफल भए । फ्रान्सले सन् १९९८ र २०१८ को फाइनल जितेको थियो भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.