भूकम्पबाट बाजुराका ४२ परिवार विस्थापित, चार सय घरमा क्षति
मङ्गलबार गएको भूकम्पका कारण बाजुरामा ४२ परिवार विस्थापित भएका छन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ गरी ४२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पबाट प्रभावित परिवार आफन्तकहाँ बसेका छन् । घरमा बस्न सक्ने अवस्था नरहेका पाँच परिवार भने त्रिपालको सहारमा छन् । बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार त्रिपालमुनि रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उक्त भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले सङ्कलन…