राजनिती

प्रधानमन्त्री प्रचण्डद्धारा सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री प्रचण्डद्धारा सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री प्रचण्डले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको छ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुनुहुन्छ । उपाध्यायको पार्थिव शरीरलाई आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।
Read More
राष्ट्रपति निर्वाचनको लागि एमाले सांसदलाई  प्रशिक्षण

राष्ट्रपति निर्वाचनको लागि एमाले सांसदलाई प्रशिक्षण

यहि फागनु २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेले सांसदहरूलाई प्रशिक्षण सुरू गरेको छ । , राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू काठमाडौंमा भेला भई प्रशिक्षणमा सहभागी भएका हुन् । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेताको सहभागी छ । एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा हुनुहुन्छ ।
Read More
आज राति १२ बजेदेखि राष्ट्रपति चुनावका लागि प्रचारप्रसार गर्न नपाइने

आज राति १२ बजेदेखि राष्ट्रपति चुनावका लागि प्रचारप्रसार गर्न नपाइने

यहि फागनु २५ गते बिहिवार हुने राष्ट्रपति चुनावका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । राष्ट्रपति चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आज राति १२ बजेदेखि मतदान हुने दिन मतदान केन्द्र बन्द नभएसम्मका प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यो अवधिमा चुनावको प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय…
Read More
स्ववियु निर्वाचनको लागि चितवनका नौ क्याम्पसमा राप्रपा निकटको विद्यार्थी संगठन दर्ता

स्ववियु निर्वाचनको लागि चितवनका नौ क्याम्पसमा राप्रपा निकटको विद्यार्थी संगठन दर्ता

आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रयोजनका लागि चितवनका नौ वटा क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकटको राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन दर्ता भएको छ । चितवन जिल्लाको बिरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, मैयादेवी कन्या कलेज, माडी क्याम्पस, शहिद स्मारक कलेज, अरुणोदय कलेज, शहिद स्मृति बहुमुखी क्याम्पस, भुवानी शंकर बहुमुखी क्याम्पस र जनआदर्श बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन दर्ता भएको हो । बालकुमारी कलेजमा भने प्राविधिक कारणले विद्यार्थी संगठन दर्ता प्रक्रिया स्थगित भएको छ ।
Read More
सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन

सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन

सरकारले आर्थिक वर्ष २०७८–७९ मा गरेका काम र प्राप्त उपलब्धीसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ । आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति भवन शीतलन निवासमा विद्यादेवी भण्डारी समक्ष सरकारको उपलब्धीसहितको वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । उक्त कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ । आज आइतवार बसेको प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि मत दिएपछि शाहले विश्वासको मत पाउनुभएको हो । कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । सभामुखबाहेक ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा एमालेका १० र राप्रपाका एक जना…
Read More
नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जाने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो । यसअघि उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्…
Read More
चितवन २ सहित चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

चितवन २ सहित चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ । यहि फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ । त्यहाँ उपनिर्वाचन गर्नुपर्छ । चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । आयोगले तीनवटै क्षेत्रमा एकै दिन निर्वाचन गर्ने तयारी गरेको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ १ का सांसद हुनुहुन्छ । त्यसैगरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति निर्वाचनपछि यी दुईमध्ये…
Read More
राष्ट्रपति चुनावका लागि आठ दलीय गठबन्धनको प्रदेशस्तरीय अभिमुखीकरण आजदेखि सुरु

राष्ट्रपति चुनावका लागि आठ दलीय गठबन्धनको प्रदेशस्तरीय अभिमुखीकरण आजदेखि सुरु

राष्ट्रपतिको चुनावका लागि आठ दलीय गठबन्धनले बाग्मती प्रदेश सभाका सदस्यका लागि आजदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । अब आउँदो २५ गते हुने चुनावमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेस नेता रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी संयन्त्र गठन गरिएको छ । संयन्त्रको निर्णय अनुसार बाग्मतीसहित सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुनेछ । यसअघि हिजो गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो । राष्ट्रपति चुनावका लागि मनोनयनको अघिल्लो दिन गत फागुन १२ मा आठदलीय गठबन्धन बनेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत…
Read More
स्ववियुको चुनावी प्रक्रिया आजदेखि सुरु हुँदै

स्ववियुको चुनावी प्रक्रिया आजदेखि सुरु हुँदै

आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी प्रक्रिया आजदेखि सुरु भएको छ । चुनावमा प्रतिस्पर्धा गर्ने विद्यार्थी संगठनले धमाधम आफ्नो संगठन दर्ता गराइरहेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले आज दिउँसो ३ बजेभित्रमा नाम दर्ता गर्नुपर्नेछ । पर्सि फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ । नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर त्यसैदिन बेलुका ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ । फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.