नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत सहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जन सहित आठ जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्धामा नापी अधिकृत महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादव ,मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवर तथा झापाको कमल गाउँपालिका–२ का योगेन्द्र आचार्य , काठमाडौँ कागेश्वरी मनोहरा–९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका –९ का नविन दाहाल विरुद्ध मुद्धा दर्ता गरीएको हो । काठमाण्डौ विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुसी जोडी नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको अख्तियारको आरोप छ ।…