काशी नर्मदा स्मृति प्रतिष्ठान धादिङद्धारा निर्मित पुस्तकालय उद्घाटन
चितवनको खैरहनी नगरपालिका वडा नं १ मा सामुदायिक पुस्तकालय उ्दघाटन गरिएको छ । काशी नर्मदा स्मृति प्रतिष्ठान धादिङद्धारा निर्माण गरिएको पुस्तकालयको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको हो । विगत लामो समय अघिदेखि बालबालिकाको शिक्षामा सहयोग गर्दै आइरहेको संस्था काशी नर्मदा स्मृति प्रतिष्ठान स्थापनाको २१ औं वर्ष प्रवेशको अवसर पारी पुस्तकालय भवन उद्घाटन गरिएको हो । पुस्तकालय उद्घाटन गर्दै मन्त्री मोक्तानले संस्थाको पहलमा सामुदायिक पुस्तकालय स्थापना गर्ने काम निकै सह्रानीय भएको बताउदै यसले सामुदायिक सिकाइ सहजीकरण र पुस्तान्तरण कार्यक्रममा ठुलो सहयोग पुर्याउने बताउनुभयो । ‘पुस्तकालय भनेको हाम्रा पुराना रितीरिवाज, धर्मकर्म, सिकाइ र इतिहासलाइ अभिलेखिकरण गरेर राख्ने…