रेडियो अर्पण

797 Posts
बछौली माविका चारसय पच्चीस विद्यार्थीलाई न्यानो कपडा वितरण

बछौली माविका चारसय पच्चीस विद्यार्थीलाई न्यानो कपडा वितरण

बछौली माविका विद्यार्थीलाई आज विहीबार जाडोमा लगाउन न्यानो कपडा वितरण गरिएको छ । बसन्त पन्चमी अर्थात सरस्वती पुजाको दिन बालवालिकालाई अक्षर आरम्भ गराउँदै विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले जानकारी दिनुभयो । विद्यालयमा अध्यायनरत कक्षा नर्सरी देखि १२ सम्मका चारसय २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ । विद्यालयमा आयोजना गरिएको महायज्ञबाट संकलित रकमको व्याजबाट प्राप्त रकमबाट विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरण गरिएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो,विद्यालयका अध्यक्ष राममणि खनाल लगायतले विद्यार्थीलाई कपडा वितरण गर्नुभएको हो । कार्यक्रममा विद्यालयका सल्लहाकार लोकराज भूषाल, बासुवेद…
Read More
हुस्सु र कुहिरोबाट सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १,…
Read More
सुर्खेतको तीन पालीकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि

सुर्खेतको तीन पालीकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि

सुर्खेतका तीन पालिकामा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो । छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन केसीले सुझाव दिनुभयो । दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।
Read More
भरतपुरमा अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे सञ्चालन हुने, अस्ट्रेलियाका १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता

भरतपुरमा अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे सञ्चालन हुने, अस्ट्रेलियाका १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता

भरतपुरस्थित ग्लोबल रिच कन्सल्टेन्सीको आयोजनामा चितवनमा ‘अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे’ सञ्चालन गर्न लागिएको छ । भरतपुर गार्डेन रिसोर्टमा यही माघ १५ गते आइतबार सञ्चालन हुने कार्यक्रममा अस्ट्रेलियाका १० विश्वविद्यालय र पाँच कलेजसमेत गरी कुल १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ विश्वविद्यालय तथा कलेजको तर्फबाट २५ प्रतिशतदेखि शत प्रतिशत सम्म छुटको ब्यबस्था मिलाइएको संस्थाका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अष्ट्रेलियन सरकारले परिवर्तन गरेका विद्यार्थी भिसा सम्बन्धि केही प्राबधानहरु बारे जानकारी दिइनुका साथै भिसा असफल हुनु सक्ने कारणबारे समेत स्पष्ट पारिने हुँदा कार्यक्रम फलदायी हुनेछ । सो अवसरमा नबिल बैंक…
Read More
मतदाताको शिर उच्च हुनेगरी काम गर्छुः मन्त्री विक्रम पाण्डे

मतदाताको शिर उच्च हुनेगरी काम गर्छुः मन्त्री विक्रम पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले मतदाताको शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिजो बुधबार भरतपुर २३ स्थित सरस्वती माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री पाण्डेले जनमतको कदर हुनेगरी काम गर्ने बताउनुभएको हो । “निर्वाचनमा जनतासँग गरेका बाचा पूरा हुन्छन्”, उहाँले भन्नुभयो– “तपाईंहरुले अनुभूति गर्नेगरी काम गर्छु ।” उहाँले यसअघि मन्त्री हुँदा पनि जनताका पक्षमा थुप्रै काम गरेको भन्दै यसपटक सहरी विकास मन्त्रालयमा फरक ढङ्गले काम हुने बताउनुभयो । पार्टी र पार्टीका अध्यक्षले काम गर्नसक्ने विश्वासका साथ सहरी मन्त्रालय रोजेर दिएको भन्दै उहाँले ७७ जिल्लामै देखिने गरी काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले वर्तमान सरकार निर्माण…
Read More
२०८० सालको लागि १५ वटा पात्रोलाई छाप्न स्वीकृति

२०८० सालको लागि १५ वटा पात्रोलाई छाप्न स्वीकृति

विसं २०८० सालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिले जनाएको छ । यस वर्षदेखि समितिले प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गलाई पनि निरन्तरता दिइने भएको छ । समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेपछि बजारमा आउने छन् । विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । तर, विसं २०७७ देखि भने कोरोना…
Read More
वन्यजन्तु मार्ने घटनाका दोषीलाई कारबाही गर्न सौराहा जेसिजको माग

वन्यजन्तु मार्ने घटनाका दोषीलाई कारबाही गर्न सौराहा जेसिजको माग

वन्यजन्तु मार्ने घटनाका दोषीलाई कारबाही गर्न सौराहा जेसीज परिवारले माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै जेसीजले गत हप्ता नारायणी नदीको भंगालोमा गैंडाका आमा र छोरा मृत भेटिएपछि यस घटनाप्रति दुःख प्रकट गर्दै बन्यजन्तु मार्ने घटनाका दोषीलाई आवश्यक छानविन गरी कारबाही गर्न माग गरेको हो । (संरक्षणमा युवा) भन्ने मुख्य नारा लिएको जेसीजले यस घटनाको आवश्य छानविन गरी घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम सजाय गरियोस् भन्दै सम्पूर्ण संरक्षण विद, सरोकारवाला र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । जेसीजका अध्यक्ष सुरेश भुसालद्धारा जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘ नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज जसलाई, जीव…
Read More
बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै

बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै

बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको छ ।उक्त प्रदेशमा एमाले र माओवादीले चार÷चार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले तीन मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् । नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने हुनुभएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया भने यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् । यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने हुनुभएको छ । माओवादी संसदीय…
Read More
यती विमान दुर्घटनामा ज्यान गुमाएका छ जनाको अब शव ‘डीएनए’बाट पहिचान गरिने

यती विमान दुर्घटनामा ज्यान गुमाएका छ जनाको अब शव ‘डीएनए’बाट पहिचान गरिने

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ लगिएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताउनुभयो । छ जनाको अब शव ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उहाँको भनाई छ । ६ जनाको शव अत्यधिक जलेको हुनाले फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या आएपछि डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेको बताइएको छ । नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । ‘डीएनए’ परीक्षणका लागि मृतक…
Read More
माडीमा ध्रुवे हात्तीले भत्कायो दुई घर

माडीमा ध्रुवे हात्तीले भत्कायो दुई घर

माडीमा ध्रुवे हात्तीको आतंक जारी छ । गएराती माडी नगरपालिका–१ पाण्डवनगरमा ध्रुवेले दुईवटा घर भत्काएको छ । मंगलबार राती करीब ११ बजे पाण्डवनगरको गाउँमा प्रवेश गरी ध्रुवेले स्थानीय नेत्र बहादुर परियारको भान्सा घर पूर्णरूपमा र भुवन विश्वकर्माको घरको छानो भत्काएको हो । हात्ती आएको थाहा पाएलगत्तै घरभित्र रहेका स्थानीय भागेर बाँचेको पाण्डवनगर टोल विकास समितिका अध्यक्ष कृष्ण बहादुर पोखरेलले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जको छेउमै रहेको सो गाउँमा जंगली जनावरले जनधनको क्षति गर्दै आएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.