बागमती

नेपालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा शल्यक्रिया गरेर जन्माइयो हात्तीको छावा

नेपालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा शल्यक्रिया गरेर जन्माइयो हात्तीको छावा

नेपालमा पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीले सामान्य तवरले बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरेर छावाको जन्म गराइएको हो । शल्यक्रियाबाट भाले छावा निकालिएको हो । वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठ नेतृत्वको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको समेत सहभागिता रहेको बताइएको छ । क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आएको समयमा ढोईले बच्चा जन्माउन नसकेपछि उहाँको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा अन्य चिकित्सकमा डा. विकल्प कार्की र डा. अमिर…
Read More
रत्ननगरकोे सौराहामा चेतना मुलुक र्याली  तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न

रत्ननगरकोे सौराहामा चेतना मुलुक र्याली तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न

रत्ननगर नगरपालिका– ६ सौराहामा आज चेतना मुलुक र्याली तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न भएको छ । एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रेवान महिला सौराहा, सौराहा लेडिज जेसीजले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम सभाध्यक्ष सौराहा लेडिज जेसिजकी अध्यक्ष मन्जु चौधरी र रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । थारु कल्चर हाउसमा भएको उक्त कार्यक्रममा आदर्श गृहका सञ्चालिका मिना खरेल, रेवान सौराहाका महासचिव सुर्य बहादुर रिमाल, क्षेत्रीय होटल संघका उपाध्यक्ष योगेन्द्रनाथ अधिकारी, रेवान महिला समुहको अध्यक्ष लक्ष्मी विडारी बछौली नारी चेतना…
Read More
रौतहटका२६ वर्षीय मन्सुरीको पेटबाट रक्सीको बोत्तल निकालियो, चितवनमै सफल उपचार भएपछि मन्सुरी होसमा फर्किए !

रौतहटका२६ वर्षीय मन्सुरीको पेटबाट रक्सीको बोत्तल निकालियो, चितवनमै सफल उपचार भएपछि मन्सुरी होसमा फर्किए !

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा अस्ति सोमबार उपचारका लागि आएका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा सिसाको बोतल भेटिएको हो । उहाँ पेट फुलेको अवस्थामा अस्पताल आउनुभएको थियो । अस्पतालका चिकित्सकले शल्यक्रिया गरी मन्सुरीको पेटबाट बोत्तल निकालिदिएका छन् । मन्सुरीको उपचारमा संलग्न पुरानो मेडिकल कलेजका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा नारायणप्रसाद बेलवासेले एक्सरे पश्चात अपरेशन कोठामा लगेर पेट चिरेर हेर्दा ठूलो आन्द्रा फुटेर बोत्तल बाहिर निस्केको अवस्थामा भेटिएको बताउनुभयो । बोत्तल निकालेर पेटलाई सफा गर्नुका साथै फुटेको भागलाई सिलाइ दिएको उहाँको भनाई छ । मन्सुरीको होस आइसकेको…
Read More
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा शुक्रबारदेखि नौ दिन बन्द हुने

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा शुक्रबारदेखि नौ दिन बन्द हुने

केन्द्रीय स्तरको भरतपुर अस्पतालको सिटी स्क्यान सेवा नौ दिनसम्म बन्द हुने भएको छ । यहि फागुन २६ गते (शुक्रबार)देखि चैत ४ गतेसम्म सिटी स्क्यान सेवा बन्द हुन लागेको अस्पतालले एक सूचना जारी गरी जानकारी गराएको हो । पुरानो भवनमा रहेको सिटी स्क्यान मेशिन नयाँ भवनमा सार्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभएको छ ।
Read More
चितवनका पाँचहजार चारसय जना किशोरीलाई क्यान्सरविरुद्धको खोप

चितवनका पाँचहजार चारसय जना किशोरीलाई क्यान्सरविरुद्धको खोप

चितवनका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपीभी) लगाइएको छ । अस्पतालले विद्यालयमा अध्ययनरत ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरी अहिले पाँच हजार चार सय जनालाई खोप लगाइसकिएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग निवारण शाखाका डा. अस्मिता राणाल जानकारी दिनुभयो । यो वर्ष छ हजार किशोरीलाई लगाउने लक्ष्य छ । अहिलेसम्म छ सय जनालाई खोप लगाइएको छ । अस्पतालले माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाइसकेको छ । रत्ननगर नगरपालिकाका दुई हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका सामुदायिक २९ र संस्थागत २७ विद्यालयका प्रधानाध्यापक, प्राचार्य र…
Read More
तराईमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

तराईमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । हिजो सोमबार हिमाली एवं पहाडी जिल्लामा सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।
Read More
चितवन खानेपानी महासंघको अध्यक्षमा गुरूङ चयन

चितवन खानेपानी महासंघको अध्यक्षमा गुरूङ चयन

चितवन जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको अध्यक्षमा धनबहादुर गुरूङ चयन हुनुभएको छ । भरतपुरमा सम्पन्न चौथो अधिवेशनले गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिलकुमारी लामा, सचिवमा सरस्वती लामा, सहसचिवमा खुमप्रसाद पन्त, कोषाध्यक्षमा रुविन पौडेल र सदस्यहरुमा शिवलाल भुर्तेल, माधवप्रसाद अर्याल, मनकुमार गुरूङ, जोखाप्रसाद चौधरी, राजकुमार शाह, कृष्णराज अधिकारी, केशव सिलवाल, सविता गौतम दाहाल र इन्दुराज खनाल चयन हुनुभएको छ । अधिवेशनले लेखा समिति संयोजकमा भीमबहादुर क्षेत्रीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिलन पाण्डे र सरस्वती लम्साल पौडेल चयन हुनुभएको छ । उक्त अधिवेशनले संघीय प्रतिनिधिमा सिर्जना बसौला देवकोटा, चन्द्र्रमाया लामा, माधवप्रसाद अर्याल र हरिप्रसाद…
Read More
चितवन क्षेत्र नं २मा हुने उपनिर्वाचनका लागि आजदेखि दाबी विरोध कार्यक्रम

चितवन क्षेत्र नं २मा हुने उपनिर्वाचनका लागि आजदेखि दाबी विरोध कार्यक्रम

चितवन क्षेत्र नं २ मा आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आजदेखि दाबी विरोधको कार्यक्रम सुरु भएको छ । यसअघि चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । चितवनमा आज पनि फागु पर्व मनाइँदै छ । भोलि नारी दिवसको अवसरमा सार्वजनिक बिदा छ । दाबी विरोध कार्यक्रम सञ्चालनका लागि बिदाको दिन पनि कार्यालय खोलिने निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । दाबी विरोध कार्यक्रम अन्तर्गत मतदाताले उजुरी दिन र त्रुटि सच्याउन पाउने छन् । बिदाको दिन परेपनि आज फागुन २३ देखि २५ गतेसम्म…
Read More
चितवनका कुकुरमा भेटियो ‘पार्वो भाइरस’ सङ्क्रमण

चितवनका कुकुरमा भेटियो ‘पार्वो भाइरस’ सङ्क्रमण

चितवन जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको न्यौपानेको भनाई छ । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको बताइएको छ । पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण…
Read More
मर्यादित बन्दै होली

मर्यादित बन्दै होली

विगत केही वर्षअघिसम्म फागुपूर्णिमा होली पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुन थालेको छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो । खानेपानीकै अभाव रहेको राजधानी काठमाडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो । विसं २०७६ मा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो । कोरोनाअघि पनि यो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.