चितवनमा उपनिर्वाचनका लागि दुई जनाले बुझाए हतियार
वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवनमा अनुमति लिएर राखिएका हतियारमध्ये दुई थान हतियारमात्र बुझाइएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो । जिल्लामा अनुमति लिएर राखिएका ३२ थान हतियार छन् । जिल्ला प्रशासन कार्यालयले गत चैत २४ गते सूचना जारी गर्दै चैत मसान्तभित्र हतियार बुझाउन गरेको आह्वानका क्रममा लगिएका हतियार पुनः स्थानीय प्रशासनलाई बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा ती हतियार बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा अनुमति लिएर राखिएका १२ बोरको १४ थान, १३ बोरको एक थान, राइफल १० थान, एकनाले बन्दुक एक…