काठमाण्डौ उपत्यकामा एकै दिन तीन हजार एक सय ४८ जना चालक कारबाहीमा
ट्राफिक प्रहरीले एकै दिन काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ जना चालकलाई कारबाही गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार चलाएको विशेष कारबाहीमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार जनाभन्दा धेरै चालकलाई कारबाही गरेको हो । कार्यालयले जाँड–रक्सी खाएर गाडी चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन…