माडीका निर्माणाधीन अधूरा योजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण
माडीको समग्र विकासका विभिन्न योजनाहरुसहित एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग भेट गरेको छ । माडीका पूर्वनगरप्रमुख एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालको नेतृत्व र माडीका नगर उपप्रमुख खेमप्रसाद महतोलगायतको टोली काठमाडौं पुगेको प्रतिनिधि मण्डलले नगरका निर्माणाधीन र अधूरा योजनाहरुको कार्यान्वयन तथा रीउ करिडोर निर्माणका लागि प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको थियो । जवाफमा प्रधानमन्त्री प्रचण्डले रीउ करिडोरलाई रातो किताबमै राखेर अगाडि बढाउने विश्वास दिलाउनु भएको थियो । त्यस क्रममा निकुञ्जभित्रको सडकलगायत माडीका अन्य महत्वपूर्ण योजनाहरुबारे समेत छलफल भएको बताइएको छ । प्रतिनिधि मण्डलमा नेकपा (माओवादी केन्द्र)का माडी नगर अध्यक्ष प्रभुप्रसाद महतो, सचिव…