रेडियो अर्पण

797 Posts
सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन

सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन

सरकारले आर्थिक वर्ष २०७८–७९ मा गरेका काम र प्राप्त उपलब्धीसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ । आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति भवन शीतलन निवासमा विद्यादेवी भण्डारी समक्ष सरकारको उपलब्धीसहितको वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । उक्त कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ । आज आइतवार बसेको प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि मत दिएपछि शाहले विश्वासको मत पाउनुभएको हो । कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । सभामुखबाहेक ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा एमालेका १० र राप्रपाका एक जना…
Read More
भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका

भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा हिजो फेला परेको थियो । भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत चँदारा फागनु १४ गतेका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराराउनुभएको थियो । उहाँको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको हो । त्यहाँस्थित एक इनारमा कपडा खोलिएको, कान र मुखबाट रगत आएको अवस्थामा चँदराको शव फेला परेको जनाइएको छ । बाहिर हत्या गरेर लास लुकाउन इनारमा फालेको परिवारको आरोप छ । लास पानीमाथि नआओस् भनेर रुखको…
Read More
नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जाने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो । यसअघि उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्…
Read More
एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली युवा टिमको बिदाइ

एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली युवा टिमको बिदाइ

एएफसीयू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ । प्यालेस्टाइनमा हुने छनोटका लागि आज आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच नेपाली टिमको बिदाइ गरिएको हो । नेपाल छनोटको समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । नेपालले यहि फागनु २४ मा घरेलु टिम प्यालेस्टाइनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । त्यस्तै, फागनु २६ नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ । र, फागनु २८ मा नेपालले पहिलो चरण छनोटको अन्तिममा यूएईविरुद्ध खेल्नेछ । समूहको शीर्ष स्थानमा…
Read More
सरकारी कर्मचारीको न्यूनतम तलब ३४ हजार रुपैयाँ तोक्न सुझाव

सरकारी कर्मचारीको न्यूनतम तलब ३४ हजार रुपैयाँ तोक्न सुझाव

सरकारी कर्मचारीको न्यूनतम तलब ३४ हजार रुपैयाँ पुर्याउन उच्चस्तरीय तलब सुविधा आयोगले सिफारिस गरेको छ । सरकारले गत जेठमा सार्वजनिक गरेको तलब वृद्धि मर्यादाक्रम अनुसार नभएको भन्दै कर्मचारीले गरेको आन्दोलनलाई सम्बोधन गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित आयोगले यस्तो निर्णय सिफारिस गरेको हो । आयोगले हिजो शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवदेनमा विशेष गरी तलबका सम्बन्धमा मर्यादाक्रम अनुसारको तलब, तलब बढाउने मापदण्ड, खर्च घटाउने सुझाव र आम्दानी वृद्धिका उपाय लगायतका चार वटा विषयलाई समेटिएको छ । मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको आयोगका सदस्य तथा पूर्वसचिव विमल वाग्लेले…
Read More
बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोटः छ जनाको ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोटः छ जनाको ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा छ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ । राजधानी ढाकाबाट झण्डै दुईसय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् । अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । झण्डै दुई सय जना घाइते भएका थिए ।
Read More
ओखलढुङ्गाको चिसङ्खुगढीमा जीप दुर्घटनाः दुईको मृत्यु, नौ जना घाइते

ओखलढुङ्गाको चिसङ्खुगढीमा जीप दुर्घटनाः दुईको मृत्यु, नौ जना घाइते

ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ । नौ जना गम्भीर घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा भएको दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको हो । । जीप दुर्घटनामा परी घाइते हुनेमा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।जीपमा ११ जना यात्रु सवार थिए । घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । घाइते भएका धेरैजसोको टाउकोमा चोट…
Read More
चितवन २ सहित चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

चितवन २ सहित चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ । यहि फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ । त्यहाँ उपनिर्वाचन गर्नुपर्छ । चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । आयोगले तीनवटै क्षेत्रमा एकै दिन निर्वाचन गर्ने तयारी गरेको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ १ का सांसद हुनुहुन्छ । त्यसैगरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति निर्वाचनपछि यी दुईमध्ये…
Read More
सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन चितवन प्रहरीको आग्रह

सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन चितवन प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय चितवनले सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गरेको छ । भोली फागुन २२ गते पहाडि भेग र पर्सि फागुन २३ गते तराई भेगमा होली पर्व मनाइँदै छ । चितवनमा भने दुवै दिन होली मनाउने गर्छन् । होलीको समयमा विगतका वर्षमा विभिन्न घटनाहरु भइरहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो । होलीको नाममा कुनै अप्रिय र उश्रृङ्खल गतिविधि हुन नदिन प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कसैको इच्छा विपरित रङ, लोला, मोबिल, मोसो, अण्डा, केमिकल र फोहोर पानी नछ्याप्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.