चितवन सेरोफेरो

रन्जन भण्डारी  सौराहा जेसीजको बर्ष २०२४ को लागि  नेतृत्वमा

रन्जन भण्डारी सौराहा जेसीजको बर्ष २०२४ को लागि नेतृत्वमा

सौराहा ले जेसीजको अधवेशनबाट बर्ष २०२४ को लागी सर्वसहमत रुपमा अध्यक्ष पदमा जेसी रन्जन भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिती चयन भएको छ। जसको कार्यकारिणी उपाध्यक्षमा जेसि अशोक भुसाल र जेसि रामबाहादुर परियार, उपाध्यक्षहरुमा जेसि दिक्षान्त अर्याल, जेसि केशव अर्याल, जेसि सागर दुवाडी, जेसि शुसान्त लामिछाने निर्देशकमा जेसि राम कुमार गुरौ,घनश्याम चौधरी, धनुश चौधरी सर्वसम्मत चयन भएका छन भने कानुनी सल्लाहकारमा जेसि भरत पौडेल, माहासचिवमा जेसि जयराम घिमिरे, सचिवमा सङ्गम घिमिरे, सह-कोषाध्यक्षमा जेसि अमृत पौडेल मनोनित भएका छन। सौराहा जेसिजका संस्थापक अध्यक्ष सरद श्रेष्ठ बर्ष २०२३ का अध्यक्ष जेसि शुरेस भुसाल लगायत पुर्व अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न निर्वाचन अधिकृत जेसि बिकास श्रेष्ठले…
Read More
सौराहा लेडिज जेसिजको नेतृत्वमा घिमिरे

सौराहा लेडिज जेसिजको नेतृत्वमा घिमिरे

सौराहा लेडी जेसीजको छैंठौ अधवेशनबाट बर्ष २०२४ को लागी सर्वसहमत रुपमा कार्यसमिति चयन भएको छ। समितिको अध्यक्ष पदमा जेसी सुनिता पौडेल घिमिरे , कार्यकारिणि उपाध्यक्षमा जेसी एन्जिला दुलाल र जेसी दिक्षा रिजाल, उपाध्यक्षमा जेसी पबित्रा पौडेल, जेसी प्रज्ञा दुवाडी, जेसी सदिक्षा घिमिरे, जेसी निशा गौतम र निर्देशकमा जेसी प्रिति चौधरी, जेसी पुष्पा लामिछाने, जेसी दिना पोख्रेल, जेसी कलिमा खातुन निर्वाचित हुनुको साथै महासचिवमा जेसी शिल्पा पौडेल बिडारी, कोषाध्यक्षमा जेसी सबिता अधिकारी,कानुनि सललाहाकारमा आषिका भट्टराई , तालिम आयुक्तमा जेसी शुस्मिता न्यौपाने,लोम ईडिटरमा जेसी शान्ती पौडेल र सह सचिवमा जेसी लक्ष्मी गोदार मनोनित हुनु भएको जानकारी सौराहा लेडी जेसीजको निवर्तमान अध्यक्ष तथा…
Read More
रत्ननगरमा मंसिर १७ गतेबाट दाेस्राे मेयर कप हुँदै

रत्ननगरमा मंसिर १७ गतेबाट दाेस्राे मेयर कप हुँदै

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही मंसिर १७ गतेबाट दाेस्राेे अन्तरपालिका मेयर कप फुटवल प्रतियाेगिता हुने भएकाे छ । रत्ननगर नगरपालिका अन्तर्गतकाे रत्ननगर खेलकुद विकास समितिकाे आयाेजनामा नेपाल माविकाे खेल मैदानमा साे प्रतियाेगिता हुँदैछ । आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे तयारी र उद्देश्यका बारेमा जानकारी गराएकाे हाे । जिल्लाका सात पालिकाका सात वटा टिमकाे सहभागिता रहने साे प्रतियाेगिताकाे पुरस्कार रासी १ लाख ५१ हजार १११ रहेकाे रत्ननगर खेलकुद विकास समितिका संयाेजक कृष्ण चाैधरीले जानकारी दिए । प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे र प्रथम हुने टिमलाई १ लाख ५१ हजार १११ र दाेस्राे हुने टिमलाई १ लाख १ हजार…
Read More
झुवानीमा फुटबल प्रतियोगिता सुरु

झुवानीमा फुटबल प्रतियोगिता सुरु

पुर्वी चितवनको रत्ननगर नगरपालिकामा दोस्रो टोल स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ। रत्ननगर नगरपालिका वडा नम्बर ५ मा रहेको झुवानी युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो। नेपालीहरुको महान पर्व विजया दशमी तथा सुभ दिपावलीको अवसरमा आयोजित फुटबल प्रतियोगितामा रत्ननगर ५ भित्र रहेका टोल सुधार समितिमा रहेका खेलाडीहरुले टिम बनाई एक आपसमा प्रतिस्पर्धा गर्नेछन। कार्यक्रमका प्रमुख अतिथी एवम रत्ननगर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंले झुवानी युवा क्लबले आयोजना गरेको कार्य तारिफयोग्य रहेको बताउदै वडाको तर्फ बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको उक्त कार्यक्रम क्लबका उपाध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।
Read More
कोरिया अध्ययन गर्न जाने बिद्यार्थीलाई GKSU स्कलरसिप गोल्डेन इमिनेन्टले दिने

कोरिया अध्ययन गर्न जाने बिद्यार्थीलाई GKSU स्कलरसिप गोल्डेन इमिनेन्टले दिने

चितवन । चितवनको भरतपुरमा प्रधानकार्यालय रहि काठमान्डौबाट समेत शैक्षिक परामर्श र सेवा प्रदान गर्दै आएको गोल्डेन इमिनेन्टले नेपाली विद्यार्थीहरुका लागि २ करोड (कोरिएन वन) बराबरको छात्रबृति उपलव्ध गराउने भएको छ । विगत १० वर्षदेखि नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरियामा अध्ययनका लागि पठाउदै आएको गोल्डेन इमिनेन्टले वर्ष २०२४ का लागि उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्ट मार्फत कोरियाको Kyungsung University जाने विद्यार्थीहरुका लागि छात्रबृति प्रदान गर्न लागिएको बताउनुभयो । Kyungsung University र गोल्डेन इमिनेन्ट विच विद्यार्थीहरुलाई छात्रबृति उपलव्ध गराउने विषयमा केहिदिनअघि दक्षिण कोरियामा आयोजित एक विशेष समारोहमा सम्झौता समेत भैसकेको छ । गोल्डेन इमिनेन्ट नेपालका सिइओ प्रकाश रिजाल र Kyungsung University अध्यक्ष…
Read More
नेपाल बिद्यार्थी संघ ले दरखाने कार्यक्रम गर्ने

नेपाल बिद्यार्थी संघ ले दरखाने कार्यक्रम गर्ने

नेपाल बिद्यार्थी संघ सहिद स्मृति बहुमुखी क्याम्पसले हरितालिका तिजको अवसरमा यहि भाद्र २९ गते बिहान ७ बजे दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ। सहिद स्मृति बहुमुखी क्याम्पसका इकाई सभापति विबेक उदासका अनुसार नेपाली नारीहरुको माहान पर्वको अवसरमा चेलिको सम्मान र आत्मियता साटासाट गर्न तिज विशेष सुभकामना आदान प्रदान ,बृहत् सास्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गरिएको बताएका छन। कार्यक्रममा पुर्व मन्त्री एवम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी प्रमुख अतिथी रहने कार्यक्रम संयोजक रितिसा चौलागाईंले जानकारी दिएकी छिन।
Read More
सरकारमा कांग्रेसको नेतृत्व आवश्यक : कोइराला

सरकारमा कांग्रेसको नेतृत्व आवश्यक : कोइराला

भरतपुर नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अब सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । कोइरालाले देशको प्रधानमन्त्री प्रचण्ड गैरजिम्मेवार बन्दै गएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेका हुन् । अहिले कांग्रेसका मन्त्रीहरुले केही गर्न नसकेको प्रसंङ्ग उल्लेख गर्दै कोइरालाले भने - 'प्रधानमन्त्री र मुख्य सचिव बसेर निर्णय गर्छन् र त्यही सदर हुन्छ । त्यसैले अबको सरकार काङ्ग्रेसको नेतृत्वमा बन्न जरुरी छ ।’ कांग्रेसको चितवन जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देश जातीय द्वन्द्वमा जाने सम्भावना बढेकोले प्रचण्डले त्यसलाई उकास्ने काम गरेको आरोप लगाए । डाक्टर कोइरालाले भने, ‘केही समय अगाडि जातीय संस्थाको कार्यक्रममा प्रधानमन्त्रीले मलाई जिताउनोस् म जातीय राज्य…
Read More
लघुवित्त कर्मचारी मञ्चको रक्तदान कार्यक्रम

लघुवित्त कर्मचारी मञ्चको रक्तदान कार्यक्रम

रत्ननगर । विभिन्न लघुवित्त वित्तिय सस्थामा कार्यरत कर्मचारीहरुको संगठन लघुवित्त कर्मचारी मञ्च चितवनको आयोजना र नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको सहकार्यमा शनिबार रक्तदान गरिएको छ । बकुलहर चोकमा गरिएको कार्यक्रममा ४८ जनाले रक्तदान गरेको लघुवित्त कर्मचारी मञ्च चितवनका सल्लाहाकार परम्परा कट्टेलले जानकारी दिए । विजय लघुवित्त वित्तिय सस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्साल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका मन्त्री राममणी खनाल र डिप्रोक्स लघुवित्त वित्तिय सस्थाका बाग्मती प्रदेश प्रमुख मधुसुधन हुमागाई सहितको उपस्थिति रहेको थियो । प्रमुख अतिथि लम्सालले आगामी दिनहरुमा पनि लघुवित्त वित्तिय संस्थाहरुले यस किसिमका सामाजिक कार्यहरु गर्ने बताए ।…
Read More
रत्ननगरमा भदौं २९ गते रोटरीको रक्तदान

रत्ननगरमा भदौं २९ गते रोटरीको रक्तदान

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही भदौं २९ गते बृहद् रक्तदान हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गर्ने सो कार्यक्रममा करिब ४०० बढी युनिट रगत संकलन गर्ने उद्देश्य रहेको जनाइएको छ । न्यू क्यापिटल कलेज परिसरमा विहान ७ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने छ । रोटरी क्लवले शनिबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी रक्तदान कार्यक्रमको तयारी र उद्देश्यको बारेमा जानकारी दिएको हो । सन २०१९ मा रोटरीले गरेको कार्यक्रममा ४०५ युनिट रगत संकलन भएको थियो । कोरोनाले रोकिएको रोटरीको नियमित कार्यक्रम यस बर्षबाट सुरु गर्न लागिएको क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । ४०५ युनिट भन्दा बढी संकलन…
Read More
आइएसएमटी कलेजको आयोजनामा “आइएसएमटी एक्स्पो २०२३” सम्पन्न

आइएसएमटी कलेजको आयोजनामा “आइएसएमटी एक्स्पो २०२३” सम्पन्न

काठमाडौं । काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी एक्स्पो-२०२३’ भब्य रुपमा सम्पन्न भएकाे छ । आइतबार शुरु भएको एक्स्पो सोमबारसम्म चलेको थियो । कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गर्दै आएको र सोही अनुशार एक्स्पो आयोजना गरिएको आइटी डिपार्टमेन्टकी सिनियर फ्याकल्टी शिला पौडेलले बताईन् । विद्यार्थीले नै बनाएका प्रोजेक्टहरु एक्स्पोमा प्रर्दशन गरिएको र एक्स्पो विद्यार्थीका लागि महत्वपुर्ण अवसर रहेको पौडेलले बताईन । बिशेष गरि आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्वन्धित प्रोजेक्टहरु एक्स्पोमा छन् । एक्स्पोमा काठमाडौंसँगै काठमाडौं बाहिरका विभिन्न कलेजका विद्यार्थी अवलोकनका लागि आएको र उत्साहका साथ अवलोकन गरेको आइएसएमटी कलेजकी छात्रा स्नेहा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.