चितवन सेरोफेरो

रत्ननगर-१० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रत्ननगर-१० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रत्ननगर, पुस १७ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रत्ननगर-१० मा उद्यमशीलता विकास तालीम व्यवसाय सचेतना, व्यवसाय सुरु तथा लैंगिक सचेतना तालिम मंगलवारबाट सुरु भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशीलता विकास तालीम व्यवसाय सचेतना, व्यवसाय सुरु तथा लैंगिक सचेतना तालिम सुरु भएको हो । रत्ननगर-१० का वडा अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले गरिवी निवारणका लागि गरिएको यस कार्यक्रमले एउटा महत्वपूर्ण कार्य गर्ने र उद्यमशीलता विकास हुने बताए । तालिममा सिकेका सिपलाई तालिममा मात्र होइन व्यवहार ल्याउनुपर्नेमा उनले…
Read More
सौराहाको निकटमा पर्यटकीय सिसै पार्क भिलेज सञ्चालन

सौराहाको निकटमा पर्यटकीय सिसै पार्क भिलेज सञ्चालन

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाको समिपमा रहेको रत्ननगर वडा नं ९ सिसैमा सुविधा सम्पन्न पर्यटकीय रिसोर्ट सञ्चालनमा आएको छ । पूर्व पश्चिम राजमार्गबाट करिब २ किलोमिटर दक्षिण र सौराहाबाट करिब ५ किलोमिटर उत्तरमा सिसै पार्क भिलेज सञ्चालनमा आएको हो । बाग्लुङको हरिकृष्ण उपाध्याय र ललीतपुरका विष्णुहरि शर्मा सुवेदीले करिब २५ करोडको लगानीमा सुविधा सम्पन्न पर्यटकीय होटल सञ्चालनमा ल्याएका हुन् । गत बैशाख १ गतेबाट पर्यटकका लागि खुल्ला गरिएको सो रिसोर्टको औपचारिक उद्घाटन भोली पौष १५ गते अंग्रेजी नयाँ बर्षको अबसर पारेर गरिदै छ । बजारको कोलाहालबाट केही भित्र र पर्यटकीय नगरी सौराहाको समिपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान…
Read More
रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता

रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी तीब्र पारिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ । संघले शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन,…
Read More
सुजन गुरुङको “झलल देखियो छायाँ” सार्वजनिक

सुजन गुरुङको “झलल देखियो छायाँ” सार्वजनिक

चितवनका प्रतिभाशाली गायक सुजन गुरुङको "झलल देखियो छायाँ" सार्वजनिक भएको छ । चर्चित शब्दरचनाकार यादव लम्सालको शब्द तथा संगीतमा तयार भएको गीतमा सुजन गुरुङ लाई गायनमा चर्चित गायिका पूर्णकला विसीले साथ दिएकी छिन । गणेश चौधरीले संगीत संयोजन गरेको उक्त गीतको रेकर्डिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका हुन् । स्टुडियो ड्रिम्स, पुतली सडक, काठमाण्डुमा रेकर्ड गरिएको यो गीतमा माया पिरतीको भाव प्रस्तुत गरिएको छ । सुजन गुरुङको आधिकारीक युट्युव च्यानल "सुजन गुरुङ इन्टरटेनमेन्ट" बाट सार्वजनिक गरिएको गीतलाई दिवस परियार दलेले निर्देशन गरेका छन् । गीतमा पुर्णिमा थापा र अजय श्रेष्ठको अभिनय देख्न सकिन्छ । शिशिर विकको कोरियोग्राफी, प्रदिप कंडेलको छायांकन…
Read More
चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता सौराहामा सम्पन्न

चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता सौराहामा सम्पन्न

रतननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा साेमबार चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता गरिएकाे छ । बकुलहर रत्नगर अस्पताल र विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालका चिकित्सकहरु बीच मैत्रीपूर्ण प्रतियाेगिता आयाेजना गरिएकाे हाे । प्रतियाेगिताकाे रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालकाे संयाेजनमा मैत्रीपूर्ण प्रतियाेगिता गरिएकाे हाे । रत्ननगर वडा नं ७ स्थित सिसुवार चाैरमा गरिएकाे मैत्रीपूर्ण प्रतियाेगिता विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे टिमले जितेकाे छ । विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे टिमलेले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। जवाफमा बकुलहर रत्ननगर अस्पतालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । प्रतियाेगितामा १९ रनले  विपी…
Read More
बाघमारा सामुदायिक वनको साधारण सभामा संरक्षणकर्मीलाई सम्मान

बाघमारा सामुदायिक वनको साधारण सभामा संरक्षणकर्मीलाई सम्मान

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले एक बर्षमा दुई करोड बढी आम्दानी गरेको छ । शनिवार सम्पन्न सो वनको १९औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा दुई करोड २४ लाख ८१ हजार रूपैया आम्दानी गरेको हो । दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको सो वनले आम्दानी भन्दा बढी दुई करोड ३० लाख ६९ हजार खर्च गरेको छ । चालू आर्थिक बर्षको आम्दानीबाट गत आबको ऋण चुक्ता गर्ने गरि खर्च गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सौराहाको पर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको सो सामुदायिक वनले आम्दानीको अधिकांस…
Read More
अविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

अविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

रत्ननगर । रत्ननगर वडा नं २ टाँडी स्थित अविरल बहुउद्देश्यीय सहकारी संस्थाले एक बर्षमा करिब २६ लाख मुनाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न सो सहकारीको तेस्रो बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा २५ लाख ७७ हजार मुनाफा भएको उल्लेख छ । एक बर्षमा १ करोड २८ लाख १४ हजार आम्दानी गरेको सो सहकारीले १ करोड २ लाख ३६ हजार खर्च कटाएर २५ लाख ७७ हजार मुनाफा भएको सहकारीका व्यवस्थापक भरत दाहालले जानकारी दिए । २०७७ साल फागुन १० गते स्थापना भएको सो सहकारीको कुद शेयर पूँजी ५ करोड २६ लाख ९६ हजार, ऋण…
Read More
अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा सडक महोत्सव हुने

अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा सडक महोत्सव हुने

५ पौष, सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा मनाउने कार्यक्रमको संयोजक विश्वराज पौडेलले जानकारी दिएका छन् । अग्रेजी नयाँ बर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले आगामी पौष १२ खि १६ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुँदैछ । 'सडक मै खाउ, सडक मै…
Read More
सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुनसकेको थिएन । पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा…
Read More
रत्न प्रिय कपको दोस्रो संस्करण सुरु, पहिलो खेलमा आयोजक टिम विजयी

रत्न प्रिय कपको दोस्रो संस्करण सुरु, पहिलो खेलमा आयोजक टिम विजयी

रत्ननगर, मंसिर २५ । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीमा सोमवार देखि दोस्रो रत्न प्रिय कप फुटवल प्रतियोगिता सुरु भएको छ । वडा नं ९ मा रहेको रत्न प्रिय क्लवले आयोजना गरेको सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेका थिए । सोमवार भएको पहिला खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ । सौराहा फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५ का बिरुद्द ४ गोलले हराउदै रत्नप्रिय क्लव विजयी भएको हो । निर्धारित समयमा दुबै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा धकेलिएको थियो । प्रतियोगितामा उत्कृष्ट गोल गरेका रत्न प्रिय क्लवका यूकेश तामाङ म्याद अफ दी म्याच…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.