प्रदेश

कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा १४ जना घाइते, दुईको अवस्था गम्भीर

कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा १४ जना घाइते, दुईको अवस्था गम्भीर

दैलेखमा आज सोमबार दिउँसो बोलेरो जीप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको उक्त जीप आठबिस नगरपालिका–१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो । जीपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा जिल्ला कालिकोट नरहरिनाथ गाउँपालिका–७ बस्ने ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीया दुर्गा बोगटी, ७ वर्षीया प्रतिक्षा बटला, त्रिबेणी गाउँपालिका–२ बस्ने १४ वर्षीय सरद विष्ट, नरहरिनाथ–५ बस्ने २० वर्षीया मनिषा बोगटी, सोही पालिका ८ नम्बर वडामा बस्ने ५५ वर्षीया…
Read More
ताप्लेजुङका दुई ठाउँमा दुई पुरुषको शव भेटियो

ताप्लेजुङका दुई ठाउँमा दुई पुरुषको शव भेटियो

हिमाली जिल्ला ताप्लेजुङका दुई ठाउँमा दुई जना पुरुषको शव भेटिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका घर भएका विशाल थापाको शव सिरिजङ्घा गाउँपालिका पुछार काबेली खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुपर काबेली हाड्रोपारमा एक्स्काभेटर चालकको रूपमा काम गर्ने थापामा राति बरबराउने समस्या थियो । यस्तै फुङलिङ नगरपालिका वडा नम्बर–२ देवलिङ्गे बस्ने ३४ वर्षका कुमार विकको शव सिम्ले नजिकैको सडक किनारमा भेटिएको छ । शवको पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने र घटनाको अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
Read More
चितवन र तनहुँमा कांग्रेसलाई सघाएको एकीकृत समाजवादीले बारामा जसपालाई सघाउने

चितवन र तनहुँमा कांग्रेसलाई सघाएको एकीकृत समाजवादीले बारामा जसपालाई सघाउने

नेकपा एकीकृत समाजवादी पार्टीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो । सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
Read More
चितवनमा ग्यास ट्यांकर दुर्घटना हुदाँ एक जनाको मृत्यु

चितवनमा ग्यास ट्यांकर दुर्घटना हुदाँ एक जनाको मृत्यु

चितवनमा एलपी ग्यास लोड गरेको ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिँदा एक जना पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । मृतकको नाम ठेगाना खुलेको छैन । दुर्घटनामा परि अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
बाँकेका ५७ हजार सुकुम्वासीले अझै पाएनन् लालपुर्जा

बाँकेका ५७ हजार सुकुम्वासीले अझै पाएनन् लालपुर्जा

बाँकेका भूमिहीन, दलित सुकुम्वासीहरूले अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोबास गर्ने करिब ५७ हजार सुकुम्वासीले अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनका कारण राष्ट्रिय भूमि आयोगले भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित सुकुम्वासीहरूलाई जग्गाको लालपुर्जा वितरण गर्न ढिलाइ भएको जनाएको छ । जग्गा र जग्गाको लालपुर्जा पाउनका लागि सडक आन्दोलन गर्दा समेत सरकारले वास्ता नगरेको गुनासो उनीहरुको छ । वर्षौंदेखि बसोबास गर्दै आएका तर लालपुर्जा नपाएका कारणले घरायासी काम लगायत बालबालिकाहरूको शिक्षामा समेत प्रत्यक्ष असर परेको खजुरा गाँउपालिका–६ बस्ने घनसारा थारा मगरले बताउनभयो । चुनावको बेला सुकुम्वासीहरूलाई भोट बैंकको…
Read More
कांग्रेसले बारा २ को उपचुनावमा जसपाका अध्यक्ष यादवलाई समर्थन गर्ने

कांग्रेसले बारा २ को उपचुनावमा जसपाका अध्यक्ष यादवलाई समर्थन गर्ने

नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आज आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकमा २०७९ को चुनावभन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपचुनाव हुने तीन क्षेत्रका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले २०७९ को चुनाव बेलाको हकमा भने उपचुनावमा नेताहरूले खेलेको…
Read More
कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

दार्चुलाका जनप्रतिनिधिले कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज ज्ञापन पत्र बुझाएका छन् । व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य गेल्बुसिंह बोहरा लगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । तिङ्कर नाका सञ्चालनको मागका साथै तिङ्कर सडकमा थप बजेट विनियोजन गर्नुपर्ने र व्यास गाउँपालिकाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाइएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो । दार्चुलाको तिङ्कर नाका भएर सदियौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२०…
Read More
रौतहटमा मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ, परीक्षार्थी मेयरका ज्वाइ रहेको खुलासा

रौतहटमा मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ, परीक्षार्थी मेयरका ज्वाइ रहेको खुलासा

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गर्नुभएका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ पर्नुभएको हो । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहनुभएका साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो । परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ पर्नुभएको हो । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नुभएका साह मेयरका ज्वाइ…
Read More
भेटेरिनरी एशोसिएसन बागमती प्रदेश अध्यक्षमा तिवारी र  उपाध्यक्षमा खनाल निर्वाचित

भेटेरिनरी एशोसिएसन बागमती प्रदेश अध्यक्षमा तिवारी र उपाध्यक्षमा खनाल निर्वाचित

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेश समितिको अध्यक्षमा दीपक तिवारी निर्वाचित हुनुभएको छ । चितवनको सौराहामा आयोजना गरिएको तेस्रो साधरण सभा तथा अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट तिवारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । कुल खसेको एकसय ७४ मत मध्ये तिवारी ६८ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुलभ श्रेष्ठले ६५ र योगेन्द्रराज पन्तले ३९ मत प्राप्त गर्नुभएको थियो । एशोसिएसनको उपाध्यक्षमा लोकप्रिय मतका साथ निमेष खनाल निर्वाचित हुनुभएको छ । खनालले एकसय १३ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी दीपेश केसीले ५३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा पवन आचार्य ९९ मतका साथ निर्वाचित हुनुभएको छ ।उहाँका प्रतिस्पर्धी आशिष् ढकालले ७२…
Read More
रत्ननगरमा गर्भवती महिलालाई स्तनपान सम्बन्धी सचेतना

रत्ननगरमा गर्भवती महिलालाई स्तनपान सम्बन्धी सचेतना

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आज शनिबार स्तनपान सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको वडा नं १ मा सामाजिक रुपान्तरण अभियान नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो । गर्भवती महिलाहरुलाई स्तनपानको महत्व र आवश्यकताको विषयमा बुझाउन कार्यक्रम आयोजना गरिएको संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै वडा नं १ का वडाध्यक्ष तथा नगर प्रवक्ता कुलप्रसाद सापकोटाले स्तनपान आमा र बच्चा दुबैको लागि आवश्यक रहेको भन्दै यसबारे सचेतना आवश्यक रहेको बताउनुभयो । शारिरीक बनौट विग्रने डरले कतिपय महिलाहरुले बच्चालाई दुध नचुसाउने गरेको भन्दै उहाँले त्यसले आमा र बच्चा दुवैैलाई असर गर्ने बताउनुभयो । कार्यक्रममा विपी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.