हेडलाईन

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्छौं ः प्रधानमन्त्री दाहाल

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्छौं ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ ।आज ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हस्तकला उद्योग नेपालको अर्गानिक क्षेत्र भएको बताउनुभएको छ । हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र भएकाले यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकेमा एकातिर व्यापार घाटा कम गर्न सकिने र अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र विस्तार गर्न सकिने दाहालको भनाइ छ । त्यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध रहेको प्रम दाहालको तर्क छ । उहाँले निजी क्षेत्रसँगको साझेदारीमा…
Read More
माघे सङ्क्रान्ति मेलालाई लक्षित  गर्दै भोली र पर्सी नारायणगढ– मुग्लिन सडकखण्डमा सवारी नरोकिने

माघे सङ्क्रान्ति मेलालाई लक्षित गर्दै भोली र पर्सी नारायणगढ– मुग्लिन सडकखण्डमा सवारी नरोकिने

माघे सङ्क्रान्ति मेलालाई लक्षित गर्दै भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्ति मेलाका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी…
Read More
नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा

नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा

नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को आज बिहीबार काज सरुवा भएको छ । जसमा डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाउनुभएको छ । उहाँ प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत हुनुहन्थ्यो । त्यस्तै, मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा जानुभएको छ । त्यस्तै, कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा पुग्नुभएको छ भने कर्णाली प्रदेश प्रहरीको नेतृत्व भीमप्रसाद ढकाललाई दिइएको छ । डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मेवारी अशोक सिंहले पाउनुभएको छ । त्यस्तै, प्रहरी प्रवक्ता टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय…
Read More
मलेसियामा बन्धक बनाइएका सात नेपालीको उद्धार

मलेसियामा बन्धक बनाइएका सात नेपालीको उद्धार

मलेसियामा बन्धक बनाइएका १९ जनामध्ये सात जना नेपाली हिजो स्वदेश फर्किएका छन् । नेपाल सरकारको पहलपछि उनीहरु हिजो नेपाल आइपुगेका हुन् । १२ जना नेपाली अझै अलपत्र परेका छन् । गोरखाका ठाकुर रेग्मी र कमलबाबु श्रेष्ठ, बैतडीका कैलाश लोहार, मकवानपुरका भुवन कोइराला र ईश्वर कोइराला तथा धादिङका बाबुलाल विक लगायतका नेपाल फर्किएका हुन् । अलपत्र परेका अन्य १२ जनालाई पनि नेपाल फर्काउने पहल भइरहेको जनाइएको छ । अलपत्र अवस्थामा रहेका १२ जनाको बसाइ कष्टकर रहेको बताइएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेकाहरु ग्त पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएको थियो । काठमाडौंस्थित सानेपाको खोजी…
Read More
राष्ट्रिय सभा उप–चुनावका लागि निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै

राष्ट्रिय सभा उप–चुनावका लागि निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै

राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले निवेदन दिन आजसम्मको समयसीमा दिएको छ । अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि अब आउँदो माघ २५ गते उप–चुनाव हुँदैछ । लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो । निर्वाचन आयोगमा दर्ता कायम…
Read More
निर्वाचन सम्पन्न भएको ५३ दिनपछि सातै प्रदेशमा बन्यो नयाँ सरकार

निर्वाचन सम्पन्न भएको ५३ दिनपछि सातै प्रदेशमा बन्यो नयाँ सरकार

निर्वाचन सम्पन्न भएको ५३ दिनपछि सातवटै प्रदेशमा नयाँ सरकार बनेका छन् । नयाँ सत्ता समीकरणबाट प्रदेश सरकारमा एमालेको पुनरागमन भएको छ भने चारवटा प्रदेशमा ठूलो दल भएर पनि कांग्रेस सत्ताबाहिर पुगेको छ । राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक प्रदेश सरकारमा प्रवेश पाएका छन् । गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सबै प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समथर्नमा मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश १ मा आइतबार, वाग्मती र गण्डकीमा सोमबार, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश १, गण्डकी, लुम्बिनी…
Read More
प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । सभामुख गौतमले आजै शपथ लिने जनाइएको छ ।
Read More
सरकारले गर्यो साढे चार वर्षमा चारसय बहत्तर गर्भवती र सुत्केरीको हवाई उद्धार

सरकारले गर्यो साढे चार वर्षमा चारसय बहत्तर गर्भवती र सुत्केरीको हवाई उद्धार

सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् साढे चार वर्षमा चारसय ७२ जना ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकोप्टोरमार्फत उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५– ७६ देखि हालसम्म चारसय ७२ जनाको हवाई उद्धार गरिएको हो । आर्थिक वर्ष २०७५–७६ मा सुरु गरिएको कार्यक्रममा सो वर्ष २६ जनाको उद्धार गरिएकोमा आ.व.२०७६–७७ मा ८७ जना, २०७७–०७८ मा एकसय तीन जना, २०७८–७९ मा एकसय ६९ र चालु आर्थिक वर्षको पुस अन्तिम सातासम्म ८७ जनाको उद्धार गरिएको हो । समन्वय इकाइकी उपसचिव नीता शर्माका अनुसार उद्धार गरिएकोमा सबैभन्दा धेरै कर्णाली…
Read More
अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा बीस जनाको गयो ज्यान,चालिस भन्दा बढि घाइते

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा बीस जनाको गयो ज्यान,चालिस भन्दा बढि घाइते

अफगानिस्तानको विदेश मन्त्रालय नजिक हिजो बेलुका आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि गरेको जनाइएको छ । तालिबान सरकारले हताहतको संख्यालाई कम रिपोर्ट गरेको आरोप छ । इस्लामिक स्टेटले आक्रमण आफूले गराएको दावी गरेको छ ।
Read More
चितवन राष्ट्रिय निकुञ्जमा  एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए , चालु आर्थिक वर्षमै मरे आठ गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए , चालु आर्थिक वर्षमै मरे आठ गैँडा

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङे एउटा गैँडा र एउटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एक सिङे गैँडा मृत भेटिएको छ । गैँडाको खाग सुरक्षित छ । बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९÷०८० मा मर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.