रेडियो अर्पण

797 Posts
जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गयो, अन्य तीन जना बिरामी

जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गयो, अन्य तीन जना बिरामी

जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । अन्य तीन जना बिरामी परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो । प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ–८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको हो । यस्तै, बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । हिजो दिउँसो खाजामा जडीबुटी मिसाएर खाएपछि उनीहरु…
Read More
जनकपुरका दुई युवकको अपहरणपछि भारतमा हत्या

जनकपुरका दुई युवकको अपहरणपछि भारतमा हत्या

जनकपुरका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको छ । करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । मृतक दुवै जना दाजुभाई रहेको बताइएको छ । मृतक दुवै भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो एक नातेदारको घरमा गएका थिए । अपहरणपछि मृतक विष्णुका परिवारलाई अपहरणकारीले सुरुमा ५० लाख रुपैयाँ फिरौतीको माग गरेर भारतीय नम्बरबाट फोन आइरहेको थियो । पछि फिरौती रकम २० लाखसम्म बुझाउन दबाब दिएका थिए । परिवारले विष्णुसँग कुरा गराउन भन्दा अपहरणकारीले मानेका थिएनन् । पछि अपहरणकारीले…
Read More
सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक जना गम्भिर घाईते

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक जना गम्भिर घाईते

सुर्खेतमा आज विहान गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । छिन्चुदेखि सुर्खेत आउँदै गरेको गाडी रत्नराजमार्ग अन्र्तगत भेरी पुल नजिक झुप्रा खोलामा भएको उक्त दुर्घटनामा २७ वर्षिय चालक सागर शाही, यात्रुहरु दैलेख गुराँस गाउँपालिकाका ३३ वर्षिय दिपेन्द्रजंग शाही, सोही गाउँपालिकाका ३६ वर्षिय राजेन्द्र बीसी र भगवतीमाई गाउँपालिकाका ३१ वर्षिय बबिन शाहीको मृत्यु भएको हो । दुर्घटनामा परी एकजना गम्भिर घाईते भएका छन । घाईते भएका भैरवी गाउँपालिका ५ का २५ वर्षिय विरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गाडी सडकबाट करिव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Read More
मधेश प्रदेशसभाका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

मधेश प्रदेशसभाका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो । उहाँहरु दुवैजनालाई आज आइतबार पार्टी कार्यालयका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो । मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछन् ।
Read More
जापानको अपार्टमेन्टमा आगलागी हुँदा चारजनाको ज्यान गयो

जापानको अपार्टमेन्टमा आगलागी हुँदा चारजनाको ज्यान गयो

जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागी हुँदा कम्तीमा पनि चारजनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अन्य चार जना जलेर घाइते भएका छन् । त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए । अग्निनियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको शव निकालेको र अरु चार जनालाई अस्पताल पु¥याएको जापानी समाचार समिति क्योडोले जनाएको छ । उनीहरु अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ ।
Read More
अवैध रुपमा उत्खनन् गरिएका ढुंगा–बालुवा कालिका नगरपालिकाद्धारा जफत

अवैध रुपमा उत्खनन् गरिएका ढुंगा–बालुवा कालिका नगरपालिकाद्धारा जफत

चितवनको कालिका नगरपालिकाले अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य सामग्री जफत गरेको छ । कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा पारिएको नदीजन्य सामग्रीको नगरपालिकाले जफत गरेको हो । वडा नं.८,९, १० र ११ नम्बरका विभिन्न स्थानमा जथाभावी रुपमा खोला दोहन गरेर संकलन गरिएका सामाग्री नगरपालिकाले जफत गरेको हो । त्यस्तै जफत गरिएको उक्त सामाग्री वडा नं.७ को वडा कार्यालय अगाडि जम्मा गरिएको नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । पुस २९ गतेदेखी जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा कयर र सिन्ती खोलाबाट उत्खनन् गरिएका ५०० टिप्पर ढुङ्गा, ग्राभेल, बालुवा जफत गरेको रेग्मीको भनाई छ ।
Read More
अब्बल बन्दै चितवनका दुग्ध सहकारी, दुग्धजन्य उत्पादनदेखि बजारीकरणसम्म गरिँदै

अब्बल बन्दै चितवनका दुग्ध सहकारी, दुग्धजन्य उत्पादनदेखि बजारीकरणसम्म गरिँदै

चितवनका दुग्ध सहकारीहरु अब्बल बन्ने प्रयासमा छन् । यहाँका दुग्ध सहकारीहरु दुग्धजन्य परिकारको उत्पादनमात्र होइन, आफैँले बजारीकरणसम्म गरेका छन् । चितवनका करिब एक दर्जन दुग्ध सहकारीहरुले आउँदो आर्थिक वर्षसम्म दुग्धजन्य परिकारको उत्पादनमात्र होइन, बजारीकरण गर्ने अवस्थासम्म पुग्ने जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताउनुभयो । भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध सहकारीले विगत पाँच वर्षदेखि दुग्धजन्य परिकारको उत्पादनदेखि आफ्नै ब्रान्डको दूध बजारसम्म पु¥याइरहेको छ । जिल्लाकै अब्बल दुग्ध सहकारीको रुपमा दरिएको अन्नपूर्णले दैनिक छहजार लिटरभन्दा माथि दूध संकलन गर्दै आएको छ । यस सहकारीले बनाएको दुग्धजन्य ब्रान्डका परिकारहरु (दही, पनिर, कुरौनी, घिउ, नौनी बटर, क्रिम) चितवनका बजारमा मात्र होइन,…
Read More
सहायक हवल्दार निशान लामिछाने जिल्लाकै उत्कृष्ट प्रहरी घोषित

सहायक हवल्दार निशान लामिछाने जिल्लाकै उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार निशान लामिछाने पुस महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उहाँको कामको कदर गर्दै बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको हो । लामिछानेले विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । साथै अपराधिक क्रियाकलापहरुको नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत…
Read More
बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पा भण्डारीलाई स्वर्ण

बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पा भण्डारीलाई स्वर्ण

नेपाली धाविका पुष्पा भण्डारीले बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जित्नुभएको छ । बङ्गलादेशको ढाकामा आज शुक्रवार भएको म्याराथनमा निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी भण्डारीले दुई घण्टा ४८ मिनेट दुई सेकेन्डमा पूरा गरेर दोस्रो पटक च्याम्पियन बन्नुभयो । यसअघि पनि भण्डारीले सन् २०२१ मा स्वर्ण पदक जित्नुभएको थियो । म्याराथनमा श्रीलङ्काकी सुजनी परेरा दोस्रो हुनुभयो । उहाँ भण्डारीभन्दा २० सेकेन्डले पछि पर्नुभयो । नेपालकै विन्द्रा धान्के श्रेष्ठले तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ ।
Read More
प्रधानमन्त्री प्रचण्डद्वारा निधनपछि शरीरका सबै अङ्ग दान गर्ने घोषणा

प्रधानमन्त्री प्रचण्डद्वारा निधनपछि शरीरका सबै अङ्ग दान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निधनपछि आफ्नो शरीरका सबै अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । आज शुक्रवार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो मृत्युपछि शरीरका सबै अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो । प्रम दाहालले भन्नुभयो, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ ग¥यो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.