अभिनेता शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत बाहिर प्रदर्शन

बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर हुनुभएका अभिनेता पल शाह (पूर्णविक्रम)लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।
न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले आज शुक्रबार उच्च अदालत पोखरामा एकघण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । उच्च अदालतले यौन दुव्र्यवहारलाई सामन्यिकरण गरेको भन्दै उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुवती भेला भएर प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने ?’ ‘पोलेर बोलेको’, ‘बलत्कारलाई प्रवद्र्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको पम्पलेट बोकेका थिए । न्यायालयबाटै पीडितलाई थप पीडा हुने निर्णय भएकाले आफूहरुले राज्यको खबरदारी गर्न शान्तिपूर्ण प्रदर्शन गरेको अभियान्ता सलिजा श्रेष्ठले बताउनुभयो ।
नवलपूर जिल्ला अदालतले बाल यौन दुराचारको अभियोगमा साढे दुई वर्षको सजायको फैसला सुनाएको भएपनि त्यहाँबाट नै उक्त फैसलाको बदर गरिएको थियो ।
अर्की अभियान्ता रिसु थापामगरले न्यायालयबाटै गलत नजीर प्रतिपादन हुने डर भएको बताउनुभयो ।यो एउटाको मात्रै घटना नभएकाले अब यसरी आफूविरुद्धको हिंसाबारे खुलाउन पनि डर लाग्ने स्थिति आइसकेकाले गलत नजीर नबसोस् भन्नका लागि प्रदर्शन गरेको मगरको भनाई छ ।
उच्च अदालतबाट गत आइतबार बाल यौन दुरुपयोग अभियोगमा सफाइ पाएपछि तनहुँ कारागारमा रहनुभएका शाह सोमबार रिहाइ भइसक्नुभएको छ । नाबालिग बलात्कार अभियोग लाग्नुभएका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगमा दोषी ठहर गरेको थियो ।
तर उच्च अदालत पोखराका कायमुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो । गम्भीर आरोपमा पुर्पक्षका लागि थुनामा रहनुभएका शाहले उच्च अदालतबाट सफाइ पाएसँगै कतै विरोध त कतै आलोचना भइरहेको छ । एक नाबालिगले गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहले बलात्कार गरेको भन्दै शाहविरुद्ध उजुरी दिनुभएको थियो । नवलपुरमा पनि सोही मुद्दामा शाह विरुद्ध एकै व्यक्तिले उजुरी दिनुभएको थियो ।
उजुरी दिएको चार दिनपछि शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मासमर्पण गर्नुभएको थियो ।नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिँदै भदौ २१ गते बाल यौन दुरुपयोग आरोपमा दुई वर्ष छ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
दुवै पक्षले नवलपुर अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिनुभएको थियो । गत माघ ३ गते तनहुँ अदालतले भने शाहलाई सफाइ दिइसकेको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.