वैदेशिक रोजगार विभागमा सेवाग्राहीको नारा जुलुस बढेपछि प्रवेशमा कडाइ, परिचय खुल्ने कागजात अनिवार्य

सेवाग्राहीले नारा जुलुस गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ ।
काम गर्ने वातावरण नै प्रभावित भएपछि असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा कडाइ गरिएको विभागले जनाएको छ । अब विभागमा काम परेर जानेहरूले आफ्नो परिचय खुल्ने कागजात बोकेर गएमा मात्र प्रवेश पाउनेछन् । असम्बन्धित व्यक्तिले भने प्रवेश पाउने छैनन् ।

पछिल्लो समय विभागमा न्याय सम्पादनको काम नगरेको भन्दै सेवाग्राहीले काम चलिरहेकै बेलामा नारा जुलुस गर्ने र अमर्यादित भाषाको समेत प्रयोग गर्ने क्रम बढेको छ । सेवाग्राहीको नारा जुलुस र अन्य गतिविधिका कारण काम गर्ने वातावरण नै प्रभावित भएको भन्दै विभागले काम कारबाहीप्रति केही गुनासो भएमा कानुनी प्रक्रिया अनुसार नै गुनासो लिएर आउन सेवाग्राहीलाई अनुरोध गरेको छ ।
कार्यालयभित्र भइरहेको अमर्यादित क्रियाकलापलाई अन्य गरी विधि र प्रक्रिया बमोजिम काम गर्ने वातावरण निर्माणमा सहयोग पु¥याउन विभागले सम्बन्धित सबै सरोकारवालाहरूसँग अनुरोध समेत गरेको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.