चितवन सेरोफेरो

मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

चितवन । मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वनका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षता एवं मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश ढुङ्गानाको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि ढुङ्गानाले सबै राजनीतिक दल र समुदायले आफ्नो स्वार्थभन्दा माथि उठेर पर्यटक भित्र्याउन र वन संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले वनका सकारात्मक गतिविधिमा सके जति सहयोग गरिने प्रतिबद्धतासमेत जनाउनुभएको छ । कार्यक्रमका विशिष्ट अतिथि मृगकुन्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले मिलिजुली वनलाई पर्यटन हव बनाएर अगाडि बढ्न सबैको हातेमालो जरुरी रहेको बताउनुभएको छ । त्यस्तै, कार्यक्रमका अर्का विशिष्ट…
Read More
१४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु

१४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु भएको छ । उक्त महोत्सवको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले कलात्मक पानसमा दियो बालेर उद्धघाटन गर्नुभएको छ । यसअघि महोत्सवको उद्धघाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने तय भएको थियो । तर, मौसम प्रतिकुलता कारण समयमै जहाज उड्न नसक्दा अर्थमन्त्री पौडेल आउन नपाएको बताइएको छ । महोत्सव अब आउँदो माघ ४ गतेसम्म चल्नेछ । उक्त महोत्सवमा चितवनको धर्म, संस्कृति र पर्यटनको विकासलाई केन्द्रित गरी कार्यक्रम तय गरिएको छ । महोत्सवमा चारसय ५० स्टल रहेका र २५ करोड रुपैयाँ बराबरको कारोबार हुने…
Read More
चितवनका १८ क्रसर उद्योग बन्द

चितवनका १८ क्रसर उद्योग बन्द

चितवनका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका वडा नं. १ मा एक, वडा नं.२९ मा तीन, वडा नं. २६ मा एक गरी पाँच क्रसर उद्योग बन्द गराइएको छ ।यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका.माडी नगरपालिका र कालिका नगरपालिकाका एक÷एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ । यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिनुभयो ।
Read More
माघे सङ्क्रान्ति मेलाका लागि नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोमा पनि खुल्ने

माघे सङ्क्रान्ति मेलाका लागि नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोमा पनि खुल्ने

देवघाटधाममा लाग्ने माघे संक्र्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोको समयमा पनि खुल्ने भएको छ । तीर्थालुको चाप बढी हुने भएकाले अब आउँदो शनिवार ३० गते र माघ १ गते दुई दिनको लागि दिउँसोको समयमा सडक खुला गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । यो दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने बताइएको छ । अहिले यो सडक खण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन पुग्ने गर्दछन् । देवघाटमा पाँच लाखभन्दा बढी भक्तजन…
Read More
चितवनमा सवारी लाइसेन्स ः यातायात कार्यालयविरुद्ध सद्गुरुले हाल्यो सर्वाेच्चमा रिट

चितवनमा सवारी लाइसेन्स ः यातायात कार्यालयविरुद्ध सद्गुरुले हाल्यो सर्वाेच्चमा रिट

यातायात व्यवस्था कार्यालय चितवन विरुद्ध सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वोच्च अदालतमा रिट हालेको छ । चितवनमा नै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा लिनको लागि कार्यालयले महालक्ष्मी ट्रायल सेन्टर छनौट गरेपछि सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वाेच्चमा रिट हालेको हो । यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्यांकनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वाेच्चमा रिट हालेको थियो । सर्वोच्चले चितवन ड्राइभिङ सेन्टरको रिट खारेज गर्दै बाँकी प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । त्यसपछि महालक्ष्मी र सद्गुरुको आर्थिक प्रस्ताव मूल्यांकन गरिएको हो । आर्थिक प्रस्तावको मूल्यांकनप्रति असन्तुष्टि जनाउँदै सद्गुरु सर्वाेच्च गएको हो । आर्थिक प्रस्तावमा…
Read More
भरतपुरमा बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप लगाइँदै

भरतपुरमा बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप लगाइँदै

भरतपुर महानगरपालिकामा पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप लगाइदैछ । महानगरको स्वास्थ्य शाखाका अनुसार कोभिडविरुद्ध हालसम्म कुनै खोप नलगाएका र पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । उक्त खोप अभियान आज शुक्रवार र पर्सि २४ गते आईतबार गरी दुई दिनसम्म चल्नेछ । उक्त उमेरसमुहका बालबालिकालाई महानगरको सबै वडाका स्वास्थ्य संस्थाहरुबाट खोप लगाइने महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
Read More
चितवनमा साउन यता डेंगु संक्रमणबाट छ जनाको मृत्यु

चितवनमा साउन यता डेंगु संक्रमणबाट छ जनाको मृत्यु

चितवनमा यस आर्थिक वर्ष २०७९÷८० को हालसम्म डेंगु संक्रमणबाट छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन यता छ जनाको मृत्यु भएको हो । त्यस्तै, यस आवको हालसम्म १३ हजार चारसय ९८ जनामा डेंगु परीक्षण हुँदा तीन हजार दुईसय ९२ जनामा डेंगु पुष्टि भएको छ । तीमध्ये चितवनका मात्रै दुई हजार दुईसय८३ जना हुन् भने जिल्ला बाहिरका छसय ८६ जना र ठेगाना नखुलेका तीनसय २३ जना रहेका छन् ।
Read More
रत्ननगरमा विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

रत्ननगरमा विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा कुखुरा फार्मको विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । धादिङ घरभई रत्ननगर नगरपालिका–१४ मा दाईको घरमा बस्दै आउनुभएका करिब ३१ वर्षीय विश्व परियारको करेन्ट लागेर मृत्यु भएको हो । रत्ननगर–३ स्थित बेल्सीपुल नजिकै हिमशिखर पोल्ट्री फर्मको कुखुरा नभएको खाली खोरमा बुधबार राती करेन्ट लागेर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । फर्म सञ्चालकले भने बिहीबार बिहान मात्रै परियारलाई मृत अवस्थामा फेला पारेका थिए । कुखुरा नभएको खोरमा विजुलीका तार छरपष्ट रहेकाले त्यही तारको तामा निकालेर बेच्न मृतक त्यहाँ पुगेको देखिएको बताइएको छ । भ¥याङमा चढेर तार तान्दा करेन्ट लागेको हुन सक्ने प्रहरीले…
Read More
युवतीलाई बलात्कृत हुनबाट जोगाउने साहसिक भूपू सैनिकलाई रत्ननगरमा सम्मान

युवतीलाई बलात्कृत हुनबाट जोगाउने साहसिक भूपू सैनिकलाई रत्ननगरमा सम्मान

भारतीय सेनाबाट सेवानिवृत्त भई स्वदेश फर्किने क्रममा रेलमा ४० जनाको डाँका समूहसँग प्रतिकारगरी एउटी युवतीलाई बलात्कार हुनबाट जोगाउने भारतीय सेनाका भूपू सैनिक पोखरा–६ लेखनाथका विष्णुप्रसाद श्रेष्ठलाई रत्ननगर नगरपालिकाले हिजो बुधबार सम्मान गरेको छ । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले श्रेष्ठलाई सम्मान गर्दै वीर गोर्खालीको इतिहास रच्न सफल भएकोमा बधाई तथा सुखद् भविष्यको कामना गर्नुभयो । सोही अवसरमा श्रेष्ठका श्रीमती सीता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भूपू सैनिक कल्याणकारी क्लब रत्ननगरले पनि भूपू सुवेदार श्रेष्ठलाई सम्मान गरेको थियो । क्लबका अमृत मल्लले संकटको समयमा श्रेष्ठले देखाएको बहादुरी इतिहासको पानामा रहिरहने बताउनुभयो । सम्मानित…
Read More
मगर संस्कृति जोगाउन चितवनमा कौराहा प्रतियोगिता हुँदै

मगर संस्कृति जोगाउन चितवनमा कौराहा प्रतियोगिता हुँदै

नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले आज विहिबार पत्रकार सम्मेलन गरेर यहि पुस २३ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । उक्त प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म छवटा समूहले भाग लिइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुन चाहने समूहको लागि दर्ता शुल्क दुई हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्धितीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.