चितवन सेरोफेरो

भद्रकाली युवा क्लबको रक्तदान सम्पन्न

भद्रकाली युवा क्लबको रक्तदान सम्पन्न

रत्ननगर असार ५- चितवनको रत्ननगरमा रहेको भद्रकाली युवा क्लबले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आईतबार सम्पन्न भएको छ । चितवनका अस्पतालहरुमा देखिएको चरम रक्तअभावलाई मध्यनजर गर्दै क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रत्ननगर १६ को भद्रकाली मन्दिर परिसरमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले युवा क्लबले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए। क्लबका अध्यक्ष निराजन घिमिरेले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र अस्पतालहरुमा रगत अभाव भइरहेको बेला…
Read More
चितवन राष्ट्रिय निकुञ्जको खोर भरियो बाघ राख्ने खोरको अभाव

चितवन राष्ट्रिय निकुञ्जको खोर भरियो बाघ राख्ने खोरको अभाव

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन। निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।…
Read More
अप्टिमिस्ट इन्टरनेशनल नेपालको डिस्ट्रिक कन्फ्रेन्स सौराहामा सुरु

अप्टिमिस्ट इन्टरनेशनल नेपालको डिस्ट्रिक कन्फ्रेन्स सौराहामा सुरु

अप्टिमिस्ट इन्टरनेशन नेपाल को डिस्ट्रिक कन्फ्रेन्स सौराहामा शुक्रबार देखि संचालन भएको छ। सामाजिक क्षेत्रमा क्रियासिल रहि विभिन्न कार्य गर्दै आईरहेको संस्थाले जिवनदर्शनको प्रवर्द्धन गर्दै बालबालिका तथा युवा युवतीमा सकारात्मक सोचको बिकास गर्नु रहेको यस संस्थाका डिस्ट्रिक डारेक्टर तथा चितवन जिल्ला का अध्यक्ष ऋषिश्वर थपलिया ले जानकारी दिनु भो । सौरहाको युनिक वाईल्ड रिसोर्ट मा आज सम्म संचालन हुने उक्त कार्यक्रममा बागमती प्रदेशका उधोग तथा वाणिज्य आपूर्ति मन्त्री तथा उक्त कार्यक्रमका प्रमुख अतिथि मिलनबाबु श्रेष्ठले अपटीमिस्ट इन्टरनेशन नेपालले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै बागमती प्रदेश समाजको रुपान्तरणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो। कार्यक्रम अपटीमिस्ट इन्टरनेशन नेपालका गभर्नर उदय निरौलाको अध्यक्षतामा सम्पन्न…
Read More
रत्ननगरको मुटु टाँडी बजारमा सुकुल रेस्टुरेन्ट संचालनमा

रत्ननगरको मुटु टाँडी बजारमा सुकुल रेस्टुरेन्ट संचालनमा

चितवन । रत्ननगरको टाँडीमा शिव सिखर बहुउद्देश्यिय सहकारी संस्था लि।को ब्यवस्थापनमा “सुकुल रेष्टुरेन्ट” को सेवा सुरु भएको छ । शिव सिखर सहकारीले बचत तथा ऋण कारोबारसँगै गार्डेन मार्ट डिर्पाटमेन्टल स्टोर हुँदै सोही स्थानमा “सुकुल रेष्टुरेन्ट” को नामबाट रेष्टुरेन्टको सेवा पनि सुरु गरेको सहकारीकी टाँडी शाखा प्रमुख जुली टण्डन क्षेत्रीले रेडियो अर्पणलाई जानकारी दिइन् । उनले “सुकुल रेष्टुरेन्ट” भन्ने बित्तिकै भुइमा बसेर खाने भन्ने बुझिने जानकारी दिदैबिशेषतः रेष्टुरेन्टमा नेवारी परिकार अझ त्यसमा पनि चिकन तथा मटनबाट बनेका परिकारहरुको स्वाद लिन पाईने जानकारी दिइन् । उनले रेष्टुरेन्टमा टिपिकल नेपाली खाजा, खानाको परिकार पाईने जानकारी दिदै सबैलाई रेष्टुरेन्टमा एकपटक आएर सेवा लिन आग्रह…
Read More
देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

चितवन, पुस २३ । पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको बताए । “हामीले चितवनको भरतपुर महानगरपालिका–१ मा पर्ने देवाघाटतर्फबाट सडक मिचेर निर्माण गरिएको घरटहरा भत्काउन सुरु गरेका छौँ”, अध्यक्ष अधिकारीले भने, “बिहीबारमात्रै सीताराम संस्कृत माविदेखि चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलसम्मको सडक किनारको संरचना हटाउने…
Read More
नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

चितवन, पुस २३ । नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो । जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताए । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छाडेको र यसपटक स्याङ्जास्थित काली र कोसी नदीमा पनि माछाका भुरा छाड्ने योजना रहेको यादवले बताए । यसअघि मकवानपुरको सामारी नदीमा पनि ३४ हजार माछाका भुरा छाडेको उनको भनाइ छ । खोलानालामा फोहर ढल मिसाउने,…
Read More
चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

चितवन, पुस २३ । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ । महोत्सवस्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताए । विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष…
Read More
रत्ननगरको सार्वजनिक सुनुवाई, नगरबासीको गुनासो र सुझाब उत्तिकै

रत्ननगरको सार्वजनिक सुनुवाई, नगरबासीको गुनासो र सुझाब उत्तिकै

चितवन, पुस २३ । रत्ननगर नगरपालिकाको चालु आर्थिक बर्षको प्रथम सार्वजनिक सुनुवाई विहीवार गरिएको छ । कार्यक्रममा नगरबासीहरुले विकास निर्माणको विषयमा जनप्रतिनिधि समक्ष गुनासो र सुझाब राखेका छन् । सुकुमबसीलाई लालपूर्जा माग देखि विकास निर्माणको गुणस्तर,नागरिक सुरक्षा फोहोर व्यवस्थापन सम्ममा विषयहरुलाई नगरबासीहरुले जोडतोडका साथ उठाएका छन् । सार्वजनिक सुनुवाईमा लालपूर्जाको मागसंगै पूर्वाधार निर्माणमा भएका गुणस्तर, सार्वजनिक जग्गा संरक्षण, आर्थिक पारदर्शीता, कर्मचारीको कार्यशैली, फोहोर व्यवस्थापन, साँध सिमाना, जग्गा अतिक्रमण, कृषि र पशुपालन क्षेत्रमा अनुदान, विद्यालय समायोजन, शिक्षक दरबन्दी, न्याय सम्पादन लगायतका विषयमा नगरका अगुवाहरुले प्रश्न गरेका छन् । कार्यक्रममा मेयर नारायण वन, उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा…
Read More
शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

चितवन, पुस २२ । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताइन् । उनको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम उक्त महानगरपालिकाले मात्र गरेको छ । यी कार्य अन्य पालिकाका लागि सिको गर्ने कार्य भएको उनको भनाइ छ । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ…
Read More
रत्ननगर महोत्सवमा को को आउदैछन कलाकार ?

रत्ननगर महोत्सवमा को को आउदैछन कलाकार ?

चितवन, पुस २० ।  रत्ननगर स्थित टिकौलीचौरमा यही पुस २७ देखि माघ ८ गते सम्म आयोजना गरिएको रत्ननगर महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने सो महोत्सवमा एक दर्जन बढी राष्ट्रिय कलाकारहरु प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए । रत्ननगर महोत्सवमा प्रस्तुती रहने कलाकारको नामावाली: १) प्रमोद खरेल २) कमल खत्री ३) रचना रिमाल ४) बद्री पंगेनी ५) राजु परियार ६) प्रिती आले ७) सुबोध गौतम ८) विन्दु परियार ९) मनिषा पोखरेल १०) निशा लामा ११) मेलिना मैनाली १२) दुर्गा सापकोटा १३) पूर्णकला विसी १४) डिपी लोप्चन १५)…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.