बागमती

कोरोना सङ्क्रमण देखिए सात दिन अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

कोरोना सङ्क्रमण देखिए सात दिन अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्के पनि अरू मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा…
Read More
चितवनको इच्छाकामनाका चेपाङ घरमा निःशुल्क विद्युत् मिटर जडान

चितवनको इच्छाकामनाका चेपाङ घरमा निःशुल्क विद्युत् मिटर जडान

चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको घरमा विद्युत् मिटर जडान गरिदिएको हो । गाउँपालिकाले हालसम्म वडा नं ६ को २१ घरमा मिटर जडान गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ७ को २३ र वडा नं ४ का १० घरमा पनि जडान गर्ने अन्तिम तयारी भइरहेको छ । साथै चालु आव सो कार्यक्रमका लागि रु दुई लाख बजेट विनियोजन गरेकोले आवश्यकता अनुसार थप घरमा समेत जडान गरिने उहाँले बताउनुभयो ।…
Read More
कामु प्रधानन्यायाधीश कार्कीले हेर्न नभ्याएको मेयर शाहविरुद्धको मुद्दा माथेमाको इजलासमा

कामु प्रधानन्यायाधीश कार्कीले हेर्न नभ्याएको मेयर शाहविरुद्धको मुद्दा माथेमाको इजलासमा

काठमाडौं महानगरपालिकाले सिंहदरबादरभित्रको फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज बुधबार सुष्मलता माथेमाको इजलासमा परेको छ । यसअघि बैशाख ४ गते दर्ता भएको रिटको पेशी हिजो मंगलबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो । तर, उक्त इजलासले हेर्न नभ्याएपछि प्रारम्भिक सुनुवाइ हुन सकेको थिएन । अधिवक्ता पदमबहादुर श्रेष्ठ निवेदक रहेको यो मुद्दा माथेमाका लागि बुधबार तोकिएका पेशीको छैटौं नम्बरमा रहेको छ ।
Read More
रास्वपाका सांसद लामिछानेका चालक दिलबहादुर थापाको अवस्था अझै चिन्ताजनक

रास्वपाका सांसद लामिछानेका चालक दिलबहादुर थापाको अवस्था अझै चिन्ताजनक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ । गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई हिजो मंगलबार एयरलिफ्ट गरी काठमाडौं लगिएको थियो । अहिले उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा गम्भीर प्रकृतिको चोट र छातीमा संक्रमण भएकाले अवस्था चिन्ताजनक रहेको मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाले जानकारी दिनुभयो । थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उपचारमा आइसियूको पुरै टिम खटिएको उहाँको भनाई छ ।
Read More
महानगरप्रमुख शाहको फोहोर नउठाउने अडानपछि सहरी विकास मन्त्रालयले आफैं उठाउन थाल्यो सिंहदरबारको फोहोर

महानगरप्रमुख शाहको फोहोर नउठाउने अडानपछि सहरी विकास मन्त्रालयले आफैं उठाउन थाल्यो सिंहदरबारको फोहोर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको छ । महानगरपालिकाले फोहोर नउठाउने भनेपछि तत्कालिन समाधानका लागि भन्दै मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर उठाउन थालेको हो । मेयर शाहले फोहोर नउठाउने घोषणा गरेपछि महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर उठाएको छैन । त्यसयता सिंहदरबारको फोहोर परिवर्तन सेवा प्रालिले उठाइरहेको छ । महानगरपालिकाले फोहोर उठाउन छोडेपछि सहरी विकास मन्त्री सीता गुरुङले समस्या समाधान नहुञ्जेल वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिनुुुुुुुभएको थियो । मन्त्रीस्तरीय…
Read More
तातोपानी नाका आउँदो १८ गतेदेखि पूर्ण रूपमा खुल्ने, मानिस पनि आवतजावत गर्न मिल्ने

तातोपानी नाका आउँदो १८ गतेदेखि पूर्ण रूपमा खुल्ने, मानिस पनि आवतजावत गर्न मिल्ने

सिन्धुपाल्चोकको नेपाल–चीन तातोपानी नाका यहि वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । २०७२ वैशाख १२ को भूकम्पपछि चीनले एकतर्फी रूपमा तातोपानी नाका बन्द गरेको थियो । २०७६ जेठ १५ गते दुई देशका उच्च अधिकारी सम्मिलित कार्यक्रमबीच सामान ढुवानी गर्न मिल्ने गरी नाका खुलाइएको थियो । तर कोभिड सुरु भएसँगै पुनः बन्द भएको नाका एकतर्फी मात्रै खुल्दै आएको थियो । अब दुईतर्फी सामान ढुवानी गर्नमिल्ने तथा मानिसहरू समेत आवातजावत गर्न मिल्ने गरी नाका खुलाउने सहमति भएको हो । तातोपानी नाका सञ्चालनमा आउने भएपछि नेपाल र चिनियाँ सुरक्षाकर्मीबिच छलफल भएको छ । हिजो सोमबार सिन्धुपाल्चोकको तातोपानी नाकामा सीमा सुरक्षा लगायतका विषयमा…
Read More
मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । आज मंगलबार दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरुको माग सम्बोधन गर्नुको साटो श्रेष्ठले प्रहरी लगाएर दमन गरेको उनीहरुले बताएका छन् । हिजो सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई हिजो प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो । सरकार आफूहरुको समस्या समाधान गर्ने भन्दा दमन गर्न उद्धत भएको…
Read More
भरतपुरमा सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुने

भरतपुरमा सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुने

उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्यूचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स को व्यवस्थापकीय साझेदारीमा “सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०” हुने भएको छ । देशकैमध्य भागमा अवस्थित आधुनिक सुविधा सम्पन्न चितवन प्रदर्शनी केन्द्र भरतपुरमा यही बैशाख २२, २३ र २४ गते अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हुने भएको हो । निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी र यी…
Read More
काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौंको रत्नपार्कमा रहेको शान्तिवाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीबीच आज सोमबार झडप भएको छ । शान्तिवाटिकामा पीडितहरूले प्रदर्शन गर्ने क्रममा त्यहाँबाट बाहिरिन खोज्दा प्रहरीले रोकेको थियो । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । उक्त झडपमा परी केही मिटरब्याज पीडित घाइते समेत भएका छन् । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । शान्तिपूर्णरूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झन्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको मिटरब्याज पिडितले बताएका छन् । उनीहरुले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप पनि लगाएका छन् ।…
Read More
रास्वपाका सभापति लामिछानेका चालक छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता  ढकालका चालक पक्राउ

रास्वपाका सभापति लामिछानेका चालक छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता ढकालका चालक पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक छतबाट घटेको घटनामा अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई नियन्त्रणमा लिएको हो । भरतपुर–११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षका थापा राति घरको छतबाट खसेका थिए । थापासँगै सुतेका प्रवक्ता ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । पुरानो मेडिकल कलेजमा उपचाररत थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.