रेडियो अर्पण

797 Posts
रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका बिरामीलाई मासिक पाँच हजार

रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका बिरामीलाई मासिक पाँच हजार

रत्ननगर नगरपालिकाको विपन्न नागरिक सिफारिस समितिको बैठकले रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका दीर्घरोगीलाई मासिक पाँच हजार रूपैयाँ उपचार खर्चबापत प्रदान गर्ने निर्णय गरेको छ । नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मृर्गौला प्रत्यारोपण, मृर्गौला डायलासिस, क्यान्सरपीडित र मेरूदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७८ को परिच्छेद १ को २ (ग) तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पिसिएस प्रष्टीकरण पत्रानुसार मासिक पाँच हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । रत्ननगर नगरपालिकाले स्वास्थ्य उपचारबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रमार्फत ज्येष्ठ नागरिक, दीर्घरोगी, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि घरघरमै…
Read More
सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

सप्तरीको विभिन्न ठाउँबाट विद्युत् चुहावट गर्ने सात जना पक्राउ परेका छन् । नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणसहितको संयुक्त टोलीले सप्तरीको विभिन्न ठाउँबाट विद्युत् चुहावट गर्नेहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका ३६ वर्षीय लक्ष्मीकुमार राय, ३८ वर्षीय श्यामकुमार मुखिया, ६० वर्षीय श्रीप्रसाद साह, २० वर्षीय सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका–१ खुरुहुरियाका २० वर्षीय गणेशकुमार यादव, ६० वर्षीय विष्णु शर्मा र शम्भुनाथ नगरपालिका–१२ सोनमाका ५० वर्षीय यदुनन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेकाहरूबाट विद्युत् चुहावट ऐनअन्तर्गत जरिबाना लिई छाड्ने विद्युत् प्राधिकरण शाखा राजविराजले जनाएको छ ।
Read More
पाँच  डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । आज बसेको बढुवा सिफारिस समितिको बैठकले जदपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि सिफारिस भएका डीआईजीहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुनुहुन्छ । सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हुनुहुन्छ । विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंह लगायतका एआईजीहरूले…
Read More
तेस्रो पटक चीनको राष्ट्रपति बने सी चिनफिङ

तेस्रो पटक चीनको राष्ट्रपति बने सी चिनफिङ

सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन हुनुभएको छ । आज शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग(सीएमसी)को अध्यक्षमा चयन गरेको हो । चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब तीन हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् । सीविरुद्ध कसैको उम्मेदवारी भने परेको थिए। तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ । अहिले चुनावी प्रक्रिया अपनाइए पनि सी राष्ट्रपतिमा निर्वाचित हुने भने पहिले नै तय भइसकेको थियो । सन् २०१८ मा संविधानमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति…
Read More
उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवार दर्ता गर्न आयोगको  निर्देशन

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवार दर्ता गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनको लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको उम्मेदवारका मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप आयोगले यस्तो निर्देशन दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतलाई दिनुभएको निर्देशनमा राष्ट्रपति पदमा खस–आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित हुनुभएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, (थारु वा मुस्लिम)बाट उम्मेदवार हुनुपर्ने छ । उपराष्ट्रपतिको चुनाव चैत ३…
Read More
अपरेशन गरेर निकालेको छावालाई हात्तीको माउले वास्तै नगर्दा…….

अपरेशन गरेर निकालेको छावालाई हात्तीको माउले वास्तै नगर्दा…….

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ । गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वस्थ्य अवस्था राम्रो छ । प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्राकृतिक तथा संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन् । छावालाई माउले दूध खान नदिएपछि आफैँले हात्तीको दूध दोएर खुवाएको केन्द्रका नायबसुब्बा मनपुरन चौधरीले…
Read More
कार्यपालिका निर्णय नियमित सार्वजनिक गर्दैनन् चितवनका स्थानीय तह

कार्यपालिका निर्णय नियमित सार्वजनिक गर्दैनन् चितवनका स्थानीय तह

स्थानीय तहले आफुले बनाएका नीति–निर्णय आफ्नो वेबसाइटमार्फत नागरिकलाई जानकारी गराउनुपर्छ । नागरिकप्रतिको जवाफदेहिता र पारदर्शीताको लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको वेबसाइट पनि बनाइदिएको छ । तर, चितवनमा रहेका सात स्थानीय तहमध्ये सबैभन्दा सानो तह इच्छाकामना गाउँपालिकाले बाहेक अन्य छ वटाले कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गरेका छैनन् । स्थानीय तहले हरेक महिना कार्यपालिका बैठक बसेर निर्णय सार्वजनिक गर्नुपर्छ । इच्छाकामनामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक महिना नियमित रुपमा कार्यपालिका निर्णय सार्वजनिक हुँदै आएको छ । सूचना तथा निर्णय सार्वजनिक गर्ने कार्यमा इच्छाकामना उदाहरणीय बनेको छ । तर, जिल्लाका अन्य स्थानीय तहले सबैभन्दा…
Read More
वनमा हुने डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता

वनमा हुने डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता

गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वनका वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, अग्नि नियन्त्रण सामग्रीसहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनाका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।उहाँका अनुसार निकुञ्ज क्षेत्रलाई ५०भन्दा बढी भागमा विभाजन गरी अग्निरेखा कोरिएको छ । अनियन्त्रितरूपले डढेलो लागेमा नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारीलाई अग्नि नियन्त्रण सामग्रीसहित…
Read More
राष्ट्रपति चुनावको मतगणना जारी, विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने

राष्ट्रपति चुनावको मतगणना जारी, विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने

नयाँ राष्ट्रपतिको चुनावका लागि आज बिहीवार सम्पन्न भएको मतदानको मतगणना नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से कक्षमा जारी छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतगणनापछि आजै विजयी उम्मेदवारलाई राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । देशको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक…
Read More
राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको मतदानस्थल पुगेर संघीय र प्रदेश सांसदहरुले राष्ट्रपति निर्वाचनमा मतदान गरेका हुन् । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहनुभएको छ भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । संघीय संसदका तीनसय १३ र प्रदेशसभाका पाँचसय १८ सांसदले मत खसालेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका तीनसय ३४ जना र प्रदेशसभाका पाँचसय ५० जना सांसद मतदाता रहन्छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.