रेडियो अर्पण

797 Posts
तातोपानी नाका आउँदो १८ गतेदेखि पूर्ण रूपमा खुल्ने, मानिस पनि आवतजावत गर्न मिल्ने

तातोपानी नाका आउँदो १८ गतेदेखि पूर्ण रूपमा खुल्ने, मानिस पनि आवतजावत गर्न मिल्ने

सिन्धुपाल्चोकको नेपाल–चीन तातोपानी नाका यहि वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । २०७२ वैशाख १२ को भूकम्पपछि चीनले एकतर्फी रूपमा तातोपानी नाका बन्द गरेको थियो । २०७६ जेठ १५ गते दुई देशका उच्च अधिकारी सम्मिलित कार्यक्रमबीच सामान ढुवानी गर्न मिल्ने गरी नाका खुलाइएको थियो । तर कोभिड सुरु भएसँगै पुनः बन्द भएको नाका एकतर्फी मात्रै खुल्दै आएको थियो । अब दुईतर्फी सामान ढुवानी गर्नमिल्ने तथा मानिसहरू समेत आवातजावत गर्न मिल्ने गरी नाका खुलाउने सहमति भएको हो । तातोपानी नाका सञ्चालनमा आउने भएपछि नेपाल र चिनियाँ सुरक्षाकर्मीबिच छलफल भएको छ । हिजो सोमबार सिन्धुपाल्चोकको तातोपानी नाकामा सीमा सुरक्षा लगायतका विषयमा…
Read More
राप्रपाले गर्यो १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

राप्रपाले गर्यो १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसदहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई सिफारिस गरेर पठाएको हो । राप्रपाले अर्थ समितिमा ज्ञानबहादुर शाही र दीपक सिंहलाई समावेश गर्न अनुरोध गरेको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ । यस्तै उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गीता बस्नेत, कानून न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपालीको नाम सिफारिस गरिएको छ । यसैगरी महिला तथा…
Read More
मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । आज मंगलबार दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरुको माग सम्बोधन गर्नुको साटो श्रेष्ठले प्रहरी लगाएर दमन गरेको उनीहरुले बताएका छन् । हिजो सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई हिजो प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो । सरकार आफूहरुको समस्या समाधान गर्ने भन्दा दमन गर्न उद्धत भएको…
Read More
भरतपुरमा सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुने

भरतपुरमा सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुने

उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्यूचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स को व्यवस्थापकीय साझेदारीमा “सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०” हुने भएको छ । देशकैमध्य भागमा अवस्थित आधुनिक सुविधा सम्पन्न चितवन प्रदर्शनी केन्द्र भरतपुरमा यही बैशाख २२, २३ र २४ गते अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हुने भएको हो । निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी र यी…
Read More
५९ जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्यो, १८ जिल्लामा पुग्न बाँकी

५९ जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्यो, १८ जिल्लामा पुग्न बाँकी

नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा किताब (पाठ्यपुस्तक) पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । आज सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकशिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको थियो । अनुगमन पश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै जिल्लाका सबै विद्यालयहरूमा पुस्तक उपलब्ध गराउने गरी काम भइरहेको बताउनुभयो । केन्द्रले कक्षा ६ देखि १० सम्मका एक करोड ५० लाख पाठ्यपुस्तकहरू छापिसकेको छ । चैत २४ देखि देशभर पाठ्यपुस्तक पु¥याउन सुरू गरिएको झा को भनाई…
Read More
काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौंको रत्नपार्कमा रहेको शान्तिवाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीबीच आज सोमबार झडप भएको छ । शान्तिवाटिकामा पीडितहरूले प्रदर्शन गर्ने क्रममा त्यहाँबाट बाहिरिन खोज्दा प्रहरीले रोकेको थियो । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । उक्त झडपमा परी केही मिटरब्याज पीडित घाइते समेत भएका छन् । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । शान्तिपूर्णरूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झन्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको मिटरब्याज पिडितले बताएका छन् । उनीहरुले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप पनि लगाएका छन् ।…
Read More
दाङमा ट्रकको ठक्करले मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

दाङमा ट्रकको ठक्करले मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय गोपाल विक रहेका छन् । आज सोमबार दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले खैराचोकमा लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चालक विकको घटनास्थलमै र बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । प्रहरीले ट्रक चालक नवलपरासीको सरावल गाउँपालिका– ३ पिपराका २८…
Read More
चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकले आज सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने, योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पु¥याएको उनीहरूको गुनासो छ । प्रदर्शनमा सहभागीले ‘न्यायपालिकाभन्दा ठूलो कार्यपालिका कसरी भयो ?’, ‘मेरिट मिच्न पाइँदैन’, ‘अस्पतालमा डाक्टर खै ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
Read More
बारामा आउँदो बिहिवार गठबन्धनको चुनावी सभा हुने

बारामा आउँदो बिहिवार गठबन्धनको चुनावी सभा हुने

यही वैशाख ७ गते बिहिवार बारामा पाँचदलीय गठबन्धनको चुनावी सभा हुने भएको छ । बारा क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनलक्षित सभा आयोजना गरिएको हो । बारा–२ अन्तर्गत महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा गरिनेछ । सभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उमेदवार हुनुहुन्छ । उहाँलाई जिताउने उद्देश्यले सो दिन सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले…
Read More
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति

प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज सोमबार बसेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । उक्त तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । उहाँले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.