यि हुन् चितवन २ मा उम्मेदवारी दर्ता गराएका २४ जना उमेदवार
अब आउँदो वैशाख १० गते चितवन–२ मा हुन लागेको उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ जना विभिन्न राजनीतिक दलबाट र १२ जनाले स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने हुनुहुन्छ । त्यस्तै जनकराज शर्मा (राष्ट्रिय जनमोर्चा), मोजराज बगाले (स्वतन्त्र), सुवास परियार (स्वतन्त्र), ज्ञानेन्द्र प्रजा (नेपाल मजदुर किसान पार्टी), सुदर्शन कँडेल (स्वतन्त्र), टेकबहादुर तामाङ (मंगोल नेशनल अर्गनाइजेशन), योगलाल श्रेष्ठ (राष्ट्रिय नागरिक पार्टी), राजेश अधिकारी (नागरिक उन्मुक्ति पार्टी), ताराप्रसाद पौडेल (स्वतन्त्र), महानन्द जैशी (राष्ट्रिय जनमुक्ति पार्टी), भाष्कर चन्द्र न्यौपाने (स्वतन्त्र), सन्तोष थापा…