रत्ननगरमा मंसिर १७ गतेबाट दाेस्राे मेयर कप हुँदै
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही मंसिर १७ गतेबाट दाेस्राेे अन्तरपालिका मेयर कप फुटवल प्रतियाेगिता हुने भएकाे छ । रत्ननगर नगरपालिका अन्तर्गतकाे रत्ननगर खेलकुद विकास समितिकाे आयाेजनामा नेपाल माविकाे खेल मैदानमा साे प्रतियाेगिता हुँदैछ । आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे तयारी र उद्देश्यका बारेमा जानकारी गराएकाे हाे । जिल्लाका सात पालिकाका सात वटा टिमकाे सहभागिता रहने साे प्रतियाेगिताकाे पुरस्कार रासी १ लाख ५१ हजार १११ रहेकाे रत्ननगर खेलकुद विकास समितिका संयाेजक कृष्ण चाैधरीले जानकारी दिए । प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे र प्रथम हुने टिमलाई १ लाख ५१ हजार १११ र दाेस्राे हुने टिमलाई १ लाख १ हजार…