हेडलाईन

चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनको लागि चुनावी प्रचारमा जुट्दै उमेदवार

चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनको लागि चुनावी प्रचारमा जुट्दै उमेदवार

उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागेका छन् । चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि रिक्त पदमा उमेदवारी दिन लाग्नुभएका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी प्रचारमा जुट्नुभएको हो । उपनिर्वाचनको लागि निर्वाचन आयोगले भोलि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ । पूर्वसभापति श्रेष्ठले चुनाव लक्षित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न थाल्नुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र चुनाव चिह्न घण्टीप्रति आक्रामक अभिव्यक्ति दिन थाल्नुभएको छ । लामिछाने र घण्टी विरुद्ध बोल्दा आफुमाथि सामाजिक सञ्जालमा गाली गलौज हुन थालेको उहाँको गुनासो छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय…
Read More
आठ महिनादेखि त्रिवि सेवा आयोग अध्यक्षविहीन

आठ महिनादेखि त्रिवि सेवा आयोग अध्यक्षविहीन

त्रिभुवन विश्वविद्यालय सेवा आयोग आठ महिनादेखि अध्यक्षविहीन छ । गत साउन १८ मा प्रा.डा. लालुप्रसाद पौडेलको पदावधि सकिएपछि आयोगले अर्को अध्यक्ष पाउन सकेको छैन । अध्यक्ष नियुक्त हुन नसक्दा लेक्चर तथा प्राध्यापकहरुको परीक्षा सञ्चालन हुन सकेको छैन भने नयाँ विज्ञापन खोल्न पनि ढिलाइ भइरहेको त्रिवि सेवा आयोग प्रमुख केदारनाथ ढकालले बताउनुहुन्छ । करिब दुई हजार पाँचसय कर्मचारीको विज्ञापन गर्न नपाउँदा काममा समेत प्रभाव पर्न थालेको छ । करिब पच्चिस सय कर्मचारीको दरबन्दी रिक्त छ । त्यसले दैनिक काममा प्रभाव पर्न थालेको गुनासो आउन थालेको प्रमुख ढकालको भनाई छ । करिब त्यहि संख्यामा नयाँ शिक्षकहरुको पनि विज्ञापन गर्नुपर्ने तर अध्यक्ष नियुक्त…
Read More
क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको संख्या आठ पुग्यो

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको संख्या आठ पुग्यो

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्ने क्रममा रहेको बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ ।
Read More
कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक, सङ्क्रमित भारतीय नागरिकलाई फिर्ता पठाइयो

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक, सङ्क्रमित भारतीय नागरिकलाई फिर्ता पठाइयो

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । उहाँले भन्नुभयो– “सङ्क्रमित दैनिक रुपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौँ ।” भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट,…
Read More
रत्ननगरमा गर्भवती महिलालाई स्तनपान सम्बन्धी सचेतना

रत्ननगरमा गर्भवती महिलालाई स्तनपान सम्बन्धी सचेतना

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आज शनिबार स्तनपान सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको वडा नं १ मा सामाजिक रुपान्तरण अभियान नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो । गर्भवती महिलाहरुलाई स्तनपानको महत्व र आवश्यकताको विषयमा बुझाउन कार्यक्रम आयोजना गरिएको संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै वडा नं १ का वडाध्यक्ष तथा नगर प्रवक्ता कुलप्रसाद सापकोटाले स्तनपान आमा र बच्चा दुबैको लागि आवश्यक रहेको भन्दै यसबारे सचेतना आवश्यक रहेको बताउनुभयो । शारिरीक बनौट विग्रने डरले कतिपय महिलाहरुले बच्चालाई दुध नचुसाउने गरेको भन्दै उहाँले त्यसले आमा र बच्चा दुवैैलाई असर गर्ने बताउनुभयो । कार्यक्रममा विपी…
Read More
भारतबाट फेरी घटेर आयो पेट्रोल र डिजलको मूल्य

भारतबाट फेरी घटेर आयो पेट्रोल र डिजलको मूल्य

भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ ।भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा छ रुपैयाँ ८२ पैसा मूल्य घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ । निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ७८ रुपैयाँ र डिजलको एकसय ७५ रुपैयाँ छ । भारतबाट धेरै पटक मूल्य घटेर आए पनि निगमले भने यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै…
Read More
रामपुर कृषि क्याम्पसमा स्ववियु चुनाव धाँधलीपूर्ण भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

रामपुर कृषि क्याम्पसमा स्ववियु चुनाव धाँधलीपूर्ण भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसमा स्ववियु चुनाव धाँधलीपूर्ण भएको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको छ । क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुक विद्यार्थी संगठनको पक्षपोषण हुने गरी क्याम्पसमा क्रियाशील अन्य विद्यार्थी संगठनसँगको कुनै समन्वय विना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराएको भन्दै कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो । रामपुरमा हिजो शुक्रबार मतदान भएको थियो । तर निर्वाचनमा क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गरेर एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको कांग्रेसको आरोप छ । चुनावमा भएको धाधँलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव घाइते…
Read More
नेकपा एमाले रत्ननगरद्वारा ट्राफिक सचेतना

नेकपा एमाले रत्ननगरद्वारा ट्राफिक सचेतना

रत्ननगर, चैत्र १८ । दुर्घटना न्यूनीकरण गर्न रत्ननगरमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रत्ननगरका मुख्य बजार क्षेत्रमा ट्राफिक सचेतना गरिएको हो । मिसन ग्रासरुट पार्टी शुद्धिकरण तथा विस्तारित अभियान २०७९ अन्र्तगत नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर वडा नं. १ वडा कमिटीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय रत्ननगरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । वडा नं. १ वडा कमिटीका अध्यक्ष दोवराज खत्रीको आयोजनामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य शम्भु सुवेदी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि सुवेदीले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्ने बताउनुभएको थियो । अनुशासित भएर ट्राफिक नियमको…
Read More
गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

रत्ननगर । रत्ननगर स्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई आज शनिबार खाद्यान्न सहयोग गरिएको छ । चितवनको माडी स्थायी घरभई अस्ट्रियामा बस्दै आउनुभएकी माया लामा लोप्चन र उहाँका श्रीमान एल्मरले एक लाख ५० हजार रुपैँया बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो । ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारको पहलमा सो सहयोग गरिएको हो । खाद्यन्नमा ५० बोरा चामल, तीन बोरा आलु, तीन बोरा प्याज र एक बोरा लसुन सहयोग गरिएको छ । २०७२ सालदेखि भौतिक संरचना निर्माण सहित आवश्यक अन्य सहयोग गर्दै आउनुभएकी माया लामाले पछिल्लो पटक अस्ट्रियामा खाना विक्री बापत संकलन भएको रकमले खाद्यान्न सहयोग गर्नुभएको हो । सीमान्तकृत समुदायको शिक्षा…
Read More
रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

रामपुर कृषि क्याम्पस खैरहनीमा हिजो शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानल नै विजयी भएको छ । बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका हुन् । निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले तालमेल गरेका थिए । उक्त निर्वाचनमा कुल एकसय २० मत खसेको थियो । अखिल सयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेल एक्लैले एकसय १९ मत प्राप्त गर्नुभयो भने नेविसंघका आशिश जैसी देवकोटाले एक मत पनि पाउनुभएन । एक मत बदर भयो । सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी एकसय १९ मत, कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल एकसय १५ मतका साथ निर्वाचित हुनुभयो । त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.