रेडियो अर्पण

797 Posts
मोरङका तीन परीक्षा केन्द्रबाट एसईईका एकसय १६ जना परीक्षार्थी पक्राउ

मोरङका तीन परीक्षा केन्द्रबाट एसईईका एकसय १६ जना परीक्षार्थी पक्राउ

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट एकसय १६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले हिजो बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । आज (बिहीबार) ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले जानकारी दिनुभयो । यस्तै, केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माध्यामिक विद्यालयबाट २०जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read More
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एकलाख ११ हजार रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एकलाख ११ हजार रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज बुधवार एकै दिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि गत ५ गते सुनको भाउ बढेर तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिकामा बेरोजगारीको संख्या बढिरहेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलवार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४०…
Read More
बाग्लुङको गलकोटमा ट्र्याक्टरले किच्दा एक जनाको ज्यान गयो

बाग्लुङको गलकोटमा ट्र्याक्टरले किच्दा एक जनाको ज्यान गयो

बाग्लुङको गलकोटमा ट्र्याक्टरले किच्दा एक युवकको ज्यान गएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आउनुभएका २३ वर्षीय दिपेश सलामीको ज्यान गएको हो । बडीगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध १ त ६०९ नम्बरको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते हुनुभएको र उद्धार गर्दा गर्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा…
Read More
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवलाई एकलाख ९९ हजार आठसय ९७ रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उहाँहरुमाथि सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानि नोक्सानी गराएको आरोप छ ।
Read More
चितवनको कालिकाबाट सिक्किम भ्रमण गएका दुई जनाको हिमपहिरोमा परेर मृत्यु

चितवनको कालिकाबाट सिक्किम भ्रमण गएका दुई जनाको हिमपहिरोमा परेर मृत्यु

पुर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये दुईजनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ । मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहनुभएको छ । मृतक दुवैजना कालिका–६ खोलेसिमलका रहेको बताइएको छ । लामिछाने सो संस्थाका कार्य समिति सदस्य समेत हुनुहुन्थ्यो । सो हिमपहिरोमा परि सो सस्थाका करिब एक दर्जन सदस्य घाइते भएका छन् भने तीन जनाको गम्भीर अबस्थामा उपचार भई रहेको प्रहरीले बताएको छ । सिक्किम…
Read More
बालिका सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

बालिका सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो । तामाङले फेसबुकबाट पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । गत फागुन ६ गते टोखा नगरपालिकाकाको एक गेस्ट हाउसमा पीडितलाई बोलाएर तामाङ र उहाँका साथी श्रेष्ठले सामूहिक बलात्कार गरेको प्रहरीको दाबी छ । आरोपी दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको जनाइएको छ ।
Read More
प्रहरीले नेतालाई कुटेको भन्दै राजविराजमा जसपाका कार्यकर्ताको प्रदर्शन

प्रहरीले नेतालाई कुटेको भन्दै राजविराजमा जसपाका कार्यकर्ताको प्रदर्शन

जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताले राजविराजमा प्रर्दशन गरेका छन् । उनीहरुले जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात गरेको आरोपमा प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय जानुभएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै जसपाका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् । यादवमाथि कुटपिटको घटनाबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश…
Read More
नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ प्रतिशत रहने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । आज मंगलबार सार्वजनिक एसियन डेभलपमेण्ट आउटलुकमार्फत एडीबीले कसिलो मौद्रिक निति, घरेलु मागमा आएको कमीका कारण वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो । सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत थियो । कोरोना महामारीसहित विश्व आर्थिक मन्दीका कारण पनि वृद्धिदरमा सुस्तता आउने एडीबीले जनाएको छ । त्यस्तै सन् २०२१ मा नेपालले ४.२ प्रतिशतको वृद्धिदर प्राप्त गरेको थियो । आगामी वर्ष भने नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने एडीबीको अनुमान छ । सन् २०२३ मा मुद्रास्फीति ७.४ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । यो…
Read More
पार्किङ भाडा महँगो भएको भन्दै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकको आन्दोलन

पार्किङ भाडा महँगो भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकको आन्दोलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकले विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा ८० रुपैयाँ पुर्याइएको उनीहरूको गुनासो छ । आज दिउँसो सेवा रोकेर शान्तिपूर्वक आन्दोलन थालेको ट्याक्सी व्यवसायीले बताएका छन् । व्यवसायीले शुल्क घटाई पार्किङका लागि सहज वातावरण बनाउनुपर्ने माग राखेका छन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले चेतावनीसमेत दिएका छन् ।
Read More
सुर्खेतको पञ्चपुरीका तत्कालीन प्रमुख थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेतको पञ्चपुरीका तत्कालीन प्रमुख थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा दुई करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज मंगलबार मुद्दा दायर गरेको हो । अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख विगो कायम गरी मुद्दा दायर गरेको छ । यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी विरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.