रत्ननगरका कृषकलाई प्राङ्गारिक मलको प्रयोग तथा विषादी न्यूनीकरण सम्बन्धि सचेतना
रत्ननगर, माघ २३ । रत्ननगर वडा नं. ९ मा रहेको बालुवाटार कृषक समुहले वडा नं. ९ को साझेदारीमा कृषकहरुलाई खाद्य सुरक्षा, प्राङ्गारिक मलको प्रयोग र महत्व तथा विषादी न्यूनीकरण सम्बन्धि एकदिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ । विगत केही वर्षदेखि बढ्दो विषादी प्रयोगलाई मध्यनजर गर्दै यसको प्रयोगलाई न्यूनिकरण गर्दै लैजान कृषक समुहले मंगलवार तालिम दिएको हो । तालिमका कार्यक्रम संयोजक बसन्त राना मगरले स्वस्थ जीवनशैली अहिलेको आवश्यकता भएपनि बदलिँदो परिवेशमा मानिसहरु चाहेर वा नचाहेर पनि विभिन्न विषादीयुक्त वस्तु प्रयोग गर्न बाध्य रहेको परिस्थितिमा यसलाई एकैपटकमा सुधार ल्याउन र विषादी न्यूनीकरण गर्न सम्भव नभएपनि विस्तारै यसबारेमा चेतना विस्तार गर्न कृषकहरुलाई सुरक्षित…