चितवनका पाँचहजार चारसय जना किशोरीलाई क्यान्सरविरुद्धको खोप
चितवनका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपीभी) लगाइएको छ । अस्पतालले विद्यालयमा अध्ययनरत ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरी अहिले पाँच हजार चार सय जनालाई खोप लगाइसकिएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग निवारण शाखाका डा. अस्मिता राणाल जानकारी दिनुभयो । यो वर्ष छ हजार किशोरीलाई लगाउने लक्ष्य छ । अहिलेसम्म छ सय जनालाई खोप लगाइएको छ । अस्पतालले माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाइसकेको छ । रत्ननगर नगरपालिकाका दुई हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका सामुदायिक २९ र संस्थागत २७ विद्यालयका प्रधानाध्यापक, प्राचार्य र…