अन्तर्राष्ट्रिय समाचार

कोरोना सङ्क्रमण देखिए सात दिन अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

कोरोना सङ्क्रमण देखिए सात दिन अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्के पनि अरू मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा…
Read More
कामु प्रधानन्यायाधीश कार्कीले हेर्न नभ्याएको मेयर शाहविरुद्धको मुद्दा माथेमाको इजलासमा

कामु प्रधानन्यायाधीश कार्कीले हेर्न नभ्याएको मेयर शाहविरुद्धको मुद्दा माथेमाको इजलासमा

काठमाडौं महानगरपालिकाले सिंहदरबादरभित्रको फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज बुधबार सुष्मलता माथेमाको इजलासमा परेको छ । यसअघि बैशाख ४ गते दर्ता भएको रिटको पेशी हिजो मंगलबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो । तर, उक्त इजलासले हेर्न नभ्याएपछि प्रारम्भिक सुनुवाइ हुन सकेको थिएन । अधिवक्ता पदमबहादुर श्रेष्ठ निवेदक रहेको यो मुद्दा माथेमाका लागि बुधबार तोकिएका पेशीको छैटौं नम्बरमा रहेको छ ।
Read More
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो

थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ । उहाँलाई आज श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो । राष्ट्रपति पौडेलको थप उपचार दिल्लीस्थित अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने बताइएको छ । उहाँलाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायतका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो । हिजो मंगलबार बिहान राष्ट्रपति पौडेल बेहोश भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँको छातीमा पीप जमेको अस्पताल स्रोतले जनाएको छ । एक साता अगाडि पनि उहाँ बिरामी परेर शिक्षण अस्पतालमै उपचार गरेर फर्किनुभएको थियो । पौडेलको परिवारले नै थप उपचारका लागि…
Read More
कोरोना संक्रमणबाट एकैदिन दुई जनाको ज्यान गयो

कोरोना संक्रमणबाट एकैदिन दुई जनाको ज्यान गयो

कोरोना संक्रमणबाट एकै दिन थप दुई जनाको मृत्यु भएको छ । आज मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जनाएको छ । यस्तै आज मंगलबार एकसय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुईहजार दुईसय ९१ नमुनामध्ये नौसय ८० जनाको पीआर परीक्षण गर्दा एकसय पाँच र एक हजार तीनसय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी एकसय ७१ जनामा संक्रमण देखिएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या नौसय ९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा आठ जना र भन्टिलेटरमा चारजना उपचाररत छन् ।
Read More
मेयर शाहविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

मेयर शाहविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्धको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । प्रमुख प्रशासनिक निकाय सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालयको फोहोर नउठाउने मेयर शाहको घोषणा गैरकानुनी भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले हिजो सोमबार दायर गरेको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइएको छ । आज कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा परेका आठवटै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन् ।
Read More
महानगरप्रमुख शाहको फोहोर नउठाउने अडानपछि सहरी विकास मन्त्रालयले आफैं उठाउन थाल्यो सिंहदरबारको फोहोर

महानगरप्रमुख शाहको फोहोर नउठाउने अडानपछि सहरी विकास मन्त्रालयले आफैं उठाउन थाल्यो सिंहदरबारको फोहोर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको छ । महानगरपालिकाले फोहोर नउठाउने भनेपछि तत्कालिन समाधानका लागि भन्दै मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर उठाउन थालेको हो । मेयर शाहले फोहोर नउठाउने घोषणा गरेपछि महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर उठाएको छैन । त्यसयता सिंहदरबारको फोहोर परिवर्तन सेवा प्रालिले उठाइरहेको छ । महानगरपालिकाले फोहोर उठाउन छोडेपछि सहरी विकास मन्त्री सीता गुरुङले समस्या समाधान नहुञ्जेल वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिनुुुुुुुभएको थियो । मन्त्रीस्तरीय…
Read More
राप्रपाले गर्यो १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

राप्रपाले गर्यो १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसदहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई सिफारिस गरेर पठाएको हो । राप्रपाले अर्थ समितिमा ज्ञानबहादुर शाही र दीपक सिंहलाई समावेश गर्न अनुरोध गरेको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ । यस्तै उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गीता बस्नेत, कानून न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपालीको नाम सिफारिस गरिएको छ । यसैगरी महिला तथा…
Read More
मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । आज मंगलबार दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरुको माग सम्बोधन गर्नुको साटो श्रेष्ठले प्रहरी लगाएर दमन गरेको उनीहरुले बताएका छन् । हिजो सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई हिजो प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो । सरकार आफूहरुको समस्या समाधान गर्ने भन्दा दमन गर्न उद्धत भएको…
Read More
५९ जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्यो, १८ जिल्लामा पुग्न बाँकी

५९ जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्यो, १८ जिल्लामा पुग्न बाँकी

नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा किताब (पाठ्यपुस्तक) पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । आज सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकशिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको थियो । अनुगमन पश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै जिल्लाका सबै विद्यालयहरूमा पुस्तक उपलब्ध गराउने गरी काम भइरहेको बताउनुभयो । केन्द्रले कक्षा ६ देखि १० सम्मका एक करोड ५० लाख पाठ्यपुस्तकहरू छापिसकेको छ । चैत २४ देखि देशभर पाठ्यपुस्तक पु¥याउन सुरू गरिएको झा को भनाई…
Read More
काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौंको रत्नपार्कमा रहेको शान्तिवाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीबीच आज सोमबार झडप भएको छ । शान्तिवाटिकामा पीडितहरूले प्रदर्शन गर्ने क्रममा त्यहाँबाट बाहिरिन खोज्दा प्रहरीले रोकेको थियो । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । उक्त झडपमा परी केही मिटरब्याज पीडित घाइते समेत भएका छन् । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । शान्तिपूर्णरूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झन्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको मिटरब्याज पिडितले बताएका छन् । उनीहरुले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप पनि लगाएका छन् ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.