अन्तर्राष्ट्रिय समाचार

चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकले आज सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने, योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पु¥याएको उनीहरूको गुनासो छ । प्रदर्शनमा सहभागीले ‘न्यायपालिकाभन्दा ठूलो कार्यपालिका कसरी भयो ?’, ‘मेरिट मिच्न पाइँदैन’, ‘अस्पतालमा डाक्टर खै ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
Read More
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति

प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज सोमबार बसेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । उक्त तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । उहाँले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति…
Read More
अझै तीन दिन देशभर वायु प्रदूषण कायमै रहने

अझै तीन दिन देशभर वायु प्रदूषण कायमै रहने

केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाको भनाइ छ । डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले बताउनुभयो । उहाँले स्याटेलाइट तस्बिर हेर्दा काठमाडौँ…
Read More
चितवनसहित देशभर एकसय ४० बढी स्थानमा डढेलो लाग्दा ह्वात्तै बढ्यो प्रदूषण, सावधानी अपनाउन अपिल

चितवनसहित देशभर एकसय ४० बढी स्थानमा डढेलो लाग्दा ह्वात्तै बढ्यो प्रदूषण, सावधानी अपनाउन अपिल

Read More
सगरमाथाको खुम्बु आइसफलमा हिमपहिरो ः तीन शेर्पा आरोहीको ज्यान गयो

सगरमाथाको खुम्बु आइसफलमा हिमपहिरो ः तीन शेर्पा आरोहीको ज्यान गयो

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीन जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–एक भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ । सगरमाथाको पाँचहजार सातसय मिटरको उचाइमा हिमपहिरोमा परी तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा गरी तीनजनाको आज बिहान मृत्यु भएको हो । बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ…
Read More
अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा काठमाडौंका  राणा पक्राउ

अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा काठमाडौंका राणा पक्राउ

अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंका पवन राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २८ गते काठमाडौंबाटै पक्राउ गरेको हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बस्ने ४२ वर्षीय राणाले सयौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइदिन सक्छु भनी करोडौं रकम लिई सम्पर्कविहीन भई ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागले नै राणालाई पक्राउ गरी कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरेको थियो । सोही पत्रअनुसार राणालाई चैत २८ गते कपनबाट पक्रेर थप कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना…
Read More
तत्काल प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने बारको चेतावनी

तत्काल प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने बारको चेतावनी

तत्काल प्रधानन्यायाधीश र न्यायाधीहरूको नियुक्ति नगरे आन्दोलन गर्ने नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ । आज बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालतमा पनि रिक्तता देखिएको र जिल्लामा समेत ५० न्यायाधीश खाली रहेको भन्दै तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो । अब न्यायालय न्यायाधीश नभएर न्यायनिरूपण नै गर्न नसक्ने अवस्थामा रहिरहन नसक्ने बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताउनुभयो । उहाँले भन्नभयो– “हामीले सरकारलाई अल्टिमेटम दिएका छौँ । नियुक्ति भएन भने केही समयभित्रै बार आन्दोलनमा उत्रिन्छ ।” उहाँले बार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको मूलमर्मलाई आत्मसात् गर्दै निरन्तर क्रियाशील रहेको…
Read More
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एक जना पक्राउ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एक जना पक्राउ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एक जनालाई पक्राउ गरेको छ । । पक्राउ पर्नेमा सन्देश शर्मा रहेको बताइएको छ ।शर्मालाई कार्यालयको टोलीले आज बुधबार दिउँसो पक्राउ गरेको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ । यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो । उनीहरूले विभिन्न व्यक्तिहरूबाट पाँचदेखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ । गिरोहले यसरी करोडौं रकम उठाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ…
Read More
एक महिनामा भित्रियो एक खर्ब चार अर्ब रेमिट्यान्स

एक महिनामा भित्रियो एक खर्ब चार अर्ब रेमिट्यान्स

वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा एक खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९–८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार रेमिट्यान्स उक्त रकम बराबर भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ । चालु आवको फागुनसम्म कुल सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको छ । अब यस्तो रकम छ अर्ब नौ करोड पुगेको छ ।
Read More
मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश निःशुल्क

मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश निःशुल्क

अब आउँदो वैशाख पहिलो सातादेखि नेपालमा हुने एसीसी प्रिमियर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने नेपालको खेल हेर्न दर्शकले निःशुल्क प्रवेश पाउने भएका छन् वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा हुने तय भएको छ । जसअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने खेलहरूमध्ये नेपालको खेलमा दर्शकहरूलाई खेल हेर्नका लागि कुनै शुल्क नलिइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । “कागेश्वरी–मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले मूलपानीमा हुने नेपालको खेल निःशुल्क गर्न आग्रह गर्नुभएपछि क्यानले उक्त आग्रह स्वीकार गरेर मूलपानीमा हुने नेपालको खेल हेर्नका लागि दर्शकलाई टिकट शुल्क नलिई निःशुल्क प्रवेश दिने निर्णय गरेको हो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.