चितवन सेरोफेरो

स्ववियु निर्वाचनको लागि चितवनका नौ क्याम्पसमा राप्रपा निकटको विद्यार्थी संगठन दर्ता

स्ववियु निर्वाचनको लागि चितवनका नौ क्याम्पसमा राप्रपा निकटको विद्यार्थी संगठन दर्ता

आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रयोजनका लागि चितवनका नौ वटा क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकटको राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन दर्ता भएको छ । चितवन जिल्लाको बिरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, मैयादेवी कन्या कलेज, माडी क्याम्पस, शहिद स्मारक कलेज, अरुणोदय कलेज, शहिद स्मृति बहुमुखी क्याम्पस, भुवानी शंकर बहुमुखी क्याम्पस र जनआदर्श बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन दर्ता भएको हो । बालकुमारी कलेजमा भने प्राविधिक कारणले विद्यार्थी संगठन दर्ता प्रक्रिया स्थगित भएको छ ।
Read More
रत्ननगरका थारु समुदायलाई भोलि मंगलबार पनि सार्वजनिक बिदा

रत्ननगरका थारु समुदायलाई भोलि मंगलबार पनि सार्वजनिक बिदा

काठमाडौँ उपत्यकालगायतका पहाडी जिल्लाहरुमा फागु पर्वका अवसरमा नेपाल सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । चितवनका स्थानीय पालिकालगायत सरकारी कार्यालयहरुमा पनि आज बिदा छ तर पूर्वी चितवनको रत्ननगर नगरपालिकाले भने थारु समुदायका लागि भोली मंगलवार समेत सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी थारु समुदायले भोलि मंगलवार पनि होली पर्व मनाउने भएकोले उक्त समुदायलाई मात्र सो दिन बिदा दिने निर्णय गरिएको जनाएको छ । रत्ननगर थारु समुदायको बाहुल्यता भएको नगर भएकाले पर्व मनाउन सहज होस् भनेर भोलि एकदिन थारु समुदायलाई मात्र सार्वजनिक बिदा दिइएको मेयर प्रल्हाद सापकोटाले जानकारी दिनुभयो । सामान्यतया होली काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा…
Read More
ध्वनि प्रदूषणले नारायणी नदीका जलचर प्रभावित

ध्वनि प्रदूषणले नारायणी नदीका जलचर प्रभावित

नारायणी नदीमा सञ्चालनमा रहेका मोटर बोट, स्टिमरलगायतका जल यातायातबाट निस्कने ध्वनि प्रदूषणले जलचर प्रभावित बनेका छन् । माछा, गोहीलगायतका जलचरको बासस्थान रहेको नारायणी नदीमा पछिल्लो समय मोटर बोटको ध्वनि प्रदूषण बढ्दो क्रममा छ । बढ्दो ध्वनि प्रदूषण नरोकेमा जलचरहरूको बासस्थान र संरक्षणमा चुनौती देखिएको त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय क्याम्पसका उपप्राध्यापक दीपनारायण शाहले बताउनुभयो। अहिले मोटर बोट चलेका ठाउँमा माछा पाइनै छाडेको छ । नारायणीमा माछाको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्दा जलचरहरूको पारिस्थितिक प्रणालीमा समेत यसले गम्भीर असर गरेको शाहको भनाई छ । नेपालमा पाइने एकसय ८५ प्रजातिका माछामध्ये नारायणीमा एकसय २० प्रजातिका माछा पाइने गरेका छन् । विशेष गरी…
Read More
चितवन २ सहित चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

चितवन २ सहित चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ । यहि फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ । त्यहाँ उपनिर्वाचन गर्नुपर्छ । चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । आयोगले तीनवटै क्षेत्रमा एकै दिन निर्वाचन गर्ने तयारी गरेको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ १ का सांसद हुनुहुन्छ । त्यसैगरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति निर्वाचनपछि यी दुईमध्ये…
Read More
सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन चितवन प्रहरीको आग्रह

सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन चितवन प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय चितवनले सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गरेको छ । भोली फागुन २२ गते पहाडि भेग र पर्सि फागुन २३ गते तराई भेगमा होली पर्व मनाइँदै छ । चितवनमा भने दुवै दिन होली मनाउने गर्छन् । होलीको समयमा विगतका वर्षमा विभिन्न घटनाहरु भइरहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो । होलीको नाममा कुनै अप्रिय र उश्रृङ्खल गतिविधि हुन नदिन प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कसैको इच्छा विपरित रङ, लोला, मोबिल, मोसो, अण्डा, केमिकल र फोहोर पानी नछ्याप्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो ।…
Read More
दिउँसो बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकमा आजदेखि नियमित रुपमा सवारी साधन चल्ने

दिउँसो बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकमा आजदेखि नियमित रुपमा सवारी साधन चल्ने

पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डमा आजदेखि नियमित रुपमा सवारी साधन चल्ने भएका छन् । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँचठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको पुल…
Read More
नेतृत्व चयनको विषयमा ने.बि. संघ चितवनमा विवाद

नेतृत्व चयनको विषयमा ने.बि. संघ चितवनमा विवाद

नेपाल विधार्थी संघ चितवनको विवाद पुन सतहमा देखिएको छ । नेपाल विधार्थी संघका तात्कालिन अध्यक्ष सुर्य ढकालले कांग्रेस सचिव पदमा उमेद्वारी दिए पश्चात रिक्त रहेको पदमा को अध्यक्ष हुने भन्ने विषयमा सहमति नजुट्दा विवाद देखिएको हो । तिन तहको निर्वाचन पश्चात पटक पटक जिल्ला सभापतिलाई जिल्ला अधिवेशन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दा जिल्ला सभापतिले बिधार्थिहरुको भावनालाई खेलवाड गरि ने. बि .संघको मर्म बिपरित आफ्नो गोजीको व्यक्तिलाई जिल्ला अध्यक्ष बनाउन एकल सिफारिस गरेको भन्दै जिल्ला अध्यक्षका आकांक्षी ने.बि.संघ चितवनका नेताहरुले विरोध गरेका हुन् । कार्यवाहक जिल्ला अध्यक्ष राजन दाहाल बिधार्थी नेताहरु प्रकास भण्डारी, लक्ष्मी सापकोटा, दिनेश तामांग, अनिश पन्त, कृष्ण…
Read More
नारायणी पुलमा ‘स्मार्ट’ बत्ती जडान, सफ्टवेयरबाटै बत्ती बाल्न र निभाउन सकिने

नारायणी पुलमा ‘स्मार्ट’ बत्ती जडान, सफ्टवेयरबाटै बत्ती बाल्न र निभाउन सकिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपुर जोड्ने नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ । गत जेठमा आएको हावाहुरीले पुलमाथिका विजुलीका पोल भाँचिएका थिए । नेपाल विद्युत प्राधिकरणले नारायणी पुलमा जडान गरेको स्मार्ट सडक बत्तीको हिजो बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो । उहाँले कम्प्युटरमार्फत स्वीच अन गरेर सडक बत्ती उद्घाटन गर्नुभएको हो । यी सडक बत्ती सफ्टवेयरमार्फत बाल्न र निभाउन सकिने प्राधिकरणले जनाएको छ । करिब पाँचसय मिटर लामो पुलमा ११ वटा स्मार्ट बत्ती जडान भएको नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले जनाएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट सडक बत्ती जडानको काम भएको भरतपुर वितरण केन्द्रका प्रमुख…
Read More
चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको लर्को

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको लर्को

चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिक रुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिक रुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको बताइएको छ । कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको कृषक चन्द्रप्रसाद अधिकारीले बताउनुभयो । दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यस वर्षदेखि पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको अधिकारीको भनाइ छ…
Read More
चितवनमा नर्सिङ पढ्ने युवतीको शव भेटियो, सँगै बस्ने तीन जना पक्राउ

चितवनमा नर्सिङ पढ्ने युवतीको शव भेटियो, सँगै बस्ने तीन जना पक्राउ

भरतपुर महानगरपालिका १० स्थित कामाना चोकमा एक युवतीको शव फेला परेको छ । आसाम घर भई भरतपुर बस्दै आउनुभएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिनुभएको हो । उहाँ कामाना चोकमा डेरागरी बसेर मैयाँदेवी कन्या कलेजमा नर्सिङ पढ्दै आउनुभएको थियो । आफू बस्दै आएको घरमा झुण्डिनुभएकी सुनिताको शव आज बिहान ११ बजे साथीहरुले पासो काटेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हिजो बुधबार राति फ्ल्याटमा दुई जना युवती र दुई युवक सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा भएको प्रहरीले जनाएको छ । घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । हाल मृतकको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.