रेडियो अर्पण

797 Posts
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

सरकारले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । आज बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’) को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णयसमेत गरेको छ । जीवनाशक विषादीको परीक्षणसम्बन्धि प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषद्मा पेस गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप…
Read More
स्ववियु निर्वाचनमा आचारसंहिता ः रंगरोगन र पोस्टर टाँस्न नपाइने

स्ववियु निर्वाचनमा आचारसंहिता ः रंगरोगन र पोस्टर टाँस्न नपाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न…
Read More
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्दबहादुर न्यौपाने घाइते हुनुभएको छ । एकीकृत समाजवादी पार्टीबाट सप्तरी–४(१) बाट निर्वाचित सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा चक्कर लागेर लडनुभएको हो । उहाँको टाउकोमा सामान्य चोट लागेको बताइएको छ । न्यौपानेलाई सुरूमा उपचारका लागि संसद् भवननजिकै रहेको सिभिल अस्पतालमा लगिए पनि अहिले राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार थालिएको छ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा चार घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा…
Read More
चर्चित अभिनेता तथा निर्देशक कौशिकको ६६ वर्षको उमेरमा निधन

चर्चित अभिनेता तथा निर्देशक कौशिकको ६६ वर्षको उमेरमा निधन

चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको आज बिहीबार बिहान ६६ वर्षको उमेरमा नयाँ दिल्लीमा निधन भएको छ । आज बिहान साढे ५ बजे निधन भएपछि उहाँलाई अस्पताल लगिएको थियो । हाल उहाँको शव अस्पतालको शवगृहमा राखिएको छ । कौशिकको पोस्टमार्टम दिल्लीको दीनदयाल अस्पतालमा हुने जनाइएको छ ।पोष्टमार्टमपछि उहाँको शव मुम्बई लगिनेछ । गत मार्च ७ मा मात्र कौशिक जावेद अख्तरले जानकी कुटीर जुहुमा आयोजना गरेको होली पार्टीमा सहभागी हुनुभएको थियो । उहाँले त्यहाँको तस्बिर ट्विट गर्दै सबैलाई होलीको शुभकामना समेत दिनुभएको थियो । सतीशको मृत्युको कारण भने खुल्न सकेको छैन ।
Read More
निर्वाचनको लागि चितवन–२ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना, लामिछानेले थाले चुनावी प्रचार

निर्वाचनको लागि चितवन–२ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना, लामिछानेले थाले चुनावी प्रचार

सर्वाेच्च अदालतले नागरिकता सम्बन्धि फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार थालेको छ । चितवन–२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । क्षेत्र नं २ मा पर्ने भरतपुर महानगरपालिका–१ रामनगरमा रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको हो । उपनिर्वाचनमा चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने पुनः निर्वाचन लड्दै हुनुहुन्छ । नागरिकता सम्बन्धि मुद्धामा सर्वाेच्चले उहाँको सांसद पद नै खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो । उहाँको राहदानी सम्बन्धि मुद्धामा पनि अनुसन्धान जारी छ । लामिछानेले…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा भाले गैंडा मृत भेटिएको हो । गैंडा बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले मृत अवस्थामा फेला पारेकोे निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार अन्दाजी २० बर्षको गैडाको खाग र खुर सुरक्षित रहेको छ । एक अपासमा जुधेर गैडाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यो संगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा मृत्यु हुने गैंडाको संख्या १३ पुगेको छ ।
Read More
नेपालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा शल्यक्रिया गरेर जन्माइयो हात्तीको छावा

नेपालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा शल्यक्रिया गरेर जन्माइयो हात्तीको छावा

नेपालमा पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीले सामान्य तवरले बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरेर छावाको जन्म गराइएको हो । शल्यक्रियाबाट भाले छावा निकालिएको हो । वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठ नेतृत्वको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको समेत सहभागिता रहेको बताइएको छ । क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आएको समयमा ढोईले बच्चा जन्माउन नसकेपछि उहाँको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा अन्य चिकित्सकमा डा. विकल्प कार्की र डा. अमिर…
Read More
रत्ननगरकोे सौराहामा चेतना मुलुक र्याली  तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न

रत्ननगरकोे सौराहामा चेतना मुलुक र्याली तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न

रत्ननगर नगरपालिका– ६ सौराहामा आज चेतना मुलुक र्याली तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न भएको छ । एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रेवान महिला सौराहा, सौराहा लेडिज जेसीजले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम सभाध्यक्ष सौराहा लेडिज जेसिजकी अध्यक्ष मन्जु चौधरी र रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । थारु कल्चर हाउसमा भएको उक्त कार्यक्रममा आदर्श गृहका सञ्चालिका मिना खरेल, रेवान सौराहाका महासचिव सुर्य बहादुर रिमाल, क्षेत्रीय होटल संघका उपाध्यक्ष योगेन्द्रनाथ अधिकारी, रेवान महिला समुहको अध्यक्ष लक्ष्मी विडारी बछौली नारी चेतना…
Read More
सातै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको निःशुल्क उपचार सेवा विस्तार गर्ने प्रधानमन्त्री प्रचन्डको घोषणा

सातै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको निःशुल्क उपचार सेवा विस्तार गर्ने प्रधानमन्त्री प्रचन्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने घोषणा गर्नुभएको छ । एकसय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो । सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, ‘यसैगरी सात वटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ ।’ साथै प्रधानमन्त्री…
Read More
लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक

लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक

सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य बदर हुने ठहर गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम् भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले गत माघ १३ गते गरेको फैसलाको पूर्णपाठ आज सार्वजनिक गर्दै उक्त ठहर गरेको हो । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘रवि लामिछाने चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नदेखिएको, तर निज उम्मेदवार भइ निर्वाचित भएको घोषणा गरिएको समेत देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, मिति २०७१–८–९ मा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.