बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुबेला रोगको लक्षण देखिएको छ ।
अम्कोट गाउँका एउटै टोलका सात बालबालिकालाई हिजो बुधवार हिजार्व डामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी बिन्दु विष्टले बताउनुभयो । उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखा परेको छ ।
अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेको स्थानीयले बताएका छन् । एक हप्तादेखि बालबालिकालाई ज्वरो आउने, हातखुट्टा दुख्ने र नाकबाट पातलो सिँगान बग्ने समस्या देखा परेको हो । बालबालिकामा दादुरा रोगको जस्तो लक्षण देखा परेकोले नगरपालिका स्वास्थ्य शाखालाई जानकारी गराइसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर