भारतबाट आएको ८० हजार लिटर डिजेलमा मिसावट भेटियो
भारतबाट नेपालमा आएको चार वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल आएको चार वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको हो । निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती चार वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो । भारतबाट आएको चार वटा ट्यांकरमा भएको ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । अहिले झापाको चारआली शाखामा रहेको चार वटा ट्यांकरको डिजेलको अनुसन्धान भइरहेको बताइएको छ । डिजेलमा मटीतेल मिसावटको आशंका भएकाले छानबिन समितिले मिसावटको…