चितवन सेरोफेरो

रत्ननगर नगरपालिकाका ३६ शिक्षकको आन्तरिक सरुवा ( सुची  सहित)

रत्ननगर नगरपालिकाका ३६ शिक्षकको आन्तरिक सरुवा ( सुची सहित)

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयका ३६ जना शिक्षककाे आन्तरिक सरुवा गरेकाे छ । शिक्षक व्यवस्थापन कार्यदलकाे सिफारिसका आधारमा नगरपालिकाले शिक्षकहरुकाे आन्तरिक सरुवा गरेकाे हाे । शिक्षक सरुवाकाे लागि कार्यदलले गरेकाे सिफारिसलाई शिक्षा समितिकाे बुधबार बसेकाे बैठकले अनुमाेदन गरेकाे हाे । साे नगरपालिकाले २० जना निमावि तह र १६ जना मावि तहका शिक्षककाे आन्तरिक सरुवा गरेकाे हाे । सरुवा भएका ३६ जना मध्ये चार जना प्रधानाध्यापक समेत छन् । शिक्षा समितिका संयाेजक तथा मेयर प्रलाद सापकाेटाले शिक्षाकाे गुणस्तर सुधारकाे लागि शिक्षकहरुकाे आन्तरिक सरुवा गरिएकाे बताए । एउटा विद्यालयमा बटुलेकाे अनुभव अर्काे विद्यालयमा प्रयाेग गरेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउन…
Read More
राप्ती नगरपालिकाको बजारक्षेत्र अनुगमन: अखाद्य तेल नष्ट, केही म्याद गुज्रिएको सामान भेटियो

राप्ती नगरपालिकाको बजारक्षेत्र अनुगमन: अखाद्य तेल नष्ट, केही म्याद गुज्रिएको सामान भेटियो

राप्ती । राप्ती नगरपालिकाले बजारक्षेत्रको अनुगमनमा गरेको छ । राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाको नेतृत्वमा गरिएको अनुगमनमा अखाद्य वस्तु र म्याद गुज्रिएका सामान भेटिएका छन् । खुरखुरे चोकको एक किराना पसलबाट १७ प्याकेट लेज र केही थान मसाला म्याद गुज्रिएको पाइएको हो । त्यस्तै मिष्ठान्न भण्डारमा जेरी तथा लड्डुहरुमा कृत्रिम रङ्गको प्रयोग गरिएको पाइएको खाद्य प्रविधि एवं गुण डिभिजन कार्यालय भरतपुरकी खाद्य निरीक्षक बन्दना पन्तले बताइन् । "खानेकुरामा कृत्रिम रङ्ग हाल्न पाइदैन ।" उनले भनिन् "यसले क्यान्सर जस्तो घातक रोग निम्त्याउन सक्छ ।" यस्तै केही मिष्ठान्न भण्डारमा पकाउने तेल गुणस्तरहीन भएको उनले बताइन् । ३ वटा मिठाई पसलबाट लगभग…
Read More
हुलास ब्राण्डद्धारा चितवनका व्यवसायी रेग्मी सम्मानित

हुलास ब्राण्डद्धारा चितवनका व्यवसायी रेग्मी सम्मानित

भरतपुर । नेपाली खाद्य बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हुलास ब्राण्डले चितवनका व्यवसायीलाई मंगलबार सम्मान तथा पुरस्कृत गरेको छ । भरतपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०७९/८० मा उत्कृष्ट कारोबार गर्ने विक्रेताहरुलाई सम्मान गरेको हो । हुलास फूडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार गोल्छा प्रमुख अतिथि रहेको सो कार्यक्रममा सङम ट्रेडर्सका सुर्य प्रकास रेग्मीले प्रथम स्थान हासिल गर्दै १५ तोला चांदी सहित पुरस्कृत भएका छन् । द्धितीय स्थान हासिल गर्दै गौतम स्टोर्स नारायणगढ १२ तोला चांदी तथा तीतृय स्थान हासिल गर्दै जय शिव गल्ला नारायणगढ १० तोला चांदी सहित पुरस्कृत भएका छन् । सो अबसरमा हुलास फूडका प्रवन्ध…
Read More
बकुलहर अस्पतालका सबै शैया निशुल्क

बकुलहर अस्पतालका सबै शैया निशुल्क

२ भदौ । पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका सबै शैया निःशुल्क गरिएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शैया निःशुल्क गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि लागू हुने गरी शैया निःशुल्क गरिएको छ । अस्पतालमा रहेका ९० शैया मध्ये आईसियू, एनआईसियू र क्याबिन बाहेकका शैया निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा क्याबिन, एनआईसियू र आईसियू गरी १४ शैया रहेका छन् । बाँकी ७६ शैया निःशुल्क गरिएको डा.ज्ञवालीको भनाई छ । अस्पतालमा यस अघि नै १० प्रतिशत शैया र उपचार निःशुल्क गरिसकिएको डा.ज्ञवालीले जानकारी दिनुभयो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मातहतका…
Read More
युवा संघ खैरहनीको अध्यक्षमा गुरुङ्ग चयन

युवा संघ खैरहनीको अध्यक्षमा गुरुङ्ग चयन

भदौं १ गते । रास्ट्रीय युवा संघ नेपाल खैरहनि नगर कमिटिको अध्यक्षमा निरन गुरुङ चयन भएका छन् । नगर कमिटीको शुक्रबार सम्पन्न प्रथम अधिबेशनबाट गुरुङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । संघको उपाध्यक्षमा बिक्रम चौधरी ,सचिवमा सन्तविर मोक्तान ,सहसचिवहरुमा कृष्ण प्रसाद बर्तौला र कृष्टिना चौधरी ,कोषाध्यक्षमा माधव रानाभाट चयन भएका छन् । महिला बिभाग प्रमुखमा किस्मिता मोक्तान चयन भएकी छन् । अधिबेशनले युथ फोर्स बिभाग र साइवर सर्कल पनि गठन गरेको छ । युथ फोर्स बिभाग अध्यक्षमा दिवाकर बस्नेत ,उपाध्यक्षमा जीवन थापा मगर,सचिवमा गोपाल प्रजापति ,सहसचिवहरुमा अनमोल गिरि र ज्योति शाही,सदस्यमा मनदिप राना चयन भएका छन् । नेकपा एमाले केन्द्रिय…
Read More
पेट्रोलमा डिजल मिसाईएको भन्दै खैरहनीको हरिशरणम आयलमा शिल

पेट्रोलमा डिजल मिसाईएको भन्दै खैरहनीको हरिशरणम आयलमा शिल

पेट्रोलमा डिजल मिसाइएको भन्दै खैरहनी मगनी चोकस्थित हरिशरणम आयल डिष्टिब्युटर्सलाई खैरहनी नगरपालिकाले बन्द गराएको छ । पेट्रोलमा डिजल मिसाइएको गुनासो धेरै आएपछि खैरहनी नगरपालिकाको टोलीले अनुगमन गरेर तत्कालका लागि उक्त पम्पबाट डिजल तथा पेट्रोल वितरणमा रोक लगाएको हो । पेट्रोल प्रयोगपछि केही सर्वसाधारणको सवारीसाधनमा समस्या आएपछि यो घटना बाहिर आएको हो । घटना बाहिर आएपछि खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्मा, खैरहनी–८ का वडा अध्यक्ष शंकर कँडेल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक भानु खड्कासहितको टोलीले आयल स्टोर्सको अनुगमन गरेको थियो । डिष्टिब्युटर्सको तेल परीक्षणका लागि काठमाडौँ पठाउन नमुना संकलन गरिएको र…
Read More
जेसिज सप्ताहको समापन

जेसिज सप्ताहको समापन

सौराहा जेसिजले जेसिज सप्ताहको समापन गरेको छ। सौराहाको होटल गैरिवारी रिसोर्टमा एक कार्यक्रमका बिच जेसिज सप्ताहको समापन गरिएको हो। एक हप्ता सम्म चलेको जेसिज सप्ताहमा सौराहा जेसिजले विभिन्न समाजिक कार्यहरु गरेको थियो।समापन समारोहका प्रमुख अतिथी एवम नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष रजनी थापाले सौराहा जेसिज अन्य जेसिज भन्दा अब्बल रहेको र सामाजिक उत्तरदायीत्वलाई बहन गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथी एवम रतननगर ६ का वडा अध्यक्ष किरण महत्तोले वडाले गर्नु पर्ने सामाजिक कार्य सौराहा जेसिजले गरेको भन्दै आवश्यक सहकार्य गर्न आफू तयार रहेको भन्दै बजेट बिनियोजन समेत गर्ने बताउनु भएको छ। यस्तै खैरहनी १३ का वडा…
Read More
वृद्धबृद्वाद्वारा कुमरोज सामुदायिक  वनमा बृक्षारोपण

वृद्धबृद्वाद्वारा कुमरोज सामुदायिक वनमा बृक्षारोपण

साउन २८ गते । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा आइतबार बृक्षारोपण गरिएको छ । वनको ईकाइ दुई अन्तर्गत हात्ती काउन्टर नजिक बृक्षारोपण गरिएको हो । खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कुलप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमम वृद्धबृद्वाहरुले विरुवा रोपेका थिए । सोही अवसरमा ४८ जना वृद्धबृद्वाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित वृद्धबृद्वाहरुलेनै धुपी,आँप लगायतका बिरुवा रोपेका वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भुसालले यहाँका जेष्ठ नागरिकले नै वन संरक्षण गरेको उल्लेख गर्दै युवा पुस्तालाई पनि संरक्षण गर्न प्रेरित गर्ने बिश्वास व्यक्त गरे । सम्मानित जेष्ठ नागरिककै…
Read More
१२ औं हात्ती दिवसको अवसरमा सौराहामा हात्तिलाई वनभोज

१२ औं हात्ती दिवसको अवसरमा सौराहामा हात्तिलाई वनभोज

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शनिबार हात्तीलाई बनभोज खुवाइएको छ । १२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजी स्तरमा पालेका ६५ वटा हात्तीलाई लस्करै राखेर मिष्ठान्न भोजन गराइएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा,…
Read More
भक्तिनी बगैंचाको दुर्गा मन्दिरमा पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु

भक्तिनी बगैंचाको दुर्गा मन्दिरमा पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु

रत्ननगर, साउन २७ । रत्ननगर- १ भक्तिनी बगैंचामा रहेको दुर्गा मन्दिरमा आज (शनिवार) बाट पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु भएको छ । आजबाट सुरु भएको महात्म्य तीन दिन सम्म चल्ने दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष हरीबहादुर रिजालले जानकारी दिए । सबै मिलेर भगवानको पवित्र कार्यलाई सफल बनाउनुपर्ने उनले बताए । महात्म्य तथा कथा प्रवचन शुरु हुनुभन्दा पहिले बिहान ९ बजे मन्दिर परिसरबाट कलस शोभा यात्रा निकालिएको थियो । कलस शोभा यात्रा बोकेर रत्ननगर- १ का विभिन्न क्षेत्रहरु परिक्रमा गरि मन्दिर परिसरमै पुगेर टुंगिएको थियो । पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन कार्यक्रममा भक्तजनहरुको उल्लेखिय सहभागिता रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.