भरतपुरमा गरियो त्रिचोक टोलस्तरीय बाल क्लब गठन
भरतपुर महानगरपालिका–४ त्रिचोकमा त्रिचोक टोलस्तरीय बाल क्लब गठन गरिएको छ । आज शनिवार भएको अभिभावक र बालबालिकाको भेलाले त्रिचोक टोल विकास संस्थाअन्तर्गत रहने गरी बाल क्लब गठन गरेको हो । नवगठित बाल क्लबको अध्यक्षमा अनुराग दंगाल रहनुभएको छ । बाल क्लबको उपाध्यक्षमा सफलता काफ्ले, सचिवमा अस्लेसा कँडेल, कोषाध्यक्षमा हिमाल कँडेल र सहसचिवमा बिक्रम अधिकारी लगायतका रहेका छन् । कुल १५ सदस्यीय कार्यसमितिको सदस्यमा सक्षम सापकोटा, अनुस्का कँडेल, मेहिशता अधिकारी, रिवाज सापकोटा, आरम्भ पौडेल, युग ढकाल, श्रेया घिमिरे, हिमेश कँडेल, सजल ढुंगाना र सफल काफ्ले रहेको बताइएको छ । उक्त भेलाले बाल क्लब गठनको जानकारी सहित वडामा सूचीकृत गर्ने काम टोल…