नारायणी नदीको ‘सिग्नेचर पुल’ निर्माणमा व्यवसायी अनिच्छुक देखिएपछि फेरी गरीयो ठेक्का आह्वान
नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि दोस्रोपटक सूचना प्रकाशन गरिएको छ । यसअघि कात्तिक २ गते आह्वान भएको ठेक्कामा कुनै पनि निर्माण कम्पनीले आवेदन नदिएपछि दोस्रोपटक ठेक्का आह्वान गरिएको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ । पुल महाशाखाले मंसिर २० पुनः आह्वान गरेको ठेक्काको म्याद १५ दिन अर्थात पुस ६ गते दिउँसो १२ बजेसम्म छ । हाल भइरहेको पुल यथावत राखी दुई लेनको नयाँ पुल निर्माण हुने पुल महाशाखाका सिनियिर डिभिजनल इन्जिनियर (सिडिई) राजकुमार अधिकारीले बताउनुभयो । महाशाखाका अनुसार नेपालमा पहिलोपटक बन्न लागेको सिग्नेचर ब्रिज निर्माणका लागि स्वदेशी कम्पनीले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ…