रेडियो अर्पण

797 Posts
सुडानका ४० लाख बालबालिकालाई कुपोषण

सुडानका ४० लाख बालबालिकालाई कुपोषण

संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ । सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको बताइएको हो । तीमध्ये छ लाख ११ हजार बालबालिका चरम कुपोषणमा रहेका संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानमा धेरै समयदेखि आर्थिक समस्याहरु देखिँदै आएको छ । जसका कारण त्यहाँका नागरिक समस्यामा परेका छन् । खडेरी, आर्थिक मन्दी, खाद्य असुरक्षा…
Read More
पीएनजीले दियो नेपाललाई दुईसय चार रनको लक्ष्य

पीएनजीले दियो नेपाललाई दुईसय चार रनको लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले नेपाललाई दुईसय चार रनको लक्ष्य दिएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय तीन रन बनायो । पीएनजीका कप्तान आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झाले तीन र कुशल मल्लले दुई विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले एक÷एक विकेट लिए । उक्त श्रृंखलामा नेपाल, घरेलु टिम यूएई र पीएनजी सहभागी छन् ।
Read More
अभिनेता पल शाह थुनामुक्त

अभिनेता पल शाह थुनामुक्त

नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहनुभएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा हुनुभएको छ । नाबालिग बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात् फागनु १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गर्नुभएका शाह हिजो उच्च अदालत पोखराबाट सफाइ पाएपछि तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर आज फागनु १५ गते नै थुनामुक्त हुनुभएको हो । शाहलाई लिन उहाँका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्रै गएका थिए । उनीहरुले खादा र माला लगाएर शाहको स्वागत गरेका छन् । जिल्ला अदालत नवलपुरले उहाँलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आज सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँले बैठकले राष्ट्रपति चुनावका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पार्नुभयो । सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गर्नुभएको बताउनुभयो । रास्वपाले गत माघ २२ गते नै सरकारबाट बाहिरिने तर समर्थन भने…
Read More
नेकपा एमाले सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता

नेकपा एमाले सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता

नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । आज सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो प्रचण्ड नेतृत्वको सरकारमा एमालेका आठ मन्त्री छन् ।सरकार गठनका क्रममा पुष १० मा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । तर एमालेले आफू पुष १०को सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै फागनु २५ मा हुने राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको छ ।नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले…
Read More
चितवन–२ उपनिर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

चितवन–२ उपनिर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि मतदाता नामावली अद्यावधिक गराउन समय निर्धारण गरेको थियो । कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान…
Read More
चितवनमा ‘अफ्रिकन स्वाइन फिवर’ले दुई हजार आठसय ७३ बङ्गुर मरे

चितवनमा ‘अफ्रिकन स्वाइन फिवर’ले दुई हजार आठसय ७३ बङ्गुर मरे

‘अफ्रिकन स्वाइन फिवर’का कारण चितवन जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर–३ मा तीन, रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली भएको हो । यस रोगका कारण जिल्लामा दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । ती मध्ये वयस्क एक हजार नौ सय १६ वटा र नौ सय ५७ पाठापाठी रहेको उहाँले जानकारी दिनुभयो । रु छ करोड…
Read More
ओलम्पिक छनोटको  खेल नेपालमा हुने

ओलम्पिक छनोटको खेल नेपालमा हुने

फ्रान्न्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब नेपाल, अफगानिस्तान र भियतनाम गरी तीन राष्ट्र सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु अब आउँदो चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन् । ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन् । ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ । नेपालले ओलम्पिक…
Read More
सप्तरीमा स्रोत नखुलेको सातलाख ६३ हजार रुपैयाँसहित भारतीय महिला पक्राउ

सप्तरीमा स्रोत नखुलेको सातलाख ६३ हजार रुपैयाँसहित भारतीय महिला पक्राउ

सप्तरीमा स्रोत नखुलेको सातलाख ६३ हजार तीनसय रुपैयाँसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारतको सुपौल बिहारकी ३१ वर्षीया अस्मिता कुमारी साह रहनुभएकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको जाँच टोलीले हिजो बेलुका महिलालाई तिलाठी कोइलाडी गाउँपालिका–१ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको हो । साहको साथबाट स्रोत नखुलेको छ लाख ८३ हजार तीनसय नेपाली रुपैयाँ र ५० हजार भारतीय रुपैयाँ गरी सातलाख ६३ हजार तीन सय रुपैयाँ बरामद भएको हो । महिलालाई नियन्त्रणमा लिइ आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको र घटनाबारे अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक एसपी नरेन्द्रकुमार…
Read More
ट्रायलमा ७० प्रतिशत लागु हुँदा पास हुनेको संख्या २० प्रतिशतले बढ्यो

ट्रायलमा ७० प्रतिशत लागु हुँदा पास हुनेको संख्या २० प्रतिशतले बढ्यो

चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागु भएसँगै चालक अनुमतिपत्र पास हुनेको संख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । वाग्मती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागु गराएका हुन् । नियम लागु भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ । कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताउनुभयो । सुरुमा चाप बढी भए पनि पुनःट्रायल दिने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.