चार महिनादेखि साउदीमा अलपत्र एक नेपाली महिलाको उद्धार

साउदी अरबमा चार महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ ।
दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुग्नुभएकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए । रोजगारदाताले आङ्बोलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गएका थिए ।

महावाणिज्यदूतावासले आङ्बोलाई सुरक्षित रुपमा नेपाल फिर्ता नगरून्जेलसम्म सेल्टरमा राखेर नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया थालेको थियो । गैर–आवासीय नेपाली संघको सहयोगमा उहाँलाई हिजो बुधवार जहाजमार्फत नेपाल पठाएको महावाणिज्यदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.